निर्णय नं. २२४५ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश पुर्जी जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २२४५ - उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश पुर्जी जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: बैशाख अंक: १ फैसला मिति :२०४१/१२/१९ २३१५ निर्णय नं. २२४५ ने.का.प. २०४२ अङ्क १ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको रि.नं. १८९३ विषय : उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश पुर्जी जारी गरिपाउँ । निवेदक :धा.जि.नौविसे आदर्श गा.पं.वा.न. ७ खानी खोला बजार बस्ने प्र.पं.नेत्रलाल श्रेष्ठ विरूद्ध विपक्षी :जिल्ला पञ्चायत कार्यालय धादिङ जि.पं.का धादिङ का उप सभापती टेक बहादुर तामाङ ऐ.ऐ का सदस्य पुरुषोत्तम दास श्रेष्ठ ऐ.ऐ सद्स्य जगन्नाथ रुपाखेती धादिङ जिल्ला नौबिसे आदर्श गा.पं.वा.नं.८ नौबिसे सेरलाडी बस्ने उप प्र.पं.राम शरण उप्रेती आदेश भएको मिति:२०४१।१२।१९।२ मा अधिकार बिना निवेदकलाई प्र.पं. को हैसियतले कार्य नगरी उप प्र.पं. को हैसियतले गा.पं. कार्यालयको ताल्चा खोली काम गर्नु भन्ने प्रत्यर्थीहरूको उक्त आदेश निर्णय अनाधिकारको तथा प्राकृतिक न्याय सिद्धान्त विपरीत समेत देखिने । (प्रकरण नं.१०) निवेदकहरूको तर्फबाट : विद्वान व.अ. श्री मुकुन्द रेग्मी विपक्षीहरुको तर्फबाटःX उल्लेखित मुद्दाःX आदेश न्या.बब्बर प्रसाद सिंह: नेपालको संविधानको धारा ७१ अन्तर्गत यस अदालत समक्ष मिति ०४०।१०।६।६ मा पर्न आएको रिट निवेदकको निवेदन तथ्य एवं जिकिर निम्न प्रकार छन् । २. निवेदक धादिङ जिल्ला नौविसे आदर्श गा.पं. को विधिवत निर्वाचित प्रधानपञ्च हुँ। ०३९ सालको निर्वाचनबाट निर्वाचित भई हाल १ वर्षको अवधि समाप्त भएको र ४ वर्षको अवधि बाँकी नै छ । गा.पं.ऐन, २०१८ को दफा १९ अनुसार वर्णित अधिकार र कर्तव्य एवं उक्त ऐनका अन्य दफाहरूमा वर्णित ऐनहरूद्वारा प्रदत्त अधिकार र कर्तव्य गर्न म कानुनी रूपमा समर्थ र वैध छु । विपक्षीहरू कसैलाई पनि प्र.पं. पदबाट हटाउन र वञ्चित गर्न अधिकार छैन । गा.पं. ऐनमा व्यवस्था गरिए अनुसारम बाहेक प्र.पं. हट्न र प्र.पं. लाई निलम्बन गर्न समेत विपक्षीहरूलाई कुनै पनि ऐनले हक दिएको छैन । विपक्षीहरूले जिल्ला पञ्चायत कार्यालय धादिङ टुर मुकाम भनी विपक्षी उपसभापति टेक बहादुर तामाङको अध्यक्षतामा बसेको र अन्य विपक्षीहरू र पं.स. र भद्र भलाद्मी समेत बसी निर्णय गरेको भन्दै मेरो उपर वि.प्र.वि.मा लागेको मुद्दाको टुङ्गो नलागेसम्म मैले कुनै काम नगरी कार्यबाहक प्र.पं. को हैसियतले उप प्र.पं. रामशरण उप्रेतीले कार्यालयको कार्य गर्ने भन्दै म निवेदकलाई बोधार्थ र गा.पं. कार्यालयलाई पनि बोधार्थ दिइएको पत्र विपक्ष उप प्र.पं. रामशरण उप्रेतीलाई अन्य विपक्षीहरू समेतले लेखेको पत्र ०४०।९।२३ मा मलाई दिएबाट थाहा भयो कसैले अनाहक झुठ्ठा उजूरी गरेर वि.प्र.वि.ले कारवाही चलाउँदैमा मेरो पद निलम्वित वा समाप्त हुने कुनै ऐनमा व्यवस्था छैन । विपक्षीहरूले गैरकानुनी र अनधिकृत निर्णय गरी म प्र.पं.लाई गा.पं. ऐन, ०१८ द्वारा प्रदत्त हकअधिकारमा हस्तक्षेप गरेको प्रष्टछ । त्यस्तो बिना अधिकार गरेको निर्णय र कारवाही यथावत म ऐ. अ.बं. ३५ नं. ले स्वतः बदर तथा निस्कृय शुन्य हुने प्रष्ट छ त्यस्तो निर्णयको आधारमा मेरो हक अधिकारमा विपक्षीहरूले हस्तक्षेप समेत गर्न पाउने होइन र यस्तो अवस्थामा अनधिकृत तथाकथित निर्णयको आधारमा विपक्षीहरूले मलाई कार्य गर्न रोक गर्न लाएको हुँदा बाध्य भई अन्य उपचार समेतको अभाव हुँदा नेपालको संविधानको धारा १६।७१ अन्तर्गत यो निवेदन गर्न आएको छु । विपक्षीह