निर्णय नं. २२५४ - परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २२५४ - परमादेश भाग: २७ साल: २०४२ महिना: बैशाख अंक: १ फैसला मिति :२०४२/०१/१३ २२०६ निर्णय नं. २२५४ ने.का.प. २०४२ अङ्क १ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् ०४० सालको रि.नं. २०४६ विषय : परमादेश । निवेदक :का.जि. का.न.पं.वा.नं. ११ त्रिपुरेश्वर बस्ने वीना देवी उपाध्यायनी विरूद्ध विपक्षी :श्री ५ को सरकार, पञ्चायत तथा स्थानीय विकास मन्त्रालय, पुल्चोक ललितपुर श्री ५ को सरकार तत्काल कायम रहेको पंचायत मन्त्रालय अन्तर्गतको दुर्गम क्षेत्र एवं स्थानिय विकास विभागको हाल कायम पंचायत तथा स्थानिय विकास मन्त्रालय स्थानिय विकास विभाग,पुल्चोक ललितपुर श्री ५ को सरकार,पंचायत तथा स्थानिय विकास मन्त्रालय अन्तर्गतको दुर्गम क्षेत्र विकास समिति,पुल्चोक,ललितपुर आदेश भएको मिति:०४२।१।१३।५ मा निवेदन बमोजिम काम कारवाही नभएको विपक्षी मन्त्रालय समेतको लिखित जवाफबाटै देखिएकोले निवेदिकाको माग दावी अनुसार कानुन बमोजिम काम कारवाही गर्नु गराउनु भनी विपक्षीहरूका नाममा परमादेशको आदेश जारी हुने । (प्रकरण नं.७) निवेदक तर्फबाटः X विपक्षी तर्फबाट : विद्वान अतिरिक्त अधिवक्ता श्री भैरवप्रसाद लम्साल श्रेष्ठ उल्लेखित मुद्दाःX आदेश न्या.पृथ्वी बहादुर सिंहः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर संक्षेपमा यस प्रकार रहेछ । २. महेशविक्रम समेतबाट मिति ०२५।१२।१ मा राजीनामा गराई नामसारी दर्ता समेत गराई मेरो स्वामित्वमा रहेको का.जि.का.न.पं.वा.नं. १(च) कि.नं. को १–११–० र ऐ. कि.नं. ६२ को १–११–० समेत जम्मा ३–६–० जग्गा घर व्यवहार चलाउन बिक्री गर्न परी सोको चर्चा गर्दा का.जि.का.न.पं.वा.नं. ११ त्रिपुरेश्वर स्थित पंचकुटी बस्ने देवर नाताका कुशकुमार खनालले एक जनाले लिने कुरा गरेको छ । जग्गाधनी प्रमाण पूर्जा र रसिद दिनुस् भनेकाले सधैं घर आइरहने हुनाले हुन्छ भनी दिए पछि बारम्बार ताकेता गर्दा पनि कुरा मिली सकेको छैन भनेकाले आफैंले ग्राहक खोजी बिक्री गर्नलाई ज.ध.प्र.पू. तथा रसिद माग्न जाँदा निज कुशकुमार मुगुतर्फ जानु भएको थाहा पाएकीले मैले राजीनामा गराई लिएको व्यक्ति महेशविक्रम समेत नाउँको ज.ध.प्र.पू. मा मेरो नाममा नामसारी दर्ता गर्दा भएको व्यहोरा जनिई सो ज.ध.प्र.पू. मसँगै भएकोले सोही आधारमा राजीनामा गर्न मा.का. काठमाडौं जाँदा मेरो नामको जग्गा भू.सु.विभागको ०३२।८।१२ को पत्रद्वारा रोक्का जनिएको हुनाले राजीनामा हुन नसकेकाले के कति कारणले रोक्का भएछ भनी बुझ्दा निज कुशकुमार खनाल तथा योगन्द्रनाथ अर्याल भन्ने दुई व्यक्ति मिली मुगु जिल्लाको भट्टीचौर पुलको सिमेन्ट तथा फलामे सामान ढुवानी गर्न निमित्त मिति ०३२।६।२१।३ का दिन विभागबाट ठेक्का पट्टा गरी लिनु भई सो ढुवानी गर्न विभागबाट पेश्की लिन मेरो नामको उल्लिखित सम्पूर्ण जग्गा मेरो नामबाट कुशकुमारको एकासगोलको पत्नी पे्रमलता खनाललाई विनादेवी बनाई निजबाटै जेथा जमानीको कागजमा मिति ०३२।६।२३ मा सही गराई पेश्की उठाएको हुनाले ऐ. विभागको पत्रानुसार भूमि सुधार विभागको मिति ०३२।८।१२ को उल्लिखित पत्रद्वारा रोक्का भएको देखेपछि कुशकुमार खनाल समेत उपर का.जि.अ.मा कीर्ते मुद्दा दिँदा का.जि.अ.बाट ०३८।२।२८ मा मलाई हराई फैसला भए उपर बा.अं.अ.मा पुनरावेदन गर्दा ०३९।१२।११।६ मा कीर्ते गरेको ठहर्याई भएको फैसला अन्तिम रहेको हुनाले सोही कुरा जनाई ऐ. विभाग र भूमि सुधार विभागको उल्लिखित पत्रले रोक्क