निर्णय नं. ५०४७ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५०४७ - अंश भाग: ३७ साल: २०५२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५१/०८/०१ ३७९९ निर्णय नं. ५०४७ ने.का.प. २०५२ अङ्क २ पूर्ण इजलास माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री उदयराज उपाध्याय सम्वत् २०४७ सालको दे.पु.ई.नं. १०० फैसला मिति : २०५१।८।१।५ मुद्दा : अंश । निवेदक/प्रतिवादी:चितवन जिल्ला भरतपुर न.पा. वडा नं. २ बस्ने चिजकुमार श्रेष्ठ । ऐ.ऐ बस्ने सुमन कुमार श्रेष्ठ । ऐ.ऐ बस्ने विनोद कुमार श्रेष्ठ । ऐ.ऐ बस्ने चेत कुमार श्रेष्ठ । ऐ.ऐ बस्ने मन कुमार श्रेष्ठ । विरुद्ध विपक्षी/वादी: चितवन जिल्ला नारायणगढ गा.वि.स. वडा नं. ३ बस्ने रामकुमार जीवन मित्रको मु.स. गर्ने का.जि.का.न.पा. वडा नं. ३ बस्ने भोला श्रेष्ठ । ऐ.ऐ बस्ने विकास श्रेष्ठ । ऐ.ऐ बस्ने प्रदेश श्रेष्ठट । मुलुकी ऐन, (सातौं संशोधन) २०३४।९।२७ द्वारा संशोधित अंश बण्डाको महलको ३० नं. बमोजिम २०३४।९।२७ सम्ममा व्यवहार प्रमाणबाट छुटिएको स्थिति देखिनको लागि बण्डापत्र खडा गरी वा नगरी घरसारमा नरम गरम मिलाई अचल अंशबण्डा गरी छुट्टिई आफ्नो आफ्नो हिसाब भाग शान्ति बमोजिम लिई पाई दाखेल खारेज समेत गराइसकेको वा बण्डा बमोजिम आ–आफ्नो भागको अचल छुट्टा–छुट्टै भोग बिक्री व्यवहार गरेको हुनु पर्ने । (प्रकरण नं. १९) वादी रामकुमारले विष्णुलाललाई मिति २०१८।३।५ मा र कन्हैयालाललाई ०१८।३।२ मा राजीनामा गरी दिएको लिखतमा हक दावी छाडी दियौं भन्ने सम्म उल्लेख भएकोलाई अंश भागमा परेको जग्गा बिक्री गरेको भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं. १९) यो यो पैत्रिक सम्पत्ति वादी प्रतिवादीहरुले आ–आफ्नो नाममा दाखिल खारेज गरेको भनी कुनै प्रमाण प्रतिवादीले दिन गुजार्न सकेको समेत नदेखिँदा अंशबण्डाको ३० नं. को प्रयोजनार्थ व्यवहार प्रमाणबाट वादी प्रतिवादीहरु छुट्टि भिन्न भएको भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं. १९) लिखतको छैंठौ हरफमा साहुको दाइजो लियाको ठीक सा“चो हो भन्नेसम्म उल्लेख भएको आधारमा २०१४।१।१० मा विष्णुकुमारीको नाममा खरिद गरी लिएको जग्गा दाइजोको रुपैया“बाट खरिद गरी लिएको भनी मान्न मिल्ने नदेखिने । (प्रकरण नं. १९) फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी दाखिल भएको तायदाती र विष्णुकुमारीको नाममा रहेको घरजग्गा समेतबाट दुई भागको एक भाग अंश वादीले प्रतिवादीबाट पाउने ठहर्‍याएको सर्वोच्च अदालत पूर्ण इजलासको मिति २०४६।७।२९ को फैसला मिलेकै देखिँदा सदर हुने । (प्रकरण नं. २०) निवेदकतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री गणेशराज शर्मा, विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी, विद्वान अधिवक्ता द्वय श्री अनुपराज शर्मा, श्री राधेश्याम अधिकारी विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त तथा विद्वान अधिवक्ता द्वय श्री प्रकाश वस्ती, श्री यादव खरेल अबलम्वित नजीरःX फैसला न्या.मोहनप्रसाद शर्माः पूर्ण इजलासबाट छिनिएको मुद्दा दोहोर्‍याई हेरी कानुन बमोजिम निर्णय गर्नु भनी श्री ५ महाराजाधिराजबाट हुकुम प्रमांगी बक्स भै आए अनुसार यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. श्री पिताजी चामु नारायण जम्मा २ जना छोरा भएकोमा १ जना म र प्रतिवादी चिजकुमार समेत जना २ मात्र जम्मा अंशियार भएको बाबु बाजेका पालाको र बढे बढाएको सगोलमा आर्जेको र सगोलकै