निर्णय नं. २२५३ - ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २२५३ - ज्यान भाग: २७ साल: २०४२ महिना: बैशाख अंक: १ फैसला मिति :२०४२/०१/०९ २५७२ निर्णय नं. २२५३ ने.का.प. २०४२ अङ्क १ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४० सालको फौ.पु.नं. ३८५ सम्वत् २०४० सालको फौ.सा.नं. १०२ मुद्दा : ज्यान । पुनरावेदक/प्रतिवादी :जि.गोर्खा केराबारी विरौट घर भै जि.का.कारागार शाखा काठमाडौंमा थुनामा बस्ने चन्द्रमान तामाङ विरूद्ध विपक्षी/वादी:कालु तामाङको जाहेरीले वादी श्री ५ को सरकार फैसला भएको मिति:२०४२।१।९।१ मा मार्नका मनसाय रहेनछ ज्यान लिनुपर्ने सम्मको इवी पनि रहेनछ लुकी चोरीकन हानेको पनि रहेनछ उसै मौकामा उठेको कुनै कुरामा रिस थाम्न नसकी जोखिम हतियारले हानेको वा बिष खुवाएकोमा बाहेक लाठा, ढुङ्गा, लात मुक्का इत्यादि हान्दा सोही चोट पिरले ऐनको म्यादभित्र ज्यान मरेमा दश वर्ष कैद गर्नु पर्छ भन्ने व्यवस्था भएको पाइन्छ । (प्रकरण नं.१३) पुनरावेदक प्रतिवादी तर्फबाटःX विपक्षी/वादी तर्फवाट: विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री कृष्ण प्रसाद श्रेष्ठ उल्लेखित मुद्दाःX फैसला न्या.पृथ्वी बहादुर सिंहः पश्चिमान्चल क्षेत्रीय अदालत को मिति ०३८।३।५ को फैसला उपर पुनरावेदन परी आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. ०३७।२।७ गते राति अं. १२ बजे पिडिमा सुती निदाएको अवस्थामा चन्द्रमानले ढुङ्गाले कन्चटमा हिर्काएको वेदनाले पूर्णी तामाङनी ०३७।२।१७ गते मरेको हुँदा जाहेर गर्न आएको छु भन्ने समेतको जाहेरी दर्खास्त । ३. मृतक लाशको घिच्रा देखि माथि कन्चट बुलबुलमा ३ इन्च जति लम्बाई आधा इन्च जति चौडाइ र आधा इन्च गहिराइको ढुङ्गाले हानेको घाउ, गिदी समेत देखिएको भन्ने ०३७।२।२१ को लाश जाँच प्रकृति मुचुल्का । ४. चन्द्रमानको कुटाइको चोटले पूर्णी तामाङनीको मृत्यु भएको भन्ने सरजमीन मुचुल्का । ५. संकिलत सबूत प्रमाणबाट पूर्णी तामाङनीलाई चन्द्रमानले ढुङ्गाले कुटपीट गरेको र सोही चोटले निजको मृत्यु भएको भन्ने सिद्ध हुन आएको र भागी वेपत्ता हुँदा चन्द्रमानलाई ज्यानसम्बन्धीको १३(३) अनुसार सजायँ गरिपाउँ भन्ने प्रहरी प्रतिवेदन । मृतक पूर्णी तामाङनी मेरी स्वास्नी हो । ०३७।२।७ का दिन खसी बेचेको पैसा जम्मा गरी फलानो केटोसँग पोइल जान्छु भनी भनेको सुनी रिस उठी २ धार्नी जतिको डल्लो ढुङ्गो लिएर स्वास्नीको कन्चटमा लाग्ने गरेर हानेको हुँ । स्वास्नी के भएर मरी छ भनी पछि आउँदा प्रहरीले पक्रेर दाखिल गरेको भन्ने समेतको चन्द्रमानको बयान । ६. बाबु चन्द्रमानले ढुङ्गाले हानी सो चोटले आमा मरेको भन्ने जाहेरवाला कालु तामाङको बकपत्र रहेछ । ७. प्र. चन्द्रमानले पूउर्णी तामाङनीलाई कर्तव्य गरी मारेको देखिँदा ज्यानसम्बन्धीको १३(३) अनुसार सर्वस्वसहित जन्मकैद हुने ठहर्छ भन्ने समेतको गोर्खा जिल्ला अदालतको फैसला। ८. उक्त निर्णय उपर साधकको लगतमा पश्चिमान्चल क्षेत्रीय अदालतमा दर्ता भएको । ९. शुरू गोर्खा जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ भन्ने समेतको पश्चिमान्चल क्षेत्रीय अदालतको फैसला । १०. उक्त इन्साफ उपर प्र. चन्द्रमान तामाङको यस अदालतमा पुनरावेदन पर्न आई डिभिजन बेञ्च समक्ष पेश हुँदा पश्चिमान्चल क्षेत्रीय अदालतको इन्साफ फरक पर्ने देखिँदा अ.बं. २०२ नं. बमोजिम छलफलको लागि महान्यायाधिवक्ताको कार्यालयलाई सूचना दिई पेश गर्नु भन्ने आदेश भएको । ११. नियम बमोजिम पेशभएको प्रस्तुतमुद्दामा पुनरावेदक प्र.चन्द्रमानतर्फबाट उपस्थित विद्व