निर्णय नं. २२४२ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २२४२ - अंश भाग: २७ साल: २०४२ महिना: बैशाख अंक: १ फैसला मिति :२०४२/०१/१० २२४६ निर्णय नं. २२४२ ने.का.प. २०४२ अङ्क १ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा सम्वत् २०४० सालको दे.पु.नं. ५५५, ५५४ मुद्दा : अंश । पुनरावेदक/वादी:चितवन नारायणगढ गा.पं.वडा नं. ३ बस्ने राम कुमार जीवन मित्र विरूद्ध विपक्षी/प्रतिवादी: ऐ.ऐ. बस्ने चिज कुमार श्रेष्ठ ऐ.ऐ बस्ने विष्णु कुमारी श्रेष्ठ ऐ.ऐ बस्ने विनोद कुमार श्रेष्ठ पुनरावेदक/प्रतिवादी:नारायणगढ गा.पं.को हाल परिवर्तित भरतपुर न.पं. वडा नं. २ बस्ने चिज कुमार श्रेष्ठ ऐ.ऐ बस्ने विनोदे कुमार श्रेष्ठ विरूद्ध विपक्षी/प्रतिवादी:ऐ.ऐ. बस्ने राम कुमार जीवन मित्र फैसला भएको मिति:२०४२।१।१०।२ मा विवादित अंशियार सगोल कै ठहराई सकेपछि बिना सबूत प्रमाण बेगर सगोलको अंशियार विष्णु कुमारीको नाउँमा रहेको घर जग्गा बाहेक गर्ने गरी शुरूले गरेको इन्साफ सदर गर्ने गरेको मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको देखिएन । (प्रकरण नं.११) पुनरावेदकहरूको तर्फबाट:विद्वान व.अ.श्री कृष्ण प्रसाद पन्त र विद्वान अधिवक्ताहरु श्री प्रकाश वस्ती र श्री यादव प्रसाद खरेल विपक्षी वादीहरूको तर्फबाट: विद्वान अधिवक्ता श्री अनुपराज शर्मा र विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भु प्रसाद ज्ञवाली उल्लेखित मुद्दाःX फैसला न्या.सुरेन्द्र प्रसाद सिंहःप्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकारको छ :- २. श्री पिताजी चामु नारायणका जम्मा २ जना छोरा भएकोमा १ जना म र प्रतिवादी चिज कुमार समेत २ जना मात्र अंशियार भएको । बाबु बाजेका पालाको र बढे बढाएको, सगोलमा आर्जेको र सगोलकै सम्पत्तिबाट विपक्षी भाउजू चिज कुमारकी श्रीमती विष्णु कुमारी र भतिजा विनोद कुमार श्रेष्ठ समेतका नाउँमा जमीन राखी खरिद गरेको र सगोलकै सम्पत्तिबाट पर गोठ बनाई सगोलमै भोगचलन भई आएकोमा दाजुले मेरो मञ्जूरी बेगर नारायणगढ गा.पं. वडा नं. २ को घर जग्गा विष्णुलाल प्रधानलाई राजीनामा गरिदिएको कुरा नक्कल लिँदा यकीन भएको र मेरो अंश भाग माग्दा नदिनु भएकोले, बण्डा गर्नुपर्ने जम्मा सम्पत्ति के कति छ सो मलाई सबै जानकारी नभएकोले यो फिराद परेका अघिल्ला दिन तकको चल अचल गैह्र श्रीसम्पत्तिको विपक्षीहरूबाट तायदाती लिई त्यसबाट २ भागको १ भाग अंश छुट्याई पाउँ भन्ने समेत व्यहोराको राम कुमार जीवन मित्र श्रेष्ठको फिरादपत्र । ३. वादीलाई अंश दिन बाँकी छैन । ०१३ साल चैत्र महिनामा मानु छुट्टिइ घरसारमै पैत्रिक सम्पत्ति चल अचल जग्गा जमीन अंश भाग लगाई सकेको छौं । हामी प्र.मध्येको विष्णु कुमारी र विनोद कुमारको नाममा रहेको सम्पत्ति स्वआर्जनको हो भन्ने समेत प्र.चिज कुमारको प्रतिउत्तर । ४. मेरा पति चिज कुमार र देवर राम कुमारको बीचमा ०१३ सालमा मानु छुट्टिएको हो । सो पश्चात विपक्षले आफ्नी श्रीमती शुष्मादेवीका नाममा का.न.पं. वडा नं. ३२ को जग्गा बिक्री गरी काठमाडौं भु.प्र.का.बाट पारित गराउनु भएको छ । हाम्रो स्वआर्जित सम्पत्ति माथिको वादी दावी झुठ्ठा हो भन्ने समेत व्यहोराको विष्णु कुमारीको प्रतिउत्तरपत्र । ५. विपक्षी वादीका काका राम कुमार र म नत अंशियार हो न सगोलमै रहेको छु । मेरो स्वआर्जित सम्पत्तिको आशाले म उपर यो झुठ्ठा फिराद दिएको हो भन्ने समेत व्यहोरा विनोद कुमार श्रेष्ठको प्रतिउत्तर । ६. यसमा विष्णु कुमारीको नामको जग्गा घर बाहेक अरु पेश भएको तायदातीहरू र ०३६।११।२४ मा खुलाएको कागजमा सम्पूर्ण