निर्णय नं. २२५० - उत्प्रेषणको आदेश जारी गरिपाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २२५० - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: बैशाख अंक: १ फैसला मिति :२०४२/०१/१५ २७९२ निर्णय नं. २२५० ने.का.प. २०४२ अङ्क १ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको रिट नं. २१४४ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ । निवेदक :जि.झापा अनारमनी गा.पं.वार्ड नं. ३ देवी बस्ती बस्ने भरतबाबु भन्ने सि.के.प्रसाई ऐ.वार्ड नं. ७ बस्ने मनरथ पाठक ऐ.ऐ बस्ने ध्रुव पाठक ऐ.ऐ बस्ने वार्ड नं. ५ बस्ने कृष्ण प्रसाद अधिकारी ऐ. वार्ड नं.३ बस्ने गोपाल निरौला ऐ.ऐ बस्ने शान्तिराम आचार्य ऐ.ऐ बस्लने प्रकाश कुटुवाल ऐ.ऐ बस्ने चैतन्य पाठक ऐ.ऐ बस्ने गोपाल कुमार कार्की विरूद्ध विपक्षी :जिल्ला पञ्चायत झापा अनारमनी गा.पं. झापा आदेश भएको मिति:२०४२।१।१५।६ मा मत्स्यपालन हुँदैमा पूजाआजा बली चढाउने समेतको अन्य धार्मिक अनुष्ठान रोकिन जान्छ भनी अनुमान गरी रिट जारी गर्न न्यायोचित देखिन्न । (प्रकरण नं.९) पुनरावेदकहरू तर्फबाट : विद्वान अधिवक्ता श्री हरिहर दाहाल विपक्षीहरू तर्फबाट: विद्वान अधिवक्ता श्री नारायणराज खरेल उल्लेखित मुद्दाःX आदेश न्या.त्रिलोक प्रताप राणाः संविधानको धारा ७१ अन्तर्गत यस अदालत समक्ष पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छ । २. जिल्ला झापा, अनारमनी गा.पं.वार्ड नं. ७ स्थित “बिराट पोखर” ऐतिहासिक महत्वको धार्मिक पुण्यस्थल हो । महाभारत कालीन युगमा ‘राजा विराट’ ले बनवासको जीवनयापन गर्दाको समयमा निर्णय गरेको पोखरी हो साथ साथै पोखरीभित्र पूजा अर्चना गर्नको लागि भगवती काली र दुर्गाका दुई ओटा मन्दिरहरूको प्रतिष्ठा पनि राजा विराटले गराएका हुन् भन्ने ऐतिहासिक किंवदन्ती छ । समयको दीर्घ अन्तराल पश्चात उक्त विराट पोखरको पानी पहिलेको अपेक्षा सुक्दै गयो, जिर्णोद्वार र समुचित व्यवस्थापनको अभावमा पोखरी भित्र अवस्थित मन्दिरहरूमा एउटा मन्दिर चाहिं पूर्णतः यथावत थियो । श्रद्धालुजनहरूले मन्दिरको जिर्णाेद्वार गरे र दुवै मन्दिरको समुचित व्यवस्थापन मिलाई पुजा अर्चनाको राम्रो बन्दोबस्त गरिआएका थिए । उक्त विराटपोखर र मन्दिरहरूमा धार्मिक चाडपर्वमा बाजागाजा सहित हामी स्थानीय बासिन्दाहरूले पूजा अर्चना गर्थ्यौ बली चढाउँथ्यौं । जिमिदारी प्रथाको समयमा त्यस ठाउँको नामकरण प्रगन्ना विराट पोखर भनिएको थियो, हामी निवेदक मध्ये म निवेदक सि.के. प्रसाईको पूर्खाको उक्त पोखरी र मन्दिरमा विशेष तादम्य थियो । किनभने मेरा पिताज्यू स्वर्गीय लप्टन देवीप्रसाद प्रसाई उक्त विराट पोखरको जिमिदारी हुँदा विराट पोखरको करीब ४ बिगहा जग्गालाई कसैको नाममा राख्न दिनु भएन सार्वजनिक सम्पत्तिको रूपमा उक्त विराट पोखर हुँदै आयो । बुबाको स्वर्गारोहण पश्चात म निवेदकको नाममा जिमिदारी सरी सकेपछि मैले पनि त्यसको संरक्षण र व्यवस्थापनमा बढी ध्यान दिएँ । यसरी सार्वजनिक सम्पत्तिको रूपमा जनताले धार्मिक पावन उद्देश्यबाट प्रतिष्ठित विराट पोखरमा व्यापारिक दृष्टिकोणबाट मत्स्यपालन गराउने र सो कामको निमित्त मन्दिर समेत भत्काउने निर्णय भएको छ भनी जि.पं. झापाको आदेश र कारवाहीबाट गत ०४० साल पौष १५ गते पोखरी २ बन्ने काम शुरू गरियो र ऐ. १८ गते बुलडोजरद्वारा दुवै मन्दिरहरू भत्काइए । त्यसपछि जि.पं. समक्ष स्थानीय जनताको प्रतिनिधि मण्डलले त्यसरी धार्मिक पूण्यस्थलको बिनास नगरियोस् भन्ने निवेदन दियौं तर कुनै कारवाही भएन र सोही कुराको उचित संरक्ष