निर्णय नं. ५०४५ - उत्प्रेषण लगायतको जुन चाहिने उपयुक्त रिट आज्ञा, आदेश वा पुर्जी जारी गरी पाउं ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५०४५ - उत्प्रेषण लगायतको जुन चाहिने उपयुक्त रिट आज्ञा, आदेश वा पुर्जी जारी गरी पाउं । भाग: ३७ साल: २०५२ महिना: बैशाख अंक: १ फैसला मिति :२०५२/०५/१५ २७९२ निर्णय नं. ५०४५ ने.का.प. २०५२ अङ्क१ संयुक्त इजलास माननीय न्यायाधीश श्री उदयराज उपाध्याय माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा सम्वत् २०४९ को रिट नं. २५७० आदेश मिति : २०५१।५।१५।४ विषय : उत्प्रेषण लगायतको जुन चाहिने उपयुक्त रिट आज्ञा, आदेश वा पुर्जी जारी गरी पाउं । रिट निवेदक: जिल्ला वारा बेनौली गाउँ विकास समिति वडा नं. १ बस्ने जयप्रकाश सिंह जैसरवारको पत्नी ऐ.ऐ.बस्ने शान्तिदेवी कुर्मीन । विरुद्ध विपक्षी : जिल्ला पर्सा वीरगञ्ज नगरपालिका वडा नं. १३ बस्ने सूर्यमुनि देवी वर्नवाल । ऐ.ऐ बस्ने घनश्याम प्रसाद वर्नवाल पर्सा जिल्ला अदालत वीरगन्ज । पुनरावेदन अदालत हेटौंडा मकवानपुर । अ.बं. १४ नं. मा आफ्ना पालामा परेका मुद्दा फैसला गर्दा प्रतिवादी परेको वा पर्ने अवस्था पुगेको मिति देखि आफ्ना इलाकाको झगडियाको ६ महिना, आफ्ना अड्डाको इलाका देखि एकसय कोष सम्म टाढाका ईलाकाको झगडियाको ९ महिना र त्यस भन्दा टाढाको झगडियाको १ वर्ष सम्ममा फैसला गर्नु पर्छ भन्ने उल्लेख भएको देखिन्छ । एक भन्दा बढी प्रतिवादीहरु भै विभिन्न मितिमा प्रतिउत्तर परेकोमा अन्तिम प्रतिउत्तर परेको मितिले अ.बं. १४ नं. को म्यादको गणना हुने भन्ने कानुनी व्यवस्था रहे भएको पाइँदैन । अ.बं. १४ नं. बमोजिम प्रतिउत्तर परेको वा पर्ने अवस्था पुगेको मिति देखि फैसला गर्नु पर्ने म्याद गणना हुने । (प्रकरण नं. १३) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री कमलनारायण दास विपक्षी तर्फबाटःX अवलम्बित नजीरःX आदेश न्या.उदयराज उपाध्यायः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ अन्तर्गत यस अदालतमा पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छ :– २. मैले ओम प्रकाश वर्णवालसँग मिति २०४६।११।१८।५ मा मा.पो.का. पर्सा मार्फत र.नं. २४४४ बाट रु. २५,०००।– मा राजीनामा गराई लिएकोमा प्रत्यर्थी नं. १, २ ले पर्सा जिल्ला अदालतमा संवत् २०४७ सालको दे.नं. २०१५ को लिखत दर्ता बदर मुद्दा म उपर दायर गर्नु भयो मैले मियित २०४८।१२।१० मा प्रतिउत्तर लगाउन जाँदा सो भन्दा अगावै विपक्षका वारेशले २ पटक गरी २२ दिनको तारेख गुजारी थमाई सक्नु भएकोमा अ.बं. ५९ नं. ले ८ दिन मात्र म्याद थपाउन बाँकी रहेकोमा मिति २०४८।१२।१६ का दिन ४७ दिन गुज्रीसकेको तारेख थामी दिने आदेश भयो र सो उपर अ.बं. १७ नं. बमोजिम प्र.नं. ४ समक्ष निवेदन गर्दा ऐ. को मुख्य न्यायाधीशबाट मिति २०४९।२।९।६ मा प्र.नं. ३ को नाउँमा कानुन बमोजिम गर्नु गराउनु भनी आदेश भयो । ३. विपक्षीले अ.बं. ५९ नं. अन्तर्गत थामी पाउने जम्मा म्याद दिन ३० मध्ये २२ दिन म्याद तारेख थमाईसकेकोमा तेश्रो पटक प्र.नं. १, २ को वारेशले मिति २०४८।१०।१९ को निमित्त तोकिएको तारेख गुजारी मैले मिति २०४८।१२।१० मा प्रतिउत्तर फिराउँदासम्म गुज्रेको म्याद तारेख थामी नसकेको र सो मितिसम्म ४१ दिन तारेख गुज्रेको अवधि व्यतित भईसकेको हुनाले थाम्ने म्याद समाप्त व्यतित भईसकेको अवस्थामा मिति २०४८।१०।१० का दिन देखि वादीले तारेख गुजारेकोमा गुज्रेको तारेख थामी तारेखमा राख्ने गरेका मिति २०४८।१२।१६ को प्र.नं. ४ को आदेश बदर भागी छ । ४. मेरो प्रतिउत्तर नपर्दै प्र.नं. १, २ को वारेशले मिति २०४८।१०।२९ देखिको तारेख गुज्री जारी बसेको हुनाले अ.बं. १४ नं. अन्तर्गतको मुद्दा फैसला गर्ने म्याद प्रारम्भ नहँदै तारेख