निर्णय नं. २२४१ - परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २२४१ - परमादेश भाग: २७ साल: २०४२ महिना: बैशाख अंक: १ फैसला मिति :२०४२/०१/०४ २०४० निर्णय नं. २२४१ ने.का.प. २०४२ अङ्क १ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा सम्वत् २०४१ सालको रिट नं. १४२० विषय : परमादेश । निवेदक :का.जि.का.न.पं. वडा नं.२४ स्थित मारवाडी सेवा समितिको तर्फबाट विजय कुमार खेमका विरूद्ध विपक्षी :प्रधान पंच काठमाडौं नगर पञ्चायत काठमाडौं जिल्ला प्रहरी कार्यालय हनुमान ढोका काठमाडौं का.जि.का.न.पं.वडा नं. २४ प्यूखाटोल बस्ने धनवीर सिंह शाक्य आदेश भएको मिति:२०४२।१।४।३ मा विवादित टपलाई नक्सा भन्दा बढी बनाएको भत्काई दिने गरी निर्णय भएको भन्ने का.न.पं. को लिखित जवाफमा उल्लेख भएको पाइन्छ । अब यसमा उक्त निर्णय तथा नक्सा पास बमोजिमको घर मात्र बनाउन दिने गरी काठमाडौं नगर पञ्चायतका नाउँमा परमादेशको आदेश जारी हुने ठहर्छ । (प्रकरण नं.७) निवेदक तर्फबाट :विद्वान अधिवक्ता श्री हरिशंकर निरौला विपक्षी तर्फबाट :विद्वान सर्वोच्च अदालतश्री प्रेम बहादुर विष्ट र विद्वान व.अ.हरु श्री चोलेन्द्र शमशेर ज.ब.रा. र श्री सर्वज्ञरत्न तुलाधर उल्लेखित मुद्दाःX आदेश न्या.सुरेन्द्र प्रसाद सिंहः विपक्षीहरूले मिलेमतोबाट नक्सा पास अंश बढी गरी बनाएको टप भत्काई पाउन परमादेशको आदेश जारी गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको रिट निवेदनमा लिएका जिकिर तथा तथ्य संक्षेपमा निम्न प्रकार छ । २. यस समितिको भवन पूर्वतर्फ रहेको ४ फीट चौडाई भएको साझा सार्वजनिक गल्ली बाटोदेखि पूर्व पर्ने का.न.पं. वडा नं. २४ प्यूखा टोलमा विपक्षी धनवरले घर बनाउन नक्सा पासको लागि विपक्षी का.न.पं. मा दर्खास्त दिई कारवाही चल्दा यस समितिका तर्फबाट ०४०।३।१ मा उजूरी परी छानविन भई ०४०।३।७ मा सरजमीन समेत भई अन्त्यमा मिति ०४०।७।१३ गते यस्तो उजूरी परी छानविन भएको बावजूद कसैको उजूरी नपरेको भनी नक्सा पास प्रमाणपत्र दिइयो । सो प्रमाणपत्रको अन्तिम दफा अनुसार गल्ली तर्फ १ फूट ६ इन्ची भन्दा बढी टप राख्न नपाउने गरी घर बनाउन प्रमाणपत्र दिइएको थियो विपक्षी धनवरले घर निर्माण गर्दा उल्लिखित १ फूट ६ इन्ची अर्थात् (१८ इन्ची) मा नबढाई टप सम्म निकाल्न पाउने प्रमाणपत्र प्राप्त गरेकोमा ३० इन्चीको टप निकाली यस समितिको सेवा सदनमा वर्षाको पानी फोहर कसिंगरहरू सजिलैसँग थुप्रिने तथा भविष्यमा समितिको माल सामान समेत असुरक्षित समेत हुने हुँदा निर्माणाधिन ३० इन्चीको टप तुरून्तै भत्काउन लगाई ऐन नियम र कानुन र व्यवहारिकताको परिपालना गरी गराई पाउँ भनी सम्बन्धित निकायहरूमा उजूर बाजूर गर्दा पनि प्रत्यर्थीहरूको आपसी मिलिमतो कारवाहीबाट ऐन कानुनको परिपालना समेत नभएकोले एकातिर नक्सा बमोजिम बनाइएको छैन भने अर्को र सो बमोजिम रोकिनु पर्नेमा सो रोकिदिएको पनि छैन । हाल आएर निमार्णाधीन घरको टपहरूमा टप मुनी बिम समेत ढलान गरेको स्थिति देखिँदा नक्सा पासमा उल्लिखित टपको सट्टा केष्टिविकर बनाई थप जग्गा च्यापी निर्माण हुन जाने खालको देखिन्छ जसबाट नक्सा पासको थप उल्लंघन समेत भएकोले रोक्का राखी पाउँ भन्ने मेरो निवेदन उजूरीको प्रत्यर्थी का.न.पं. बाट कुनै कारवाही भएन । का.न.पं.को पत्रानुसार प्रत्यर्थी जिल्ला प्रहरी कार्यालयले समेत सकृय कारवाही गरी रोक्का गर्नुपर्ने नराखेकोले बाध्य भई यो निवेदन गरेको छु । नगर पञ्चायत ऐनको दफा ५२, ५३ को दफाको प्रत्यक्ष ठाडै प्रतिकूल हुन गएकोले विपक्षी धनवरले रातारात कार