निर्णय नं. २२४३ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २२४३ - उत्प्रेषण भाग: २७ साल: २०४२ महिना: बैशाख अंक: १ फैसला मिति :२०४२/०१/१६ २२९२ निर्णय नं. २२४३ ने.का.प. २०४२ अङ्क १ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको रि.नं. २४०८ विषय : उत्प्रेषण । निवेदक :जि.महोत्तरी साविक सग्रामपुर गा.पं. हाल भेतेपुर गा.पं.वा.नं. ८ बस्ने तिलकराम यादव विरूद्ध विपक्षी : महोत्तरी एक डाँडा गा.पं. वडा नं. ३ बस्ने शेषनारायण झा जि.महोत्तरी साविक सग्रामपुर हाल पोखरा मिना सग्रांमपुर वा.नं.७ बस्ने तत्कालिन जि.पं.स. राजनन्दन राय जि.महोत्तरी गा.पं. सलखोलाका तत्कालिन गा.पं. का प्रधान पंच राम विलास दाहाल भूमि सुधार कार्यालय,महोत्तरी आदेश भएको मिति:२०४२।१।१६।१ मा अधिकार प्राप्त मोही भएको यथार्थ प्रमाणद्वारा पुष्टि गर्न सकेको पाइँदैन । जग्गाधनीबाट भर्पाई लिएको छु भन्ने लिएको जिकिरको सम्बन्धमा हेर्दा पनि त्यस्तो कबुलियत भर्पाई एकप्रति स्थानीय पञ्चायतमा दाखिल गराउन पर्ने कुरा भूमिसम्बन्धी ऐनको ३४(१) मा व्यवस्था गरेको पाइन्छ तर रिट निवेदकले सो प्रकृया पूरा गरेको पाइँदैन । अतः त्यस्तो रसिदलाई कानुनी मान्यता भएको र जग्गा बिक्री वितरण गर्दा निजले नै अग्राधिकार पाउनु पर्दछ भन्ने स्थिति देखिन आएन । (प्रकरण नं.११) निवेदकहरूको तर्फबाट : विद्वान व.अ. श्री कुञ्ज विहारी प्रसाद सिंह विपक्षीहरूकोतर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री भैरव प्रसाद लम्साल र विद्वान अधिवक्ता श्री हरि न्यौपाने उल्लिखिन मुद्दाःX आदेश न्या.सुरेन्द्र प्रसाद सिंहः नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा निम्न प्रकारको छ । २. जिल्ला महोत्तरी साविक सहसौला गा.पं.वा.नं. ५ बस्ने राम दुलरीवती यादवनीले म तिलक राय यादवलाई २०२९ सालको बाली देखि मिति २०२९।१।२ का दिन कबुलियत गरी निजको नाउँमा दर्ता रहेको जि.म.वैरगिया लक्ष्मनीया गा.पं.वा.नं. ५(ख) कि.नं. ३३७ को ०–४–१४ ऐ. वा.नं. ५(ख) कि.नं. ७९ को ०–१४–१ ऐ. ऐ. वा.नं. ७(क) कि.नं. १०६ को ०–३–१३ कि नं. २३७ को ०–६–० कि नं. ३२८ को ०–३–४ कि.नं. ५०४ को ०–२–१ ऐ. वा.नं. ९(१) कि.नं. १५० को १–१४–१५ धुर समेत जम्मा २–१९–७ धुर जग्गामा मोहीमा आवाद गर्न दिनु भएको थियो । यसै बीच ज.ध. रामदुलारीको हदबन्दी सन्दर्भमा जाँचबुझ हुँदा हदबन्दी भन्दा बढी देखिन आएकोले भू.सं. ऐनको दफा १५ अन्तर्गत विक्री वितरणका लागि विपक्षी भू.सु.अ.ज्यूले सूचना प्रकाशित गर्नुभयो । उक्त जग्गाको म मोही भएको हुँदा बिक्री वितरणमा पाउँ भनी मिति २०३३।३।१४ मा अधिकारी ज्यू समक्ष निवेदन दिएँ र सो सम्बन्धमा विपक्षी तत्कालिन प्रधानपञ्च रामविलास दाहाल ज्यूले सिफारिश समेत गर्नु भएको थियो र सो सम्बन्धमा कुत बुझाएको सक्कल भर्पाई समेत पेश गरेको थिएँ यसै बीच विपक्षी शेषनारायण झाले मिति ०३७।२।२५ का दिन भूमि सुधार राज्यमन्त्री ज्यूमा विक्री वितरणमा जग्गा पाउँ भनी दिएको निवेदनमा व्यहोरा साँचो भए नियम बमोजिम गरिदिनु होला भन्ने मिति ०३६।४।२।४ मा सचिवज्यूको नाममा तोक आदेश भएको एकपटक मेरो २०३७।३।१२ मा सिफारिश विपक्षी प्र.पं. ले गर्नु भएकोमा पुनः विपक्षी प्र.पं.ले २०३७।३।१५ मा सिफारिश गरिदिनु भएछ । साथै उल्लिखित जग्गा विपक्षीलाई नै दिनुपर्छ भनी अधिकारीज्यू समक्ष २०३७।३।१२।२ को दिनु हुँदै कागज पनि गरिदिनु भएछ । यसै बीच मलाई पेश गरेको कागज सम्बन्धमा सोधपुछ गर्न १० दिने म्याद ०३७।३।२४ मा म्याद