निर्णय नं. ५०४६ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५०४६ - अंश भाग: ३७ साल: २०५२ महिना: बैशाख अंक: १ फैसला मिति :२०५०/१२/०२ २६३१ निर्णय नं. ५०४६ ने.का.प. २०५२ अङ्क १ संयुक्त इजलास माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा सम्वत् २०४८ सालको दे.पु.नं. ३८४ फैसला मिति : २०५०।१२।२।३ मुद्दा : अंश । पुनरावेदक/वादी: बाँके जिल्ला पिपरहवा गा.वि.स. वडा नं. ७ बस्ने वरकत अलि वेहना । ऐ.ऐ बस्ने जमुन तरा वेहनीन । ऐ.ऐ बस्ने रहमत अलि वेहना । ऐ.ऐ बस्ने सावित अलि वेहना । विरुद्ध विपक्षी/प्रतिवादी: बाँके जिल्ला पिपरहवा गा.वि.स. वडा नं. ५ बस्ने मनोरानी बेहनीन । अंशियार नै नभएको व्यक्ति उपर अंश दिलाई पाउं भन्ने वादी दावी अंशबण्डाको ऐनले लाग्न सक्ने नदेखिने । (प्रकरण नं. ११) अंशियार नै नभएको प्रतिवादी उपर अंशबण्डा दिलाई छुट्याई पाउं भन्ने वादी दावी पुग्न नसक्ने । (प्रकरण नं. ११) फैसला न्या.जोगेन्द्र प्रसाद श्रीवास्तवः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) को खण्ड (ग) बमोजिम यस अदालतमा पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार रहेछ :– २. मूल पुरुष स्व.टेढे वेहनाको ३ छोराहरु मध्ये जेठा स्व.विरु वेहना माहीला विपक्षीको विता स्व.सुकाई वेहना कान्छा हाम्रो लोग्ने पिता स्व.सेरे वेहना हुन । जेठा बाबु स्व.पिरु वेहनाको स्वास्नी सन्तान कोही नभई परलोक भइसके । माहिला जेठाजु जेठा बाबु स्व. सुकई वेहनाको श्रीमती चमेला वेहनीन २०४५।१।४ मा आफ्नो कालगतीले परलोक भई सक्नु भएको नीजको छोरा नभई छोरी विपक्षी मनोरानी वेहनीन भएको र कान्छा हाम्रो पिता लोग्ने स्व. सेरे वेहनाको ३ छोराहरु मध्ये जेठा म फिरादी सावित अली वेहना माहिला म फिरादी वरकत अली र कान्छा म फिरादी रहमत अली वेहना हुँ । हाम्रो आमा जमुनतरा वेहनीन हुनुहुन्छ । यसरी विपक्षी मनोरानी वेहनीन हाम्रो दिदी हुनुहुनछ । माहिली आमाको छोरी विपक्षी मनोरानीको विवाह भएपछि बाँके परस्पुरमा बसेका छन् । माहिली आमाको सेवा टहल काजक्रिया हामीले गरी आएको छौं । र निजको परलोक भएपछि विपक्षी मनोरानीले अपुतालीमा दावा गरेकीले निजसँग पटक पटक हाम्रो २ खण्डको एक खण्ड अंश छुट्याई पाउँ भनी भन्दा नमानेकीले विपक्षीबाट सम्पूर्ण सम्पत्तिको फाँटवारी लिई अंश बण्डाको १, २, ३ नं. बमोजिम २ खण्डको १ खण्ड मधये ४ खण्डको १ खण्ड म सावित अली, १ खण्ड म वरकत अली, १ खण्ड म रहमत अली, १ खण्ड म जमुनतरा वेहनीनको अंश छुट्याई दर्ता गराई चलन चलाई पाउँ भन्ने समेत व्यहोराको सावित अली वेहना समेत जना ४ को फिरादीको दावी भएको । ३. वादीको फिराद दावीमा उल्लेखित पुस्तावारी ठीक छ । म उपरको अन्य सम्पूर्ण दावी झुठ्ठा हो जाल प्रपंचको फिरादमात्र हो वादी दावी खारेज गरी झुठ्ठा दावीबाट फुर्सत पाउँ । मेरो बाबु आमाको नाउँको अपुताली जग्गा मेरो नाउँमा मालपोत कार्यालय बाँकेबाट नामसारी हुने गरिएको निर्णय समेत कायम राखी पाउँ मैले आमाको आफ्नो जातको रितिथिती बमोजिम काज क्रिया गरेकी हुँ । वादीहरु मेरा बाबु आमको एका सगोल अंशियार होइनन् छैनन् भन्ने कुरा १ नं. मोहीको फारामबाट स्पष्ट हुन्छ । बाबु आमा छुटिई बसेपछि बाबु आमा आफ्नो मेहनत मजदूरी सिपबाट आर्जन गरिएको सम्पत्ति हो । अ.बं. ८२ नं. बमोजिम फिराद खारेज गरी पाउँ भनी प्रतिवादी मनोरानी वेहनीनको प्रतिउत्तर पत्र । ४. वादी र प्रतिवादीबाट पेश भएको फाँटवारीबाट वादीहरुले अंश पाउने ठहर्छ भन्ने बाँके जिल्ला अदालतबाट मिति २०४६।३।२९ गतेको फैसला रहेछ । ५. विपक्षी वादीहरुको म उपरको अंश ब