निर्णय नं. २२६१ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २२६१ - उत्प्रेषण भाग: २७ साल: २०४२ महिना: बैशाख अंक: १ फैसला मिति :२०४२/०१/०६ २२५२ निर्णय नं. २२६१ ने.का.प. २०४२ अङ्क १ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव सम्वत् २०४१ सालको रि.नं. १९९० विषय : उत्प्रेषण । निवेदक : बाग्लुङ जिल्ला राङखानी गा.पं.वा.नं.५ भेडीखर्क बस्ने नेत्र बहादुर राना मगर ऐ.ऐ बस्ने धनमाया राना मगर विरूद्ध विपक्षी :धवलागिरी अंचल अदालत बाग्लुङ जिल्ला अदालत वाग्लुङ जि.ब.राङखानी गा.पं.नं.५ डाडाखानी बस्ने मन बहादुर पुन मगर ऐ.ऐ भेडीखर्क बस्ने जित बहादुर रान मगर आदेश भएको मिति:२०४२।१।६।५ मा नाबालकले विवाह खर्च बापत पाएको सम्पत्ति समेत जायजात हुनुपर्ने भन्ने व्यवस्था उल्लिखित नं. मा भएको पाइँदैन । (प्रकरण नं.१२) निवेदक तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी तर्फबाट :विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल तथा विद्वान अधिवक्ता श्री यादव प्रसाद खरेल उल्लेखित मुद्दाःX आदेश न्या.जोगेन्द्र प्रसाद श्रीवास्तवः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं जिकिर संक्षेपमा यस प्रकार रहेछ । २. हाम्रा पति, पिता जीत बहादुरले इज्जत आमद अनुसार खान लाउन नदिई अन्याय गरेकाले निज उपर २०३६। १२।२८।२ मा अंश मुद्दा दिएकोमा हामीलाई अंश दिनुपर्ने ठहर्‍याई जि.अ.बाट ०३८।२।८।५ मा फैसला भई मिति २०३८।९।१।४ मा भएको बण्डा छुट्याउने मुचुल्का अनुसार आफ्नो भागको अंश पाएका थियौं । हामीले २०३६।१२।२८।२ मा मुद्दा दिइसके अंशपछि विपक्षी मन बहादुर र जीत बहादुर मिली २०३७।६।१२ मा लेनदेन मुद्दा दिई, दिनलगाई विपक्षी जीत बहादुरबाट विगो २६२०३। भरी पाउने ठहर्‍याई जि.अ.बाट २०३८। ८।४ मा फैसला भएपछि फैसला बमोजिम भरी पाउने विगो जीत बहादुरको अंश भागको सम्पत्तिबाट दिलाई पाउँ भनी मन बहादुरले दर्खास्त दिई मुचुल्का समेत भई आएपछि सो मुचुल्का बदर गरी हाम्रो जेथाबाट समेत भराई पाउँ भनी पुनः विपक्षीले जिल्ला अदालत समक्ष दिएको निवेदनको आधार लिई हामी समेतको अंशहरूको जग्गाबाट दिलाई भराई दिनेतर्फ कारवाही चलाउने भन्ने ०३९।४।३१।१ को आदेशानुसार हाम्रो अंश भागमा पारेको राङखानी गा.पं.वा.नं. ५ कि.नं. ७७, १५८ र ३३३ समेतबाट तायदाती गराई ल्याएपछि हाम्रो अंश भागको कि.नं. ७७, १५८ र ३३३ समेतको जग्गा लिलाम गर्न मिल्ने होइन भनी निवेदन गर्दा जीत बहादुरको भागमा परेको कि.नं. २७, १०९, ७६ को तायदाती भई मूल्य समेत कायम भइसकेकोमा पुनः तायदाती गरी छुट्टी भिन्न भइसकेकोबाट दण्ड सजायँको ४२ र लेनदेन व्यवहारको १९ नं. समेतले मिल्दैन । असामीको तायदातीबाट नपुगे असामीलाई नै कैद गराउन पाउने व्यवस्था भएकोले धनमाया र नाबालकको अंशबाट भराई दिन मिलेन, ०३९।३।२१।२ मा भई आएका तायदाती मुचुल्का अनुसार र जीत बहादुरको अंशबाट मात्र भरी पाउने भन्ने समेत जि.अ.बाट ०४०।२।५।५ मा आदेश भएपछि विपक्षी मन बहादुरले सोआदेश उपर अञ्चल अदालतमा निवेदन गर्दा अञ्चल अदालतबाट जि.अ.को २०४०। २।५ को आदेश ०४०।४।१३ मा बदर भएउपर पश्चिमान्चल क्षेत्रीय अदालतमा निवेदन गर्दा कानुनबमोजिम गर्नु भन्ने ०४०।६। ७ मा पश्चिमान्चल क्षेत्रीय अदालतबाट आदेश भएपछि जि.अ.ले म नाबालकको अंश हक तथा विवाह खर्च वापतको कि.नं. ७७ को र म धनमायाको अंश हकको कि.नं. ३३३ र १५८ को जग्गा समेत ०४०।७।२३ को आदेशानुसार ०४०।८।२९ गते लिलाम गरी विपक्षी मन बहादुरलाई नै सकार गराई ०४०।९।१५।६