निर्णय नं. २२४७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २२४७ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: बैशाख अंक: १ फैसला मिति :२०४२/०१/१० २३०८ निर्णय नं. २२४७ ने.का.प. २०४२ अङ्क १ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा सम्वत् २०४१ सालको रि.नं. २१०६ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ । निवेदक : भ.पु.जि.न.पं. वडा नं. १६ बस्ने तेखाचो कृष्णदेवी जोन्छेनी ऐ.ऐ बस्ने नारायण भक्त जोन्छे विरूद्ध विपक्षी :प्रधान पंच श्री ज्ञानबहादुर न्याई च्याई भक्तपुर नगर पंचायत आदेश भएको मिति:२०४२।१।१० मा विवादको जग्गाहरू यो यसको हो वा होइन भनी हक बेहक छुट्याउने अधिकार नगर पञ्चायत ऐन, ०१९ को दफा १७(८) ले नगर पञ्चायतलाई प्रदान गरेको देखिन्न । (प्रकरण नं.७) आदेश न्या.त्रिलोक प्रताप राणाः संविधानको धारा ७१ अन्तर्गत यस अदालत समक्ष पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छ । २. भक्तपुर जिल्ला हाल न.पं. वडा नं. १६ तेखाचो टोल अन्तर्गत पूर्व साझा चोक, पश्चिम पोखरी उत्तर गणेशबहादुरको घर, दक्षिण ऋणीकै बाँकी घर, यति ४ किल्ला भित्रको पूर्व मोहडा उत्तर दक्षिण लम्बाई २० हातको १ नाले ४ तल्ले दक्षिणतर्फको लम्बाई १४।। हात भएको झिंगटी घर र सोको उत्तरतर्फको लम्बाई ५।। हातको कच्ची पराले घर मध्ये उत्तरतर्फको छेडी माटन चोटा तल्लासम्म ५।। बाहेक गरी भ.पु.जि. तेखाचो बस्ने विष्णुहरीबाट जोन्छेसँग रु. २९९९। मा मिति ०१९।१।१४ गते र पूर्व साझा बाटो, पश्चिम तेखा पोखरी, उत्तर गणेशबहादुरको घर, दक्षिण ऋणीको घर यति ४ किल्लाभित्रको भ.पु. तेखाचो टोल नं. १।५६ को उत्तर दक्षिण लङको पूर्व मोहडाको १।। कवले ३ तल्ले पक्की झिंगटी घर र सो घरले चर्चेको लगापात समेत रु. १,६९९ मा भ.पु.तेखाचो बस्ने मिश्री नानीवाटा जोन्छेनीसँग म निवेदिका मध्येकी कृष्णदेवी जोन्छेनीले मिति ०२०।१।१७ गते रजिष्ट्रेशन मार्फत फार्छे कागज गरी लिई मेरो हक भोग प्राप्त भई लिखत बमोजिम अद्यापितक सोही घरमा बसोबास गरी भोगी आएको हुँदा लिखत तथा लिखतका किल्लाभित्र घर र घरले चर्चेको लगापात समेत अवछिन्न रूपमा भोगी आएको थिएँ । यसै बीच विपक्षी पञ्चायतका जा.नारायणभक्त प्रजापतीले निवेदक मध्येको म नारायणभक्त जोन्छे न.पं.को स्वामित्व भएको जग्गामा स्वीकृत नलिई जथाभावी मकै छरी राखेको भनी मलाई पक्राउ गरी विपक्षीको कार्यालयमा उपस्थित गराई बयान लिएकोमा मैले तेखा पोखरी देखि पूर्व र मेरो श्रीमती कृष्णदेवीको घर देखि पश्चिम पट्टीको जग्गा मध्ये मेरो श्रीमतीको घर देखि पश्चिमा अन्दाजी पूर्व पश्चिम १० फुट उत्तर दक्षिण ८ फिट जति मेरो श्रीमतीको हकको जग्गा र अरू पश्चिमतर्फ पर्ति जग्गा भइरहेकोमा सो गाउँमा टोलका जनताहरूले दिसा पिसाव गरी धेरै फोहर मैला भई घरमा समेत बस्न नहुने गरी दुर्गन्ध भएको, सुग्घर सफा गरी अरू केही जतन नभएकोले बाँसले बार बाँधी फूलवारी गर्ने गरी कहीँ मकै छरी राखेको हो, पर्ति जग्गा मिच्ने मनसायले गरेको होइन भन्ने समेत व्यवहोराको म नारायणभक्त जोन्छेले लिखत समेत पेश गरी बयान गरेको प्रस्तुत मुद्दामा विपक्षी नगर पञ्चायतका प्रधानपञ्चले तेखा पोखरीको पूर्वको पर्ति जग्गामा मकै छर्यो भन्ने जाँचकी र फोहर हटाउन फूलवारी गर्न र कहीं कहीं मकै छरेको हो भन्ने प्र.को साविती बयान कागज हुँदा बिना स्वीकृतिले त्यसरी पर्ति जग्गामा मकै छरी जथाभावी गरेतर्फ न.पं. ऐनको दफा ५४ बमोजिम निज प्र.लाई तजविज रु. २५। जरिवाना गरी असूल गर्ने र तेखा पोखरीको पूर्व मे