निर्णय नं. ९१६७ - चोरी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ९१६७ - चोरी भाग: ५६ साल: २०७१ महिना: भाद्र अंक: ५ फैसला मिति :२०७०/०९/१८ ५०५५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाश वस्ती माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की फैसला मिति : २०७०।९।१८।५ ०६६–CR–०६६५ मुद्दा : चोरी पुनरावेदक/वादी : सुनील चौधरीको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी : कञ्चनपुर जिल्ला, भिमदत्त न.पा. वडा नं. ४ बस्ने महेश चौधरी § आफैँले किटानीसाथ चोरी भएको भनी जाहेरी दिने तर आफैँले भूलबश शङ्का मानी जाहेरी दिएको भनी बकपत्र गर्ने र मौकामा कागज गर्ने व्यक्तिसमेतलाई मौकामा चोरी भएको भनी भन्ने तर पछि भूलबश भनेको भन्नेसमेत देखिएको स्थितिमा जाहेरवालाले झूट्ठा (बनावटी) जाहेरी दिएको मान्नुपर्ने अवस्था देखिन आउँदा चोरी जस्तो गम्भीर कसुरमा शङ्का र हतारमा किटानी जाहेरी दिने जाहेरवाला स्वयम् सजायका भागीदार हुनुपर्ने । (प्रकरण नं. ५) पुनरावेदक/वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री उद्धव पुडासैनी प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : अवलम्बित नजीर : सम्बद्ध कानून : § प्रमाण ऐन, २०३१ को दफा ९, १८ § सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ को दफा २८(२) सुरू तहमा फैसला गर्ने : मा.जि.न्या. श्री पदमराज भट्ट पुनरावेदन तहमा फैसला गर्न ׃ मा.न्या. श्री डिल्लीराज आचार्य मा.न्या. श्री बाबुराम रेग्मी फैसला न्या. प्रकाश वस्ती : न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर निम्न प्रकार छ : मिति २०६५।३।२२ गतेको राति छिमेकी महेश चौधरी र राजु डगौरा मेरो घरमा आई सुते । यसअघि पनि कहिलेकाहीँ आई सुत्ने गर्दथे । महेश चौधरीलाई मेरो घर कोठाका बारेमा सबै जानकारी थियो । राति कतिबेला उठेर मेरो बाकस फोडी त्यसमा रहेको रू.४१०७५ (एकचालीस हजार पचहत्तर) लगी लत्ता कपडाहरू खेतबारीमा फालिदिएका रहेछन् । बिहान उठ्दा मात्र थाहा भयो । निजलाई पक्राउ गरी चोरीमा कारवाही गरी सजाय गरी पाउँ भन्ने सुनील चौधरीले वडा प्रहरी कार्यालयमा दिएको मिति २०६५।३।२३ को निवेदनपत्र । पूर्व टीकाराम डगौराको खेतवारी, पश्चिम टीकाराम डगौराको पक्की घर, उत्तर प्रकाश चौधरीको खाली जमिन, दक्षिण मानसिँह खत्रीको घर यति चारकिल्लाभित्रको सुनील चौधरीको घरमा जाहेरीमा उल्लेख भएबमोजिम चोरी भएको घटनास्थल भन्ने मिति २०६५।३।२३ को घटनास्थल वस्तुस्थिति मुचुल्का । जाहेरवालाको खाली जमिनमा रहेको टिनको बाकसको अगाडितर्फको कुण्डी (लक) टुटी बाकस खाली र खुल्ला अवस्थामा रहेको बाकसको नजिक तरकारी काट्ने छुरा (चक्कु) रहेको, पायन्ट एकवटा र यत्रतत्र छरिएर रहेका क्यासेटका चक्काहरू रहेका भन्ने मिति २०६५।३।२३ को खानतलासी बरामदी मुचुल्का । प्रतिवादी महेश चौधरी बस्ने घरको कोठामा रहेको स्टिल दराजको सबै भन्दा माथिल्लो खण्डमा रहेको हरियो कभर भएको किताबको बीचमा एक/एक हजारको दुईवटा नोट बरामद भएको भन्ने मिति २०६५।३।२५ को बरामदी मुचुल्का १ र अन्तुराम चौधरीको घरको देवाल नजिक काठको बासा (चूली) मा डोराले बाँधी राखेको माटोको करूवाभित्र रू.१००० का नेपाली नोट ३५ वटा, पाँचसय भारूको नोट एक, १०० नेपालीका दुई, २० नेपालीको एक र ५ नेपालीको एक, गरी जम्मा रू.३६०२५। (छत्तीस हजार पच्चीस) नेपाली रूपियाँ बरामद भएको भन्ने सोही मितिको अर्को बरामदी मुचुल्का । मिति २०६५।३।२२ गते आफ्नै घरमा खाना खाई सुनील चौधरीको घरमा सुत्न गएको हुँ । सुनील चौधरी खाना खान गएको मौकामा त्य