निर्णय नं. २२५८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २२५८ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: बैशाख अंक: १ फैसला मिति :२०४२/१२/२६ २५०० निर्णय नं. २२५८ ने.का.प. २०४२ अङ्क १ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको रिट नं. १७३७ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ । निवेदक :ना.अ.जिल्ला मकवानपुर होडी खोला गा.पं.वा.नं. ५ बस्ने शिवनाथ वर्तौला विरूद्ध विपक्षी :राप्ती दुन वन डिभिजन कार्यालय हाल परिवर्तित मकवानपुर जिल्ला वन कार्यालय समेत आदेश भएको मिति:०४२।१२।२६ मा निमित्त डि.एफ.ओ.ले कारवाही गरी निमित्त कन्जरभेटरले अनाधिकार कारवाही र निर्णय गरेको उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं.१३) निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली विपक्षी तर्फबाट :विद्वान सरकारी अधिवक्ता श्री प्रेम बहादुर विष्ट आदेश न्या.जोगेन्द्र प्रसाद श्रीवास्तवः नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषण वा अन्य उपर्युक्त आज्ञा, आदेश पुर्जी जारी गरी विपक्षी कार्यालयहरूको निर्र्णय बदर गरिपाउँ भनी रिट निवेदन मिति ०४०।८।१४ मा दर्ता भएको रहेछ । २. संक्षिप्त तथ्य तथा जिकिर यस प्रकार छन् : उपरोक्त विषय नमरेको राँगालाई मर्‍यो बाघले खायो भनी सरजमीन गराए बारे उजूरीमा तपाईले एक सदसिय बन विशेष अदालत (बागमती नारायणी सर्कल कार्यालय) मा ०३९।११।८ मा दिएको बयान र भ्यागुते रोगले मरेको र बाघले खाएको भनी किटान बयान दिन नसकेको र यस कार्यालयबाट माग गरेकोमा ०३९।११।२५ मा दिएको प्रष्टीकरणमा पनि राँगाहरू भ्यागुते रोगले मरेको र बाघले खाएको भनेको ठाउँमा गई मरे नमरेको यकीन नै नगरी निवेदकको निवेदन जिकिर अनुसार बाघले खाएको भ्यागुते रोगले मरेको भनी अरू ठाउँमा सरजमीन गराएको देखिएको र यस अघि पनि माडी रेन्ज इलाका ठे.विष्णु राणाले पाएको बसोबास क्षेत्र एरीया, मडी छेउमा कटान भइरहेको प्लटको काममा खटिएका बखतमा पनि अनियमित रूख कटान भए बारेमा पाँच ५ ग्रेड रोक्का भएको हुँदा आफ्नो पद अनुसार जिम्मावारी वहन गर्न नसकेको देखिँदा निजामती सेवा नियमावलीको दफा १०.१ बमोजिम निकासा भए बमोजिम सजायँलाई ०३९।१२।२२ मा टिप्पणी पेश भएकोमा निज स.रे शिवनाथ वर्तौलाले बरोवर अनुशासनहिनताको काम गरेकोले भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट हटाइएको छ चित्त नबुझे ३५ पैंतीस दिनभित्र नारायणी अञ्चलाधीश कार्यालयमा पुनरावेदन दिनु सूचना दिने गरी मिति ०३९।१२।२५ मा टिप्पणी सदर भएकोले सूचना गरिएको छ भनी निवेदकलाई नोकरीबाट हटाएको पत्र दिएको रहेछ । सो निर्णय उपर नारायणी अञ्चलाधीश कार्यालयमा पुनरावेदन परेकोमा पुनरावेदक स.रे.शिवनाथ वर्तौलालाई भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी नोकरीबाट हटाई दिने गरी मिति ०३९।१२।२५ मा गरेको निर्णय मनासिव ठहर्छ पुनरावेदन जिकिर पुग्न सक्तैन भन्ने समेत मिति ०३९।३।१२ मा निर्णय गरेको रहेछ । ३. निजामती सेवा नियमावली, २०२१ को परिच्छेद १० को नियम १०.२(१) मा सजायँको आदेश दिने अधिकार अख्तियारवालालाई हुनेछ भन्ने र अख्तियारवाला भन्नाले सोही नियमावलीको परिच्छेद १ को नियम १.२(१) को खण्ड (ख) मा राजपत्र अनंकित पदको सम्बन्धमा विभागीय प्रमुख सम्झनु पर्दछ भन्ने परिभाषा गरिएको छ, उक्त नि.से.नि.को अनुसूची १(क) २० मा सर्कल अधिकृतलाई विभागीय प्रमुख तोकिएको छ । बागमती नारायणी सर्कल कार्यालयका सर्कल अधिकृत कन्जरभेटरले विभागीय प्रमुखको हैसियतले विभागीय कारवा