निर्णय नं. २२५७ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २२५७ - उत्प्रेषण भाग: २७ साल: २०४२ महिना: बैशाख अंक: १ फैसला मिति :२०४२/०१/२४ २७५१ निर्णय नं. २२५७ ने.का.प. २०४२ अङ्क १ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको रि.नं. २३४६ विषय : उत्प्रेषण । निवेदक :जि.जाजरकोट जगतीपुर गा.पं. वडा नं. ५ बस्ने कर्णजंग शाहको अधिकृत वा बाशुदेव शर्मा विरूद्ध विपक्षी :जग्गा बिक्री वितरण छानविन आयोग वर्दिया हाल भूमि सुधार मन्त्रालय,काठमाडौं भूमि सुधार अधिकारी भू.सु.का वर्दिया आदेश भएको मिति :२०४२।१।२४।२ मा निवेदकको नाउँमा दर्ता रहेको जग्गा जफत गर्नुपर्ने हुन आएमा सो जग्गावालालाई बुझी निजको कुरा सुनी प्रतिवादको मौका दिई जफत गर्नुपर्ने । (प्रकरण नं.९) निवेदक तर्फबाट :विद्वान अधिवक्ता श्री बद्री बहादुर कार्की विपक्षी तर्फबाट :विद्वान सरकारी अधिवक्ता श्री भैरव प्रसाद लम्साल उल्लेखित मुद्दाःX आदेश न्या.पृथ्वी बहादुर सिंहः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं निवेदन जिकिर यस प्रकार रहेछ । २. जि.वर्दिया गुलरिया गा.पं. वडा नं. ७(ख) कि.नं. ५६ “म” को जग्गा मध्ये ज.वि. २–०–० रामचन्द्र शर्माका नाउँमा र ज.वि. ३–१६–० म निवेदकले ०२३ सालमा बिक्री वितरणमा पाएको जग्गा हो र उक्त जग्गा प्राप्त गरी भोगी आएकोमा उक्त जग्गा जफत गर्ने ०३०।९।२२ मा निर्णय गरिएछ । सो कुरा ०४१।२।३ मा आयोगद्वारा प्रकाशित सूचनाको नक्कल सारी हेर्दा अवगत हुन आयो । ३. मलाई बुझ्दै नबुझी सफाइको सबूत प्रमाण पेश दाखिल गर्ने मौकाबाट वञ्चित गराई प्राकृतिक न्याय सिद्धान्त विपरीत गरेको निर्णय गैरकानुनी हुँदा मेरो जग्गा जफत गर्ने समेतको निर्णय उत्प्रेषणको आदेश जारी गरी बदर गरिपाउँ भन्ने समेतको रिट निवेदन जिकिर । ४. यसमा विपक्षीहरूसँग लिखित जवाफ लिने भन्नेसमेतको यस अदालत सिंगल बेञ्चको मिति ०४१।३।१४ को आदेश । ५. निवेदकले प्राप्त गरेको जग्गा आफ्नो परिश्रमले आवाद नगरी केवल जग्गा मात्र ओगटी जग्गा प्राप्त गर्दा गरेको कबुलियत कानुनको पालना नगरेकोले ०३०।९।२२ को निर्णयले जफत गरिएको हुँदा निजको हक टुटिसकेकोले रिट निवेदन खारेज गरिपाउँ भन्ने समेतको भूमि सुधार मन्त्रालयको लिखित जवाफ । ६. भू.सु.का.बर्दियाको नाउँमा सूचना तामेल भई म्यादभित्र लिखित जवाफ नदिई म्याद गुजारेको । ७. नियम बमोजिम पेश भएको प्रस्तुत रिट निवेदनमा निवेदक तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री बद्रीबहादुर कार्कीले निवेदकको नाउँको जग्गा जफत गर्नु भन्दा अगावै निजलाई बुझी सुनवाइको मौका दिई मात्र निर्णय गर्नु पर्नेमा नगरेको बदरभागी हुँदा रिट जारी हुन पर्ने भन्ने समेत र विपक्षी कार्यालयतर्फबाट उपस्थित विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालले अनुचित विलम्ब गरी रिट निवेदन गर्न आएको हुँदा रिट निवेदन खारेज हुन पर्दछ भन्ने समेतको बहस प्रस्तुत गर्नुभयो । ८. प्रस्तुत रिट निवेदनमा निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिल्ने हो वा होइन भन्ने कुराको निर्णय दिनुपरेको छ । ९. निर्णयतर्फ विचार गर्दा यसमा रिट निवेदकले विवादित कि.नं. ५६ “म” समेतको जग्गा मध्ये ज.वि. ३–१६–० जग्गा बिक्री वितरणमा पाएको भन्ने कुरामा विवाद देखिँदैन । उक्त जग्गा जफत गर्ने गरी मिति ०३०।९।२२ मा विपक्षी जग्गा बिक्री वितरण छानविन आयोगले निर्णय गरेको भन्ने कुरामा समेत विवाद भएको पाइँदैन । निवेदकको नाउँमा दर्ता रहेको जग्गा जफत गर्नु पर्ने हुन