निर्णय नं. २२४८ - लिखत बदर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २२४८ - लिखत बदर भाग: २७ साल: २०४२ महिना: बैशाख अंक: १ फैसला मिति :२०४२/०१/१३ २४६५ निर्णय नं. २२४८ ने.का.प. २०४२ अङ्क १ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४० सालको दे.पु.नं. ५८२ मुद्दा : लिखत बदर । पुनरावेदक/प्रतिवादी:का.जि.दापचा गा.पं. वडा नं. २ गहने गाउं बस्ने नैन लाल श्रेष्ठ विरूद्ध विपक्षी/वादी:ऐ.ऐ. बस्ने रानी तामाङ फैसला भएको मिति: २०४२।१।१३।५ मा अंशबण्डाको १९ नं. मा पिता पूर्खाका पालाको चल अचल गैह्र सम्पत्तिको हकमा चलमा सबै र अचलमा आधी सम्म व्यवहार चलाउनलाई स्वास्नी छोरा वा विधवा बुहारीको मञ्जूरी नभए पनि आफूखुस गर्न पाउँछ अचलमा आधीभन्दा बढी भने व्यवहार चलाउनै परे पनि एक्काइस वर्ष नाघेका स्वास्नी छोरा र विधवा बुहारीहरूको मञ्जूरी लिई मात्र खर्च गर्न हुन्छ । (प्रकरण नं.१२) पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर विपक्षी/वादी तर्फवाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी उल्लेखित मुद्दाःX फैसला न्या.त्रिलोक प्रताप राणाः प्रस्तुत मुद्दा मध्यमान्चल क्षेत्रीय अदालतबाट भएको फैसला उपर प्रतिवादीको चित्त नबुझी यस अदालतमा पुनरावेदन गर्ने अनुमति प्राप्त भई निर्णयार्थ पेश हुन आएको रहेछ । २. तथ्य यस प्रकार छ : सिखर आनवोटे गा.पं. वडा नं. १ को कि.नं. ६०।६१।६५।९३ को कित्ता चारको जग्गा ससुरा प्रतापसिंको नाममा दर्ता भएको ससुरा परलोक भएपछि सासु धामी रानीका नाममा दर्ता भएको जग्गा हो । उक्त ४ कित्ता जग्गा मध्ये कि.नं. ६५ र ९३ को जग्गा सासु घ्यामो रानी वलस्या तामाङनीले हिरा सिंहलाई रु. ५०००। मा ०३४।१२।२२ मा राजीनामा गरिदिएको हुँदा त्यसतर्फ मेरो दावी नभएको दफा २ मा उल्लेख गरिएको जग्गा मध्ये कि.नं. ६०।६१ को जम्मा क्षेत्रफल ७–१–३–३ को जग्गा पैत्रिक सम्पत्ति हो, मलाई अंश मार्ने नियत हो । उक्त २ कित्ता जग्गा पनि सुरा सिंहले ०३६।८।७ मा रु. २९,५००। मा नैनलाललाई राजीनामा गरिदिएकोले उक्त कि.नं. ६०।६१ को कित्तै पिच्छे मेरो भाग आधा लिखत बदर गरिपाउँ भन्ने समेतको फिराद । ३. चार कित्ता जग्गामा एउटै लिखित मुद्दा ६०।६१ नं. कित्तामा मात्र मञ्जूर नभएको अरु मञ्जूर भएको भन्न मिल्दैन । विपक्षीको लेखाइबाट मेरो राजीनामा बदर हुन सक्दैन वादी दावी झुठ्ठा भन्ने समेत नैनलाल श्रेष्ठको प्रतिउत्तर । ४. सुरा सिंह लामाले शुरू म्यादै गुजारी बसेको बिक्री बदर गरिपाउँ भन्ने वादी दावी पुग्न सक्दैन भन्ने समेत का.प.जि.अ.को फैसला । ५. उक्त फैसलामा चित्त बुझेन भन्ने वादीको बा.अं.अ.मा पुनरावेदन । ६. वादीको हक लाग्ने कि.नं. ६० र ६१ को जग्गाको आधा लिखत बदर हुने ठहर्छ भन्ने बा.अं.अ.को फैसला । ७. उक्त फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भन्ने प्रतिवादी नैनलाल श्रेष्ठको पुनरावेदन परी अनुमति प्राप्त भएको । ८. पैत्रिक सम्पत्ति व्यवहार चलाउन सम्मलाई पैत्रिक सम्पत्तिमा आधा सम्म आफूखुस गर्न पाउने व्यवस्था अंशबण्डाको १९(१) मा भएको पाइन्छ । पुनरावेदकले फिरादीको पति सुरा सिं लामाबाट ०३६।८।७ मा गराई लिएको राजीनामामा लिखत हेर्दा वापतमा घर खर्च भन्ने लेखिएको देखिन आउँछ । व्यवहार चलाउन राजीनामा गरेको भए राजीनामा लिखतमा पनि सो कुरा उल्लेख हुनको साथै सुरा सिंह लामाले पनि सप्रमाण आफूले गरेको व्यवहारलाई अंशबण्डाको १९(१) नं. अन्तर्गत भएको हो भनी प्रमाणित गर्न सक्नु पर्ने, प्रतिउत्तर नै नफिराएबाट व्यवहार