निर्णय नं. २२४६ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २२४६ - उत्प्रेषण भाग: २७ साल: २०४२ महिना: बैशाख अंक: १ फैसला मिति :२०४१/१२/२२ २४३५ निर्णय नं. २२४६ ने.का.प. २०४२ अङ्क १ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह सम्वत् २०४१ सालको रि.नं. २२५५ विषय : उत्प्रेषण । निवेदक :वागमती अंचल ललितपुर जिल्ला ललितपुर नगर पंचायत वडा नं. ११ अन्तर्गत बस्ने खपीन्छे बस्ने वेखालाल महर्जन विरूद्ध विपक्षी :ललितपुर नगर पंचायत कार्यालयका प्रधान पचं श्री बुद्धिराज बज्राचार्य ऐ.बागमती अंचल ललितपुर नगर पंचायतका वडा नं.११ अन्तर्गत भिडयोलाछी बस्ने सन्तलाल महर्जन आदेश भएको मिति:२०४१।१२।२२।५ मा जिल्लामा एकलौटी हो वा साझा हो सो विवाद ल.पु.न.पं.ले साझा नै कायम गर्ने भनी अधिकार बाहिर गई बढी कुरा लेखी निर्णय गरेको त्रुटिपूर्ण देखिन आएको । (प्रकरण नं.११) निवेदकहरूको तर्फबाट : विद्वान अधिवक्ता श्री हीरा प्रसाद जोशी विपक्षीहरूको तर्फबाट : विद्वान अधिवक्ता श्री कोमल प्रसाद घिमिरे र विद्वान अधिवक्ता श्री पुण्य प्रसाद अर्याल उल्लेखित मुद्दाःX आदेश न्या.बब्बर प्रसाद सिंहः नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत विषयको संक्षिप्त विवरण तथा रिट निवेदन जिकिर निम्न प्रकारको रहेछ : २. विपक्षी मध्येका सन्तलाल महर्जनले ललितपुर नगर पञ्चायतका वडा नं. ११ को कि.नं. ४७४ को घर जमीन सम्म भत्काई उत्तरतर्फ जमीन तल्लामा ढोका र पछिल्लो तल्ला देखि तल्लैपिच्छे खुल्ला झ्याल राखी घर बनाउन उत्तर किल्ला साझा चोक र बेखालाल महर्जनको घर देखाई ललितपुर नगर पञ्चायतमा २०४०।२।१९।५ मा नक्सा दर्खास्त दिएकोमा नगर पञ्चायत ऐन, २०१९ को दफा ४८ को उपदफा (१) अन्तर्गत उत्तरतर्फका सँधियार भनी निवेदकका नाममा जारी भएको सूचनाद्वारा निर्धारित म्यादभित्रै विपक्षी सन्तलाल महर्जनले उत्तरतर्फ साझा चोक र म बेखालाल महर्जनको एकलौटी चोक तथा घर भएको र सो घर तथा चोक म बेखालाल महर्जनका नाममा ल.पु.न.पं. वडा नं. ११ को कि.नं. ४६४ बाट १ आना १ पैसा १ दाम क्षेत्रफल कायम भई नापी भई दर्ता समेत भई गरी सकेकोलाई साझा चोक भनी आफ्नो समेत हक गराउन नक्सा दर्खास्त दिएको खारेज गरिपाउँ भनी उजूरी निवेदन दिएको समेतबाट कारवाही चलाई विपक्षी ल.पु.न.पं. का प्रधानपञ्च बुद्धिराज बज्राचार्यले २०४१।१।१२।३ मा साझा चोक भन्ने तर्फ मिति ०३८।९।१९ गते ३ नं. नापी गोश्वारा ६ नं. नापी टोलीबाट कि.नं. ४७३ को साझा चोक कि.नं. ४६४ मा घुस्न नगएको भन्ने पत्रको फोटोकपी पेश हुन आएको देंिखँदा साझा चोक कि.नं. ४६४ मा गाभिएको नहुँदा साझा नै कायम गरी गरेको नक्सा बमोजिम घर बनाउन नक्सा पास गरिदिने ठहर्छ भनी पर्चा गरी निर्णय गरिदिनु भयो । सो २०४१।१।१२।३ को निर्णय पर्चा तथा आधार लिएको ०३८।९।१९ को पत्रबाट नै सबै तथ्य प्रष्ट हुने हुँदा सो निर्णय तथा पत्रको प्रतिलिपि यस निवेदन पत्रको अभिन्नअंगको रूपमा यसैपत्रको साथ पेश गरेकोछु । ३. घर बनाउन नक्सा दर्खास्त दिनेले साझा चोक भनी त्यस साझा चोकतर्फ जमीन तल्लामा ढोका र पहिलो तल्ला देखी तल्लैपिच्छे खुल्ला झ्याल राखी घर बनाउन नक्सा दर्खास्तमा लेखे लेखाएको र उजूरी गर्ने प्रतिवादीले ल.पु.न.पं. वडा नं. ११ को कि.नं. ४६४ बाट नापी भई दर्ता समेत भई गरी सकेको एकलौटी चोक भनी लेखे लेखाएकोबाट बन्ने घरको जमीन तल्लामा ढोका र पहिलो तल्लादेखि तल्लैपिच्छै खुल्ला झ्याल राख्ने चोकमा नै साझा र एकलौटी भन्ने विवाद हुन आई तेरो मेरो परी एकलौटी र साझा के हो सबूत प्रमाणको मू