निर्णय नं. २२६२ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २२६२ - उत्प्रेषण भाग: २७ साल: २०४२ महिना: बैशाख अंक: १ फैसला मिति :२०४२/०१/२७ २३०३ निर्णय नं. २२६२ ने.का.प. २०४२ अङ्क १ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव सम्वत् २०४० सालको रि.नं. २०१५ विषय : उत्प्रेषण । निवेदक : हेटौंडा न.पं.वडा नं. ७ स्थित मंगलमय ईंटा टायल उद्योगको साझेदार चण्डी प्रसाद श्रेष्ठ ऐ.को साझेदार नन्दिका श्रेष्ठ विरूद्ध विपक्षी :श्री ५ को सरकार अर्थ मन्त्रालय, अन्तःशुल्क विभाग श्री माननीय अर्थ मन्त्री ज्यू अर्थ मंत्रालय श्री अन्तशुल्क कार्यालय,हेटौंडा मकवानपुर आदेश भएको मिति:०४२।१।२७।५ मा औद्योगिक व्यवसाय ऐन, २०३८ को दफा १०(ग) १ बमोजिम सञ्चालन मिति देखि ५ वर्षको लागि अन्तःशुल्क लाग्ने छैन भन्ने व्यवस्था भएको पाइने । (प्रकरण नं.१०) निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री किशोरकुमार अधिकारी विपक्षी तर्फबाट :विद्वान वरिष्ठ सरकारी अधिवक्ता श्री केदार प्रसाद शर्मा आदेश न्या.जोगेन्द्र प्रसाद श्रीवास्तवः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं निवेदन जिकिर यस प्रकार रहेछ । २. निवेदकहरूले २०३९।६।१५ मा श्री मंगलमय इँटा टायल उद्योग नामको फर्म रजिष्ट्रेशन गरी २०३९ माघ महिनादेखि इँटा उत्पादन कार्य सञ्चालन गर्दै आएका छौं । घरेलु उद्योगलाई सञ्चालन मिति देखि ५ वर्षको लागि अन्तःशुल्क लाग्ने छैन भन्ने कानुनी प्रावधान हुँदा हुँदै पनि विपक्षी कार्यालयबाट ०३९।४० को अन्तःशुल्क वापत पहिलो किस्ता भनी रु. ११२५। बुझाउनै पर्छ भनी अनधिकृत तवरबाट दाखिल गर्न लगाइयो । त्यसपछि पनि अन्तःशुल्क रकम बुझाउन ल्याउनु भन्ने समेत व्यहोराको ०४०।४।२६ को पत्र निवेदकहरूलाई पठाइयो । अनाधिकार अन्तःशुल्क लिएको भनी मकवानपुर उद्योग वाणिज्य संघ हेटौंडामा हामीले निवेदन गर्‍यौं । सो निवेदनको आधारमा सो संघले माननीय अर्थ मन्त्रीज्यू समक्ष घरेलु इँटा चिम्नी उद्योगको अन्तःशुल्क छुटबारे भन्ने विषयको पत्र मिति ०४०।५।१९ मा प्रस्तुत गरेकोमा आर्थिक ऐन र सो अन्तर्गत बनेको ०४०।४१ को दरवन्दी दुवैमा इँटा भट्टाले अन्तःशुल्क छुट नपाउने व्यवस्था भइरहेकोले छुट दिन नमिल्ने भन्ने अन्तःशुल्क विभागको ०४०।६।१३ को पत्र सो संघमा आएको रहेछ । यस्तैमा इजाजत नवीकरण गर्ने र अ.सु.किस्ता बुझाउने ०४०।१०।२५ को अन्तःशुल्क कार्यालयको पत्र निवेदकहरूलाई प्राप्त हुन आयो उक्त ०४०।६।१३ को पत्रको नक्कल ०४०।११।१६ मा सारी हेर्दा मन्त्रीज्यूको निर्णयबारे अवगत भयो । ३. औद्योगिक व्यवसाय ऐन र त्यस अन्तर्गत बनेका नियमहरूमा लेखिएकोमा सोही बमोजिम हुनेछ भन्ने व्यवस्था उक्त ऐनको दफा १० र २१ ले प्रष्ट गर्दछ यसै ऐन अन्तर्गत स्थापित उद्योग भएकोले हाम्रो उद्योगले ५ वर्षको लागि अन्तःशुल्क नलाग्ने सुविधा दफा १०(ग) १ ले प्रदान गरेको छ । अन्तःशुल्क ऐन वा आर्थिक ऐन अन्तर्गतको सुविधा उपभोग गर्ने नभई औ.व्य.ऐन, २०३८ को सुविधा निवेदकहरूले उपभोग गर्ने हुँदा आर्थिक ऐन र सो अन्तर्गतको दरवन्दी अन्तर्गत छुट नपाउने भन्नु युक्तिसंगत होइन । ५ वर्षको सुविधा उपभोग गरी नसकेका निवेदकहरूको सम्बन्धमा सो व्यवस्था लागू हुँदैन । अतएव विपक्षी अन्तःशुल्क कार्यालयको अनधिकृत काम कारवाही र ०४०।६।१३ को पत्रमा उल्लिखित विपक्षी अर्थ मन्त्रीज्यूको निर्णय समेत उत्प्रेषणको आदेशद्वारा बदर गरी अनाधिकार लिएको किस्ता रकम फुकुवा फिर्ता दिनु र २०४०।४।२६ तथा २०४०।१०।२५ को पत