निर्णय नं. २२५९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २२५९ - उत्प्रेषणको आदेश जारी गरिपाउँ भाग: २७ साल: २०४२ महिना: बैशाख अंक: १ फैसला मिति :२०४१/१२/२६ २१८४ निर्णय नं. २२५९ ने.का.प. २०४२ अङ्क १ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४० सालको रिट नं. १८७७ विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ । निवेदक :जिल्ला मकवानपुर हाँडीखोला गा.पं. वडा नं.५ घर भई राप्ती रेञ्ज कार्यालयका सहायक रेञ्जर शिवनाथ वर्तौला विरूद्ध विपक्षी : राप्ती दुन वन डिभिजन कार्यालय मुकाम हेटौंडा राप्ती दुन वन डिभिजन कार्यालयका डि.एफ.ओ श्री अमृन लाल जोशी राप्ती दुन वन डिभिजन कार्यालयका डि.एफ.ओ श्री प्रताप मान श्रेष्ठ राप्ती दुन वन डिभिजन कार्यालयका नि. डि.एफ.ओ श्री पदम बहादुर डंगोल नारायणी अञ्चलाधिश मुकाम विरगञ्ज आदेश भएको मिति:०४१।१२।२६।१ मा मूल अड्डा प्रमुख भन्नाले नि.से.नि. २०२१ को दफा २ मा गरिएको परिभाषा अनुसार उक्त नि.से.नि. २०२१ को अनुसूची १(ख) मा उल्लेख भए अनुसार डि.एफ.ओ. हुन आउँछ । तसर्थ डि.एफ.ओ. ले विभागीय कारवाही गर्न पाउने । (प्रकरण नं.१०) निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री विश्वकान्त मैनाली विपक्षी तर्फबाट :विद्वान सरकारी अधिवक्ता श्री प्रेम बहादुर विष्ट उल्लेखित मुद्दाःX आदेश न्या.जोगेन्द्र प्रसाद श्रीवास्तवः नेपालको संविधानको धारा ७१ अन्तर्गत उत्प्रेषणको आदेश जारी गरी विपक्षी कार्यालयहरूको मिति ०३९।६।२८ गतेको गैरकानुनी निर्णय र सोलाई सदर गर्ने गरी गरेको निर्णय समेत बदर गरिपाउँ भनी रिट निवेदन मिति ०४०।३।१७।६ मा दर्ता भएको रहेछ । २. म निवेदक श्री ५ को सरकारको वन विभागमा श्री लोकसेवा आयोगको सिफारिशमा मिति ०३३।४।१७ मा स्थायी नियुक्ति भई काम गरिआएको थिएँ र निवेदकले मिति ०३६।१२।२७ को राप्ती दुन वन डिभिजन कार्यालयको पत्र अनुसार सहायक रेञ्जर पदमा बढुवा भई निजामती सेवा ऐन तथा नियम बमोजिम कर्तव्य पालन गरिआएको थिएँ । निवेदकले इमान्दारपूर्वक कर्तव्य पालना गरेको अवस्थामा प्रत्यर्थी नं. ३ ले मिति २०३८।१।११ मा एकाएक ठोरी रेञ्ज इलाकाको अवधिमा मात्र छपान गर्नुपर्नेमा सो नगरी प्लट नं. ५, ६ मा वन क्षेत्रभित्र अनियमित छपान गरेको भन्ने बुझिएको हुनाले जाँचबुझ अनुसन्धानको सिलसिलामा नि.से.नि. परिच्छेद १० को नियम ७.१(क) अनुसार सस्पेण्डमा राख्ने भन्ने निर्णय गरी निवेदकलाई गैरकानुनी रूपमा सस्पेण्ड राखियो । यसरी प्रत्यर्थी नं. ३ ले निवेदकलाई बिना कारण सस्पेण्ड राखेपछि मिति २०३८।७।२५ मा प्रत्यर्थी नं. ३ ले २०३८।१।५ र ०३८।११।३० को प्रतिवेदनबाट अनियमित छपान गरेको देखिएकोले नि.से.नि. १०–६(५) बमोजिम आफ्नो पद बमोजिमको जिम्मेवारी पूरा नगरेको हुँदा तपाईलाई नि.से.नि.नियम १०–१(५) बमोजिम सजायँ किन नगर्ने भनी सस्पेण्ड रहेको अवस्थामा नै स्पष्टीकरणको प्रतिवाद गर्दै म निवेदकबाट नि.से.नि.को नियम १०–६(५) बमोजिम कुनै पनि अवस्था विद्यमान नभएको हुनाले म माथि कुनै आरोप लाग्नु पर्ने होइन भनी स्पष्टीकरण पेश गरेको थिएँ । प्रत्यर्थीको नं. ३ बाट पुनः मिति २०३८।८।९ मा म निवेदकलाई शुरूमा लगाएको आरोपमा अरू आरोप थपी नि.से.नि.को नियम १०–१(५) बमोजिम किन सजायँ नगर्ने भनी स्पष्टीकरण सोधियो यसमा म निवेदकलाई लगाइएको कुनै पनि आरोप मबाट भएको होइन म माथि आरोप लाग्नु पर्ने अवस्था विद्यमान छैन । आरोप निराधार भएको हुनाले सस्पेण्ड फुकुवा गरी हाजिर हुन पाउँ भनी स्पष्टीकरण पेश गरेको थिएँ । ०३९।६।२८ को निर्णयानुसार कामकाज