निर्णय नं. ८६४८ - उपयुक्त आदेश जारी गरिपाऊँ ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८६४८ - उपयुक्त आदेश जारी गरिपाऊँ । भाग: ५३ साल: २०६८ महिना: कार्तिक अंक: ७ फैसला मिति :२०६७/१२/०७ ४७९० ने.का.प. २०६८, अङ्क ७ निर्णय नं.८६४८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री बलराम के.सी. माननीय न्यायाधीश श्री भरतराज उप्रेती संवत् २०६३ सालको दे.पु. नं.–०३९६ फैसला मितिः २०६७।१२।७।२ विषयः– उपयुक्त आदेश जारी गरिपाऊँ । पुनरावेदक/प्रतिवादीः शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको विष्णुमति लिङ्करोड खारेज भई सोको हकमा समेत सडक विभाग तथा भवन निर्माण विभाग विरुद्ध विपक्षी निवेदकः नेपाल आदर्श कम्पनी प्रा.लि.कुलेश्वर काठमाडौँका अख्तियारप्राप्त ऐ.कम्पनीका वित्त निर्देशक महेशकुमार थपलिया शुरु फैसला गर्नेः– मा.न्या.श्री हरिराम कोइराला, मा.न्या.श्री हरिबहादुर वस्नेत § करारको कुनै एक पक्षले दायित्वको रुपमा पालना गर्नुपर्ने शर्तको आधारमा थप तथा नयाँ काम गर्ने ठेक्का पनि निजले पाउने अधिकार हुन्छ भन्नु करार ऐन, २०५६ को दफा ७४ विपरीत कार्य हुने । (प्रकरण नं.२) § कुनै पनि करारको अवधि समाप्त भई सो करारअनुसारको काम पनि सम्पन्न भएपछि दफा ८७(२) अनुसार कुनै पनि आदेश जारी हुन नसक्ने । (प्रकरण नं.४) § करारबमोजिमको काम पूर्ण रुपमा सम्पन्न भई यसरी सम्पन्न गरेको कामको Defect Liability Period समाप्त भएको र करारअनुसारको काम सम्पन्न भई सोको भुक्तानी समेत बुझी लिई ठेक्काअनुसार काम सम्पन्न भएको प्रमाणपत्र समेत लिइसकेको अवस्थामा करार परिपालनाद्धार समाप्त (Termination by performance) हुँदा अब कुनै पनि प्रकारको करारीय सम्बन्ध (Contractual Relation) कायम भए रहेको छ भनी मान्न नसकिने । (प्रकरण नं.७) § करारअन्तर्गत गर्नुपर्ने सम्पूर्ण काम सम्पन्न भई सो कामको Defect Liability Period नै समाप्त भैसकेको र काम सम्पन्न गरेको प्रमाणपत्र समेत लिइसकेको अवस्थामा कुनै करारीय सम्वन्ध नै कायम नरहेकोले करार ऐनको दफा ८७ अनुसार निवेदन दिन नसकिने । (प्रकरण नं.८) पुनरावेदक तर्फवाटः विद्धान सहन्यायाधिवक्ता श्री शरद खड्का विपक्षी निवेदक तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः § करार ऐन, २०५६ को दफा ७४, ८७, ८७(२), (३), (४) फैसला न्या.भरतराज उप्रेतीः पुनरावेदन अदालत पाटनका फैसलाउपर चित्त नवुझी न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदलतमा दायर हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यस प्रकार छ :– निवेदक कम्पनी क वर्गको निर्माण व्यवसायी भएको र विष्णुमति लिङ्करोड आयोजना शहरी विकास तथा भवन निर्माण विभाग मातहत सञ्चालित परियोजना हो । विपक्षी परियोजनाले काठमाडौँ शहरी क्षेत्रमा टुडिखेल भद्रकाली माइतीघरको वाटो र जाईका पुल इन्द्रायणी मन्दिर मार्ग ढल तथा सोह्रखुटे पक्की वाटो निर्माण तथा सम्भार गर्ने प्रयोजनका लागि मिति २०५८।१०।१० मा निर्माण कार्य वारे टेण्डर आव्हान गरेको थियो । सो टेण्डरमा मैले रु. ३,२८,७०,०३९।६९ मा ठेक्का पाई करार समेत भएको छ । उपरोक्त आधारविपरीत विपक्षीमध्ये शहरी विकास तथा भवन निर्माण विभागले मिति २०६२।९।२० को गोरखापत्रमा सूचना प्रकाशित गरी मेरो सम्झौताभित्रको मैले नै गर्ने भनी सहमति भएको सोही कामलाई ठेक्का नं.वि.एल.आर.पि ०३।०६२।६३ को संज्ञा दिई “ख” वर्ग को निर्माण व्यावसायीवाट टेण्डर आव्हान गरेको पाइयो । सो सूचना निवेदक संग भएको करार समझदारी तथा विपक्षीले आप्mनो २०५९।३।७ को पत्रमा उल्लेख गरेको प्रतिवद्धताविपरीत छ । यसरी म निवेदकलाई प्राप्त हकमा प्रत्यक्ष असर पर्ने गरी टे