निर्णय नं. ५०४१ - उत्प्रेषण सहितको प्रतिषेध

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५०४१ - उत्प्रेषण सहितको प्रतिषेध भाग: ३७ साल: २०५२ महिना: बैशाख अंक: १ फैसला मिति :२०५१/०७/२२ २२६५ निर्णय नं. ५०४१ ने.का.प. २०५२ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत् २०४६ सालको रिट नं. १४२४ आदेश मिति : २०५१।७।२२।३ विषय : उत्प्रेषण सहितको प्रतिषेध । निवेदक : जिल्ला सप्तरी पौतेहा गा.वि.स. हाल मधवापुर गा.वि.स.वडा नं. ५ बस्ने जटाधर मरी हक खाने ऐ.का छोरा हेमन्त कुमार झा । विरुद्ध विपक्षी : सुनसरी जिल्ला वनक्षेत्र सुदृढीकरण अधिकार सम्पन्न समिति । सुनसरी गा.वि.स. जवडीको प्र.प.मोहमग नयिम मिया । ऐ.ऐ वडा नं. ८ को अध्यक्ष रहमान मिया । जग्गा धनित्व प्राप्त गर्ने उपर रिट निवेदन नपरेको हुँदा निजहरुलाई असर पर्ने गरी रिट जारी गर्न नमिल्ने । (प्रकरण नं. ६) निवेदक तर्फबाटःX विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री शिवनन्द दाश सरस अवलम्बित नजीरःX आदेश न्या.लक्ष्मण प्रसाद अर्यालः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत यसै अदालतको क्षेत्राधिकार भित्र पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. मैले मनुदेवी ब्राम्हणनीबाट कि.नं. २६३ मध्येबाट ५–७–१६ र सुभास भन्ने विवानन्द मिश (मैथितका हुन) सँग १२।१।१ गते २०२२।७।२६ गते रजिष्ट्रेशन पास गरी राजिनामा गरी लिएको थिए । त्यसपछि उक्त जग्गाको २०२२।९।२० मा ७ नं. फाराम भरी पेश दाखिल पनि गरेको थिए । २०३२ सालमा जिल्ला विभाजन हुँदा उपरोक्त जग्गाहरु सुनसरी जिल्लामा पर्न गएको र नापी हुँदा सुनसरी श्रीपुर जवदी गा.पं. वडा नं. ८(क) कि.नं. २२, २३, २४, २५, २७, २९, ३०, ३१, ३२, ३३, ३४, ३५, ३६, ३७, ३८, ३९, ४०, १००, १०१, १०२, १०४, १०५, १०६, १०७, १०८ र ११६ भै नापी भएको बखत हामी खेतमा नभएको कारणबाट उक्त जग्गा कृष्णदेव झाको भनी फिल्डबुकमा लेखी लगेकोमा त्यस्तो नभै उक्त मेरो हो र उक्त जग्गाहरुको ज.ध.प्र.पुर्जा पाउँ भनी बाबु जटाधरको हक खाने छोरा मैले सुनसरी मालपोत कार्यालयमा द.नं. ५०५ को निवेदन दिई कारवाही चलिरहेको छ । मेरो दर्ता तिरोको जग्गालाई ऐलानी ठहर्‍याई बिक्री वितरण गर्न लागेको छ भन्ने हल्ला सुनेबाट हो होइन भनी विपक्षी वन सुदृढीकरणमा गर्न निवेदन दिर्य भन्दा मेरो जग्गा ऐलानी वन जंगल ठहरिएको छ । अब यो जग्गा बिक्री वितरण गरिन्छ भनी भन्नु भयो । त्यसरी मेरो नम्बरी दर्ता ज ग्गालाई ऐलानी पर्ति जंगल भनी आयोगले निर्णय गर्ने अधिकार छैन र त्यस निर्णयको नक्कल पाउँ भनी विपक्षीहरुलाई नक्कल दिँदैनौं सकेको गर्नु भनी भन्नुको साथै आइन्दा उक्त जग्गामा भोगचलन गर्न पनि पाइँदैन भनी रोक पनि लगाइयो । नापी हुँदा पनि उक्त जग्गहरु पर्ति ऐलानी भनी जनिएको थिएन । नापीबाट कृष्ण देव झा को जग्गा भनी जनिएकोमा मेरो उजुर परी कारवाही चली कृष्ण देव झालाई झिकाइएकोमा वहाँले पनि उक्त जग्गा म फनिलालकै हो भनी बयान गरी सक्नु भएको छ । विपक्षीको काम कारवाहीबाट नेपालको संविधानको धारा ११(२)(ङ) धारा १५ द्वारा प्रदत्त मौलिक हकमा प्रतिकूल प्रदत्त मौलिक हकमा प्रतिकूल असर परेको हुँदा नेपालको संविधानको धारा १६(१) अन्तर्गत निवेदन गर्न आएको छु । निर्णयको नक्कल पाउँ भनी भन्दा नदिएकोले मेरो जग्गाबारे त्यस्तो कुनै निर्णय गरे भएको भए त्यस्तो अनधिकृत निर्णय यसै अदालतबाट झिकाई बदर गरी पाउँ । यदि त्यसरी निर्णय गरिएको छैन भने दर्ताको लागि सुनसरी मालपोत कार्यालयमा कारवाही पनि चलिरहेको हुनाले समेत मेर