निर्णय नं. ९१६६ - सेवा प्रवेशको लागि नक्कली स्थायी अध्यापन अनुमतिपत्र पेश गरी भ्रष्टाचार गरेको
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९१६६ - सेवा प्रवेशको लागि नक्कली स्थायी अध्यापन अनुमतिपत्र पेश गरी भ्रष्टाचार गरेको भाग: ५६ साल: २०७१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७०/११/२० ३२८९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाश वस्ती माननीय न्यायाधीश श्री तर्कराज भट्ट फैसला मिति : २०७०।११।२०।३ ०६९–CR–०८९४ मुद्दा : सेवा प्रवेशको लागि नक्कली स्थायी अध्यापन अनुमतिपत्र पेस गरी भ्रष्टाचार गरेको । पुनरावेदक/प्रतिवादी : जिल्ला ताप्लेजुङ, मेहेले गा.वि.स. वडा नं. ८ स्थायी ठेगाना भई चितवन जिल्ला, रत्ननगरनगरपालिका वडा नं.८ प्रसौनीमा बसोबास भई हाल नेपाल विद्युत प्राधिकरणअन्तर्गत फोरमेन पदमा कार्यरत् केशवराज कडरिया विरूद्ध प्रत्यर्थी/वादी : अख्तियार दुरूपयोग अनुसन्धान आयोगका तर्फबाट अनुसन्धान अधिकृत गंगाप्रसाद न्यौपानेको प्रतिवेदनले नेपाल सरकार पेस भएको सर्टिफिकेट ओहदा पाउन, ओहदामा बहाल हुन वा कुनै लाभ सुविधा प्राप्त गर्ने उद्देश्यले पेस नगरेको भन्ने भएकोमा पेस गर्न आवश्यकै नभएको सर्टिफिकेट नक्कली बनाई पेस गर्ने कार्य पछाडि ओहदासम्बन्धी सम्भावित लाभ प्राप्त गर्ने आपराधिक अभिप्राय वा उद्देश्य रहेको स्पष्ट देखिन आउँदा नक्कली प्रमाणपत्र पेस गर्ने कार्यमा आपराधिक कार्य र अपराधिक मन समेतका दुबै तत्त्व समावेश भएको देखिने । (प्रकरण नं.६) पुनरावेदक/प्रतिवादीका तर्फबाट : प्रत्यर्थी/वादीका तर्फबाट : अवलम्बित नजीर : सम्बद्ध कानून : तत्काल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ विशेष अदालत काठमाडौं :– अध्यक्ष मा.न्या. श्री गौरीबहादुर कार्की सदस्य मा.न्या. श्री ओमप्रकाश मिश्र सदस्य मा.न्या. श्री केदारप्रसाद चालिसे फैसला न्या.प्रकाश वस्ती : विशेष अदालत, काठमाडौंको फैसलाउपर विशेष अदालत ऐन, २०४९ को दफा १७ बमोजिम यस अदालतसमक्ष पुनरावेदन परी पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवम् ठहर यस प्रकार छ :– नेपाल विद्युत प्राधिकरणको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र छानबिन समितिको मिति २०६१।१०।१३ को पत्रसाथ छानबिन विवरणको सि.नं. १९ मा केशवराज कडरियाको नाम उल्लेख भई फारम नं. १ समेतको प्रतिलिपि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा प्राप्त भई मिसिल संलग्न रहेको । नेपाल विद्युत प्राधिकरणको इलेक्ट्रिसियन तह ३ पदमा कार्यरत् केशवराज कडारियाले बोर्ड अफ सेकेन्डरी एजुकेशन मनीपुर, भारतबाट सन् १९८५ मा क्रमाङ्क ६०७२ बाट "HSLC Examination" उत्तीर्ण गरेको भनिएका शैक्षिक प्रमाणपत्रहरू नेपाल विद्युत प्राधिकरणबाट छानबिन भई थप छानबिनको लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा प्राप्त भै उक्त प्रमाणपत्रहरू उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमी भक्तपुरमार्फत् बोर्ड अफ सेकेन्डरी एजुकेशन, मनीपुर भारतमा प्रमाणीकरणको लागि पठाउँदा सो बोर्डको "NO. EX/118/78/Vol-vii/4165 Imphal, The 16th June, 2007" को निज केशवराज कडरियासमेत दुई जनाको बारेमा लेखिएको पत्रको सि.नं. २ मा "Keshav Raj Kadariya bearing roll no. 6072 to HSLC Examination, 1985 have been verified with our office records and found that they did not appear the HSLC Examination under the given roll number and years. The document produced by them are fake and forged ones" भनी लेखी आएको उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमी, भक्तपुरको मिति २०६४।४।२० को पत्रसाथ आयोगमा प्राप्त भै मिसिल सामेल रहेको । अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट मिति २०६४।९।१० मा न