निर्णय नं. २२४४ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २२४४ - उत्प्रेषण भाग: २७ साल: २०४२ महिना: बैशाख अंक: १ फैसला मिति :२०४१/१२/१५ २४४३ निर्णय नं. २२४४ ने.का.प. २०४२ अङ्क १ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह सम्वत् २०४० सालको रि.नं. १९०३ विषय : उत्प्रेषण । निवेदक :गण्डकी अञ्चल जिल्ला लमजुङ समि भञ्ज्याङ गा.पं. वा.नं. ४ बस्ने पं.राम प्रसादको छोरा वर्ष ४८ लेखनाथ अधिकारी ऐ.ऐ गिलुङ गा.पं. वा.नं.२ बस्ने राम सुब्बाको छोरा वर्ष ५३ को धन प्रसाद गुरुङ ऐ.ऐ मालिङ गा.पं.वा.नं.९ बस्ने उदय सिंहको छोरा ४५ को खड्ग जंग गुरुङ ऐ.ऐ भोर्लेटार गा.पं. वा.नं.८ बस्ने कर्ण बहादुरको छोरा वर्ष ४२ को भिम बहादुर गुरुङ ऐ.ऐ रम्घा गा.पं.वा.नं.५ बस्ने मोहन मानको छोरा वर्ष ५६ को मोतिलाल श्रेष्ठ ऐ.ऐ मोहरियाकोट गा.पं.वा.नं.३ बस्ने कृष्ण बहादुरको छोरा वर्ष ४८ को डम्वर बहादुर थापा विरूद्ध विपक्षी : श्री ५ को सरकार मन्त्रिपरिषद् सचिवालय सिंह दरबार काठमाडौं श्री ५ को सरकार पंचायत तथा स्थानिय विकास मन्त्रालय पुलचोक ल.पु श्री ५ को सरकारको सचिव ऐ.ऐ पंचायत निति तथा जाँचबुझ समिति बानेश्वर काठमाडौं जि.पं. सचिव स्थानिय विकास अधिकारी लमजुङ जि.पं. सचिवालय आदेश भएको मिति:२०४१।१२।१५।५ मा निर्वाचन बदर गरिपाउँ भन्ने रिट निवेदकको माग छैन यस्तो स्थितिमा निवेदकको माग बमोजिम उत्प्रेषणको आदेशद्वारा श्री ५ को सरकारको निर्णय बदर गर्न रिट जारी गरे पनि निरर्थक हुन जाने हुँदा प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । (प्रकरण नं.१४) निवेदकहरुको तर्फबाटःX विपक्षीहरूको तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री वलीराम कुमार उल्लेखित मुद्दाःX आदेश न्या.बब्बर प्रसाद सिंहः नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत विषयको संक्षिप्त तथ्य तथा रिट निवेदन जिकिर निम्न प्रकारको रहेछ : २. लमजुङ जिल्ला पञ्चायतको निर्वाचन २०३६ साल आषाढ २ गते र परिणामको घोषणा ऐ. आषाढ ४ गते भई म लेखनाथ अधिकारी सभापति पदमा, म धनप्रसाद गुरूङ, म भिमबहादुर गुरुङ, म खड्गजंग गुरुङ, म डम्बरबहादुर थापा, म मोतिलाल श्रेष्ठ सदस्य पदमा जिल्ला पञ्चायत ऐन, ०१९ को दफा १५ अनुसार पाँच वर्षको पदावधिका लागि निर्वाचित भएका हौं । हामीले ऐन कानुन अनुसार आ–आफ्नो पदको कर्तव्य र अधिकार पूरा गर्दै आएका हौं । जिल्लामा विकास तथा निर्माण कार्य सुचारु रूपले चलिरहेका थिए । विकास कार्यमा विकास अनुदानको बाँडफाँडको सम्बन्धमा फाल्गुण ०३९ मा गएको श्री ५ को सरकारको निरीक्षण टोलीले अत्यन्त सन्तोषप्रद कार्य भनी लमजुङ जि.पं.लाई उदाहरणीय समेत बताएको थियो । ८ देखि ११ कार्तिक २०४० मा बसेको लमजुङ जिल्ला पञ्चायतको बैठकले बजेट विनियोजन समेत गरी कार्य गर्दै थियो । सोही महिनाको पञ्चायत तथा स्थानीय विकास मन्त्रालयको जिल्ला सभाको बैठक हुन नसके पनि योजना छनौट गरी पठाउनु भन्ने परिपत्र अनुसार काम गरिरहेको थियो । ३. २०४० साल पुष १५ देखि १८ सम्म लमजुङ जिल्ला पञ्चायतको बैठक बसेको थियो र सो बैठकमा हामीले भाग लिएका थियौं । ४. २०४० साल पौष २८ गते जिल्ला पञ्चायतमा जाँदा प्रत्यर्थी जि.पं. सचिव स्थानीय विकास अधिकारीले जिल्ला पञ्चायत भङ्ग भएको कुरा बताउनु भयो । गोरखापत्रमा सो खबर छापिई सकेको छ भन्नु भयो । श्री ५ को सरकारले जिल्ला पञ्चायत भङ्ग गरेको भन्ने खबर ०४० साल पौष २१ गतेको गोरखापत्रमा छापिएको रहेछ । जि.पं. ऐनको दफा ४० को उपदफा (१) ले अधिकार दिएको, जिल्ला पञ्चायतमा पञ्चहरू बीच विवादको क