निर्णय नं. ४७५२ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरी पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४७५२ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरी पाउँ भाग: ३५ साल: २०५० महिना: असोज अंक: ६ फैसला मिति :२०५०/०४/११ २४१७ निर्णय नं. ४७५२ ने.का.प. २०५० (ख) अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री उदयराज उपाध्याय सम्वत २०४८ सालको रिट नं. १८४८ आदेश मिति: २०५०।४।११।२ निवेदक : ल.पु.जि.ल.पु.न.पा. वडा नं. ६ बस्ने पदम केशरी श्रेष्ठ । विरुद्ध विपक्षी : जिल्ला प्रशासन कार्यालय, ललितपुर । : मालपोत कार्यालय, ललितपुर । : ल.पु.न.पा. वाड नं. ६ सुन्धारा चालाछे बस्ने कृष्णधर केल्ह श्रेष्ठ । : ऐ. ऐ. बस्ने गणेशधर केल्ह श्रेष्ठ । विषय : उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरी पाउँ । (१) प्रत्यर्थीको निवेदन जिल्ला प्रशासन कार्यालयमा परेको आधारमा जग्गा रोक्का राख्नको लागि मालपोत कार्यालयमा लेखी पठाएको रहेछ । जिल्ला प्रशासन कार्यालयको लिखित जवाफमा पनि सोही व्यहोरा उल्लेख भइ आएबाट सो कार्यालयबाट निवेदकको जग्गा रोक्का राखेकोमा यहाँ विवाद देखिएन । त्यसरी रोक्का राख्ने अधिकार कुनै पनि कानुनद्वारा उक्त कार्यालयलाई प्रदान गरेको पाइदैंन । अतः जिल्ला प्रशासन कार्यालयबाट निवेदकको जग्गा रोक्का राखेको कार्य अनधिकृत हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्र.नं. ९) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री युवराज संग्रौला प्रत्यर्थी तर्फबाट: विद्वान सरकारी अधिवक्ता श्री नरेन्द्र कुमार श्रेष्ठ : विद्वान अधिवक्ता श्री चण्डेश्वर श्रेष्ठ आदेश न्या. सुरेन्द्र प्रसाद सिंह १. नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. ल.पु.जि.ल.पु.न.पा. वाडनं. ४ (ख) को कि.नं. ६२ क्षेत्रफल १–०–२ साविक मेरा पिताजी जोगनरसिंह श्रेष्ठको नाममा दर्ता कायम भएको जग्गा २०१७।५।२४ मा पिता परलोक हुनु भएपछि आमा कैले श्रेष्ठ भन्ने धनमैजु श्रेष्ठका नाममा हुन आएको पिता जोगनरसिंहबाट छोरा दुर्गा बहादुर श्रेष्ठ र म निवेदक छोरी समेतको जाय जन्म भएकोमा छोरा दुर्गा बहादुरले पहिला नै आफ्नो अंश बुझि बसेको आमाको पालन पोषण म निवेदकले नै गरी आएको र पिताजीको काजक्रिया समेत मैले नै गरेको हुँदा आमाको नाममा दर्ता कायम रहेका सबै जग्गाहरु ०३३ साल बैशाखमा शेषपछिको वक्सपत्र पारित गरी दिनुभएको ०३५।११।१७ मा आमा परलोक भई मेरो हक हुन आएको हो । उक्त जग्गा समेत ०४६।७।२४ मा मालपोत कार्यालय ललितपुरबाट मेरो नाममा दर्ता हुने ठहर भई अस्थायी पुर्जा पाएकोमा कसैको दावी उजुर नपरेबाट स्थायी धनी पुर्जा समेत पाएकोमा ०४६।९।२३ मा प्रत्यर्थी मध्येका गणेशधर केल्ह श्रेष्ठ र कृष्णधर केल्ह श्रेष्ठको फिराद परी ल.पु.जि.अ.बाट कारवाही हुँदा ०४७।५।१० गते निजहरुको दावी नपुग्ने ठहरी फैसला भएको छ । मालपोत कार्यालयमा जाँदा उक्त जग्गा जिल्ला प्रशासन कार्यालयको आदेशले रोक्का रहन गएको थाहा पाई जिल्ला प्रशासन कार्यालयमा रोक्का पत्रको प्रतिलिपि माग गर्दा नदिएको र ०४८।८।२० मा रोक्का आदेशको अप्रमाणित फोटोकपि लिई हेर्दा प्रत्यर्थीहरुको निवेदनले ०४६।९।१६ च.नं. ६२४७ को पत्रद्वारा उक्त जग्गा रोक्का रहेको जानकारी हुन आएबाट अन्यायमा परेको छु । ३. मेरो उक्त सम्पत्ति रोक्का गर्ने अधिकार कुनै पनि कानुनले प्रत्यर्थीहरुलाई दिएको छैन । मेरो सम्पत्ति रोक्का हुनुपर्ने भएतापनि तत्सम्बन्धी मुद्दाको कारवाही जुन अदालतमा चलिरहेको छ सोही