निर्णय नं. २२५६ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २२५६ - ज्यान भाग: २७ साल: २०४२ महिना: बैशाख अंक: १ फैसला मिति :२०४२/०१/१४ २३८४ निर्णय नं. २२५६ ने.का.प. २०४२ अङ्क १ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा सम्वत् ०४० सालको डि.फौ.पु.नं. ५१६ मुद्दा : ज्यान । पुनरावेदक/प्रतिवादी:जि.नुवाकोट खडक भञ्ज्याङ गा.पं. वडा नं. ८ बस्ने दुर्गा नाथ घिमिरे विरूद्ध विपक्षी/वादी : नरेन्द्रजंग शाहको जाहेरीले श्री ५ को सरकार फैसला भएको मिति: २०४२।१।१४ मा शंका र विश्वासलाई परिस्थितिजन्य प्रमाणको संज्ञा दिन मिल्दैन । (प्रकरण नं.१८) पुनरावेदक/प्रतिवादी तर्फबाट :विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र विद्वान अधिवक्ता श्री कोमलप्रसाद घिमिरे विपक्षी वादी तर्फबाटः विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री राजेन्द्र पन्त उल्लेखित मुद्दाःX फैसला न्या.पृथ्वी बहादुर सिंहः मध्यमान्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन पर्न आएकोमा प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ । २. २०३७।४।२३ गते नुरप्रसाद म कहाँ आई दुर्गानाथ घिमिरेले भाइ बुहारीसँग अनैतिक सम्बन्ध राखी गर्भधारण गरेपछि ०३७।४।१६ गते गुराँसे खोलामा लगी कर्तव्य गरी मारी भीरबाट लडेको भान पारी मलामी समेतको सहयोबाट जलाई सकेकोले जाहेर गर्न आएको छु भन्ने ०३७।४।२७ को नरेन्द्रजंगको जाहेरी दर्खास्त । ३. मैले बुहारीलाई करणी गरी गर्भधारण गरे पछि गुराँसे खोलाको भीरबाट ०३७।४।१६ मा खसाली मारेको भन्ने समेत दुर्गानाथको प्रहरीमा भएको बयान काजग । ४. हिरादेवीलाई दुर्गानाथले गुराँसे खोलाको भीरबाट घचेडी मारेको विश्वास लाग्छ । लाश जलाउँदा बच्चा निस्केबाट कर्तव्य गरी मारेमा शंका लाग्ने भन्ने १३ जवानको सरजमीन मुचुल्का । ५. प्र.दुर्गानाथलाई ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम सजायँ हुन अनुरोध छ भन्ने समेतको प्रहरी प्रतिवेदन । ६. बुहारीसँग अुनचित सम्बन्ध रहेको कारणबाट मैले मोरेको होइन । बुहारी आफैं लडी मरेको हो म निर्दोष छु भन्ने समेतको दुर्गानाथको अदालतमा भएको इन्कारी बयान । ७. हिरादेवीलाई हाडनाता करणी गरी पेट बोकाई अपराधबाट बच्न मारेको विश्वास लाग्छ भन्ने नरेन्द्रजंगको बकपत्र । ८. दुर्गानाथले नै मारेकोमा विश्वास लाग्छ भन्ने नुरप्रसाद एवं पशुपतिनाथको बकपत्र। ९. मृतक आफैं लडी मरे जस्तो लाग्छ भन्ने समेतको तेजविलास एवं चन्द्रकुमारीको बकपत्र । १०. यसमा प्र.हिरादेवीलाई दुर्गानाथले मारेको देख्ने चस्मदिद कोही छैनन् र मृतक फेला पर्दासम्म कसैले शंकासम्म गरेको नदेखिँदा समेत दुर्गानाथले सफाई पाउने ठहर्छ भन्ने शुरू जिल्ला अदालतको फैसला । ११. उक्त फैसला उपर श्री ५ को सरकारतर्फबाट मध्यमान्चल क्षेत्रीय अदालतमा पुनरावेदन परेको । १२. यसमा प्र.दुर्गानाथ अधिकारप्राप्त अधिकारी समक्ष सावित देखिँदा निजलाई सफाई दिने शुरूको फैसला मिलेको नदेखिँदा दुर्गानाथलाई सूचना दिने भन्ने समेत क्षेत्रीय अदालतबाट भएको आदेश । १३. प्र. दुर्गानाथले मृतक हिरा देवीलाई गर्भ बोकाई भीरबाट लडाई नमारेको भए लाश जलाउँदा बच्चा जन्मेको जाहेर गर्नु पर्ने सो समेत नगरी अधिकारप्राप्त अधिकारी समक्ष सावित भएको अब ४।६ महिनाको गर्भ भए सम्म थाहा नगरेको मनासिवमाफिकको कारण नहुँदा निजले मारेको ठहर्छ भन्नेसमेतको मध्यमान्चल क्षेत्रीय अदालतको फैसला । १४. उक्त फैसलामा चित्त बुझेन भन्ने समेतको दुर्गानाथको यस अदालतमा पुनरावेदन परेको । १५. प्र.दुर्गानाथले हिरादेवीलाई कर्तव्य गरी मारेको भन्ने प्र.क