निर्णय नं. ५०४३ - अवहेलना
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५०४३ - अवहेलना भाग: ३७ साल: २०५२ महिना: बैशाख अंक: १ फैसला मिति :२०५१/११/०९ २४६० निर्णय नं. ५०४३ ने.का.प. २०५२ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा सम्वत् २०५१ सालको फौ.बि.नं. १४३ आदेश मिति : २०५१।११।९।३ मुद्दा : अवहेलना । निवेदक : जिल्ला महोत्तरी मटिहानी आदर्श गाउँ विकास समिति वडा नं. ६ मटिहानी स्थान बस्ने जगन्नाथदाश वैष्णव । विरुद्ध विपक्षी : गुठी संस्था केन्द्रीय कार्यालय सञ्चालक समिति केन्द्रीय कार्यालय गुठी तहसिल तथा खर्च कार्यालय, जनकपुरधाम । मालपोत कार्यालय धनुषा अंचलाधीशको काम समेत हेर्ने प्र.जि.अ.जि.प्र.का.धनुषा जानकी मन्दिर जीर्णोव्दार समिति । श्री ५ को सरकार भूमि सुधार तथा व्यवस्था मन्त्रालय । उत्प्रेषणको आदेशले गलत निर्णयको ठाउंमा ठीक निर्णय गर्दैन खाली गलत त्रुटिपूर्ण कुरालाई प्रारम्भ देखि नै सफा गरी मेटी दिने । (प्रकरण नं. १३) रिटले गल्ती सुधार्ने र गलत नगर भन्ने मात्र देखाउंदछ । गलत निर्णयलाई बदली त्यसको ठाउँमा अर्को सही निर्णय गर्दैन, केवल त्रुटिलाई मेटी दिने । (प्रकरण नं. १३) उत्प्रेषणको आदेशले बदर भई शुन्यको स्थितिमा रहेको अवस्थामा निवेदकले विपक्षीहरुका नाममा दर्ता भएको जग्गा दर्ता बदर गरी आफ्नो नाममा वा गुठीको नाममा गराउनु पर्नेमा सो जग्गाको सट्टा अनेत्र जग्गा दिएमा मञ्जूर छ भनी मिति २०४९।१०।२६ गतेमा कागज गरी दिएको फाइल संलग्न कागजातबाट देखिन्छ । यसरी एकातिर अनेत्रको जग्गा लिन इच्छाइएको छ भने अर्कोतर्फ उत्प्रेषणको आदेशद्वारा बदर भएको आदेश कार्यान्वयन नगरेकोले मानहानीमा कारवाही गरी पाउ“ भनी दिएको निवेदन हेर्दा अदालतको अवहेलना अनादर भएको भन्ने दावी प्रमाणको अभावमा अवहेलना गरेको ठहराउन सक्ने स्थिति नदेखिँदा निवेदनपत्र खारेज हुने । (प्रकरण नं. १३) निवेदक तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री रत्नलाल कनौडिया विपक्षी तर्फबाट : विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री रामजीप्रसाद त्रिपाठी, विद्वान अधिवक्ता श्री सीताराम तिवारी अवलम्बित नजीरःX आदेश न्या.लक्ष्मण प्रसाद अर्यालः अदालतको अवहेलनामा कारवाही गरी पाउँ भन्ने मुद्दाको संक्षिप्त जिकिर यस प्रकार रहेछ:– २. निवेदकको हक भोग दर्ताको जिल्ला धनुषा नगरपालिका वडा नं. ८(ङ) को कि.नं. ७ को जग्गा विगहा ०–१–१–२–० र ऐ.ऐ. को कित्ता नं. ४७ को जग्गा विगहा ३–५–५–० समेत गरी जम्मा जग्गा विगहा ३–१–६–७–० को गुठी रैतान नम्बरी जग्गा विपक्षी नं. ६ को लागि भनी विपक्षी नं. ५ तथा ७ समेतले जग्गा प्राप्ति ऐन, २०३४ बमोजिम भनी गैर कानुनी किसिमले अधिग्रहण गरेकोमा निवेदकको चित्त नबुझी सम्मानीत अदालतमा मिति २०३९।६।१९।३ मा रिट नं. ९६० को रिट निवेदन परी शोकज भई लिखितजवाफ समेत प्राप्त भई सकेपछि निर्णयार्थ संयुक्त इजलासमा पेश हुँदा जग्गा प्राप्ति ऐन, २०३४ को दफा ५(१) को विपरीत प्रारम्भिक कारवाही गर्ने अधिकार प्रदान गर्नुको साथ साथै सोही ऐनको दफा ६ र दफा ९(२) बमोजिमको सूचना पनि रीत पूर्वक तामेल भएको नदेखिएको भन्ने समेतको आधारमा जग्गा प्राप्त गर्ने कारवाही तथा निर्णय समेत उत्प्रेषणको आदेशबाट बदर हुने ठहर्छ भनी मिति २०४४।७।१ गतेमा रिट नं. २०४३ सालको २५२० मा निर्णय आदेश भई सो निर्णय आदेश अन्तिम भई सकेको छ । ३. यस अदालतबाट भएको उक्त निर्णय आदेश बमोजिम म निवेदकको नाममा दा.खा. नामसारी गरी सो आदेश कार्यान्वित गरी पाउँ भनी विपक्षी मालपोत कार्यालय धनुषामा मिति २०४४।८।२४