निर्णय नं. २२४० - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २२४० - उत्प्रेषण भाग: २७ साल: २०४२ महिना: बैशाख अंक: १ फैसला मिति :२०४१/१२/३० २०९१ निर्णय नं. २२४० ने.का.प. २०४२ अङ्क १ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको रि.नं. २३०० विषय : उत्प्रेषण । निवेदक :का.जि.का.न.पं.वा.नं. १ नक्साल चारढुंगे बस्ने रत्नभक्त मानन्धर विरूद्ध विपक्षी : भूमि सुधार कार्यालय, भक्तपुर भ.पु.जि.चितपोल गा.पं.वा.नं.५ सागाद गा.पं. गाउँ बस्ने ललित बहादुर राना मगर आदेश भएको मिति:२०४१।१२।३०।६ मा मोहीले जग्गा धनीलाई कुत बुझाएको अथवा धरौट राखेको छु भनी प्रमाण पुर्‍याउनु पर्ने । (प्रकरण नं.९) निवेदक तर्फबाटःX विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल उल्लेखित मुद्दाःX आदेश न्या.सुरेन्द्र प्रसाद सिंहः नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएका प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा निम्न प्रकारको छ । २. मेरो नाउँमा मालपोत कार्यालय भक्तपुरको श्रेस्तामा जग्गाधनी दर्ता भएको जिल्ला भक्तपुर चितपोल गा.पं.वा.नं. ५क. कि. नं. २७ को पाकोको रोपनी ७–१०–२–० जग्गाको जग्गाधनी म र विपक्षी जोताहा मोही भएको कुरामा विवाद छैन । मोहीले ०३९ सालको बाली नबुझाएकोले भूमिसम्बन्धी ऐन बमोजिम कुत दिलाई मोहीबाट समेत निष्कासन गरिपाउँ भन्ने मेरो विपक्षी कार्यालयमा निवेदन पर्दा वादीको विश्वासिलै मानिस विश्वराम भक्तले कुत बुझेको भन्ने समेत प्रतिवादी भएकोमा ०३९ सालको कुत बाली विपक्षले वादीलाई दिनुपर्ने र प्रतिवादी पक्षलाई सुध्रन मौका दिई मोहीबाट निष्कासन नहुने भन्ने निर्णय गर्नुभयो जुन निर्णय निम्न लेखिएको जिकिरहरूबाट गैरकानुनी भएको प्रष्ट छ भनी उल्लेख गरेको छु । ३. जिकिर:-विपक्षले मलाई भूमिसम्बन्धी ऐन नियम बमोजिम पौष मसान्त सम्ममा कुत बुझाउनु भएको छैन । यो म्यादभित्र कुत बुझाउन ल्याउँदा मैले नलिएको भए पञ्चायतमा धरौटी राख्न पर्ने सो समेत छैन विपक्षीले मेरो विश्वासिलो मानिस विश्वरामलाई कुत बुझाएको छु भन्ने जिकिर लिए तापनि सो मलाई थाहा छैन मेरो अनुस्पथितिमा र अनभिज्ञतामा निजलाई कूतै बुझाएको भए पनि मेरो तर्फमा केही असर पर्ने होईन निजलाई कुत बुझ्ने अधिकारै छैन । अ.बं. १३९ नं. बमोजिम पेटबोलीका मानिसलाई बुझ्ने समेत व्यवस्था भएकोमा बुझिएको छैन र पेश गरेको रसिद अ.बं. ७८ नं. बमोजिम सुनाउनु पर्ने समेत सुनाएको छैन सो बाहेक कुत नबुझाएकोमा विपक्षी कार्यालय सहमत भइसकेपछि भू.सं. ऐन, ०२१ को दफा २९(१) बमोजिम मोही निष्कासन गर्नुपर्ने थियो । न्यायिक निर्णय गर्ने अधिकारीले आफ्नो तजविजी अधिकारको प्रयोग गर्दा न्यायिक तरिकाले गर्नुपर्ने सो नगरेबाट सर्वोच्च अदालतबाट कायम भएको कतिपय नजीरको समेत विपरीत भएको प्रष्टै रहेको छ अतः विपक्षी कार्यालयले अनावश्यक तर्क खडा गरी कानुनको उल्लेख नै नगरी हचुवा गरी गरेको निर्णयले निवेदकको संवैधानिक हक हितमा, असर परेको र अन्य उपचारको व्यवस्था समेत नभएकोले संविधानको धारा १९।७१ बमोजिम उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरी उक्त विपक्षी कार्यालयको निर्णय बदर गरिपाउँ भन्ने समेत रिट निवेदन । ४. यसमा विपक्षीहरूबाट लिखित जवाफ मगाई आएपछि नियमानुसार गरी पेश गर्नु भन्ने समेत यस अदालत सिङ्गल बेञ्चको आदेश । ५. निवेदकका विपक्षीको जग्गाको म मोही भएको कुरामा विवाद छैन । विपक्षीकहाँ कहिले पनि म बाली बुझाउन गएको छैन निजकै मोही नाइके विश्वराम भक्त श्रेष्ठले जहिले पनि वाली लिई