निर्णय नं. २२५२ - जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २२५२ - जालसाजी भाग: २७ साल: २०४२ महिना: बैशाख अंक: १ फैसला मिति :२०४२/०१/०६ २४२४ निर्णय नं. २२५२ ने.का.प. २०४२ अङ्क १ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव सम्वत् २०४० सालको फौ.पु.नं. ३८७ मुद्दा : जालसाजी । पुनरावेदक प्रतिवादी:जि.गुल्मी हदिनेटा गा.पं.वडा नं. ४ बस्ने शिवलाल काफ्ले विरूद्ध विपक्षी वादी:जि.नवलपरासी एवाठी गा.पं. वार्ड नं. ८ बस्ने संगिता योगीको संरक्षक ठाकुरनाथ योगी फैसला भएको मिति:२०४२।१।६।५ मा कुनै पनि जालसाजी क्रिया हुनलाई दुई थरी हुनु अनिवार्य देखिने । (प्रकरण नं.१३) फैसला न्या.पृथ्वी बहादुर सिंहः पश्चिमान्चल क्षेत्रीय अदालत को मिति ०३९।५।९ को फैसला उपर पुनरावेदनको अनुमति पाई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. मेरो सहोदर भाइ जगरनाथको आजभन्दा ४ वर्ष अगाडि मृत्यु भएको र निजको श्रीमती सुसिला भनिद्रराजसँग मिति ०३४।६।२८ मा पोइला गएको हुँदा भाइ मेजरनाथको ४ वर्षकी संगिता छोरी मसँग बसेकी छन् निजको अरू संरक्षक कोही छैनन् । भाइको सम्पत्तिमा सुसिला पोइल गएपछि अपुतालीको २ नं. ले छोरीको हक लाग्ने प्रष्ट छ । विपक्षी शिवलाल काफ्ले समेतको मिलेमतो गरी भनिद्रराजको भनाइमा लागी नाबालकको हक मार्न ०३४।८।१० गतेको मितिमा शिवलाललाई धनी बनाई रु. २२,०००। एउटा र रु. २०,०००। को एउटा गरी २ प्रति राजीनामा बनाई वेइलाका पाल्पा मालबाट पास समेत गरिलिएका रहेछन् अतः लिने दिने र साक्षी समेतका ६ जनालाई सजायँ गरी राजीनामा बदर गरिपाउँ भन्ने समेत व्यहोराको ०३५।९।४ को फिरादपत्र । ३. म ०३४।६।२८ मा पोइल गइसकेको भन्ने वादी दावी झुठ्ठा हो । आमा जगतकुमारी र बाबु ठाकुरनाथसँग छुट्टी भिन्न भई अलग बस्नु भएका पति मेजरनाथ परलोक हुनु भएपछि मलाई सताई राख्नु भएको हुँदा मेरो हकको जग्गा मध्ये ज.वि. ३–१९–१ बाँकी राखी २ कित्ता जग्गा शिवलाललाई रजिष्ट्रेशन गरिदिएको हुँ । बुहारी सुसिला ०३५।१।८ मा घर छाडी हिंडेको प्र.नि.का. नवलपरासीमा ठाकुरनाथले हुलिया दिनु भएको छ । सो बुझी पाउँ भन्ने समेतको सुसिलाको प्रतिउत्तर । ४. शुसिला मेजरनाथकै सत्यमा रहेको र स्त्री अंश धनको २ नं. बमोजिम आफ्नो खुस गर्न पाउने जग्गा शिवलालले राजीनामा गरिलिएको र सत्यसाँचो व्यवहार हुँदा बाँकी तुलसी प्रसाद बन्जाडे, श्री बहादुर कुँवर साक्षी बसेको हो झुठ्ठा नालेशबाट सफाई पाउँ भन्ने समेतको तुलसी प्रसाद, तेजप्रसाद, श्री बहादुर, शिवलालको प्रतिउत्तर जिकिर । ५. पोइल गई सकेपछि बिक्री गरेको भन्ने दण्डपाणी समेतका साक्षीहरूले किटानी बकपत्र गरिदिएको र व्यवहार मनसाय आदिबाट नाबालकको हक मेट्ने उद्देश्यले प्र. सुसिलाले जालसाजीबाट पोइल नगएको अवस्था देखाई जग्गा बिक्री गरेको देखियो । जग्गा खरिद गर्ने र साक्षी बस्ने सरोकार भएको प्रमाणबाट नदेखिँदा दावी बमोजिम अरू प्रतिवादीको हकमा सजायँ गर्न मिलेन प्र.सुसिलालाई कीर्ते कागजको १० नं. ले १०५०१। जरिवाना हुने ठहर्छ भन्ने समेतको पाल्पा जिल्ला अदालतको फैसला । ६. जालसाजी ठहर्नको लागि कीर्ते कागजको ३ नं. का परिभाषाभित्र पर्नु पर्दछ । आफूलाई जरिवाना भए पनि मेरो ४२,०००। को सम्पत्ति टोल्न पाए आपसमा बाँडी लिने ठाकुरनाथसँग गठबन्धन गरी सुसिलाले फैसलाको जनाउ पाएर आफूले पुनरावेदन नगरी बसेकी रहिछन् । हाल थाहा पाइयो पुनरावेदन गर्न आएको छु उपर्युक्त बुझ्न बाँकी प्रमाण बुझी पाल्पा जि.अ.को फैसला उल्टी गरी राजीनामा सदर कायम गरिपाउँ