निर्णय नं. २२६० - लिखित पारित
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २२६० - लिखित पारित भाग: २७ साल: २०४२ महिना: बैशाख अंक: १ फैसला मिति :२०४२/०१/०३ २४१९ निर्णय नं. २२६० ने.का.प. २०४२ अङ्क १ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव सम्वत् २०४० सालको दे.पु.नं. ४६५ मुद्दा : लिखित पारित । पुनरावेदक/वादी: जिल्ला कास्की पोखरा न.पं.वा.नं. ४ भै पाटन बस्ने डिल्ली नाथ कोइराला र आफ्ना हकमा समेत चक्रपाणी गोतामे । विरूद्ध विपक्षी/प्रतिवादी: ऐ.ऐ वा.नं. १९ घर भै हाल जि.चितवन माडी गर्दी गा.पं.वा.नं. २ बस्ने धनसरी तिमिल्सीना फैसला भएको मिति:२०४२।१।३।२ मा लेखक साक्षी एवं फट्के साक्षी समेतलाई अदालतबाट बकपत्र गराएको नभई बयान गराएकोमा त्यस्तो अवस्थाको साक्षीहरूलाई जिरह गर्न पाउने भन्ने प्रमाण ऐन, २०३१ मा व्यवस्था भएको पाइँदैन । (प्रकरण नं.११) पुनरावेदक/वादी तर्फबाट: विद्वान व.अ. श्री मुकुन्द रेग्मी विपक्षी/प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी उल्लेखित मुद्दाःX फैसला न्या.जोगेन्द्र प्रसाद श्रीवास्तवः पश्चिमान्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन गर्न अनुमति प्रदान भई पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा संक्षेपमा यस प्रकार रहेछ । २. ९१ सालका जाँचमा भूसाल सिं जिम्मा झुत्ता द.नं. ४० मोठ नं. ७९१ मा कैयौंका नाममा दर्ता भएको निज दर्तावाल मरी अपुतालीबाट हक हुने भिमप्रसाद भन्ने भिमलालबाट ०२८।६।२०।४ मा मेरो आर्जनको रुपैयाँबाट मैले राजीनामा रजिष्ट्रेशन पारित गरिलिएको बिजपाथी ।२।६ मध्ये पूर्व सो दर्ता भट्ट भनेको निज विपक्षीको जग्गा र डहर साँध, पश्चिम सुकला गण्डकी साँध, उत्तर पूर्णखर दाहालको साँध, दक्षिण खेमलालको साँध यति ४ किल्ला भित्रको तिरो रु. १।३७ लागेको बिजपाथी ।१।४।४ को हालको सर्भेमा कि.नं. ५–१६ मा निजै विपक्षीका नाउँमा कित्ता काटिएको दाहालको वारी भन्ने पाखो जग्गा र सो जग्गामा बनेको घर धनसारसमेत विपक्षीले रु.४९,०००। मबाट कर्जा लिई राजीनामा गरिदिएकोमा कानुनका म्यादभित्र पारित गरिनदिएकोले पारित गराई पाउँ भन्ने समेत व्यहोरोको ०३५।२।१७।३ को चक्रपाणी गौतमको फिरादपत्र । ३. वादी दावीको लिखत २०३४।७।२० को नभई ०३३।१२।२० मा वडा भएको हो । उक्त जग्गा करीब ६ रोपनी जग्गा मलाई बाँकी राखी अन्य रु. २५,५००। दाम तय गरी विपक्षीबाट उक्त रुपैयाँ रु. १०,०००। मैले लिएको र बाँकी मैले लिनु पर्ने रु. १५,५००। पास हुँदाको दिन चक्रपाणीले मलाई बुझाउने शर्तमा ०३३।१२।२० का दिन रु. ३०,०००। को राजीनामा लेखी साहु चक्रपाणीले लिई र मैले लिनुपर्ने रु. १५०००। को चक्रपाणीले गरिदिएको तमसुक भर्पाई मैले लिएको हुँ, म्याद नाघी दायर भएको र मैले पाउनुपर्ने रुपैयाँ पाई नसकेको हुँदा मैले लिखत पारित गरिदिनुपर्ने होइन भन्ने समेत व्यहोराको धनसरी तिमिल्सिनाको प्रतिउत्तरपत्र रहेछ । ४. वादी दावीअनुसारको लिखत पारित हुने ठहर्छ भन्ने समेत मिति ०३६।१०।२७।१ को कास्की जि.अ.को फैसला । ५. उक्त फैसला उपर प्रतिवादीको पुनरावेदन परेकोमा कास्की जि.अ.को इन्साफ मनासिव ठहर्छ भन्ने समेत व्यहोराको ०३७।६।३ को गण्डकी अञ्चल अदालतको फैसला । ६. सो फैसला उपर प्रतिवादीको पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने निवेदनमा पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको भन्ने पश्चिमान्चल क्षेत्रीय अदालतसिङ्गल बेञ्चको ०३८।७।५ को आदेश । ७. प्रतिवादी नबनाइएका विवादित लिखतको अन्तरसाक्षीहरूको बकाईलाई प्रमाण लिन प्रमाण ऐन, २०३१ को दफा ५० बमोजिम जिरह गर्ने मौक