निर्णय नं. २२६३ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २२६३ - उत्प्रेषण भाग: २७ साल: २०४२ महिना: बैशाख अंक: १ फैसला मिति :२०४२/०१/२१ २३५४ निर्णय नं. २२६३ ने.का.प. २०४२ अङ्क १ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा सम्वत् ०४० सालको रिट नं. १६८० विषय : उत्प्रेषण । निवेदक :जि.ताप्लेजुङ फुङलिङ गा.पं. वार्ड नं. ४ बस्ने याम बहादुर लिम्बू ऐ.ऐ बस्ने कृष्ण बहादुर लिम्बू ऐ.ऐ बस्ने तुल बहादुर लिम्बू विरूद्ध विपक्षी :ऐ.ऐ. बस्ने राम कुष्ण लिम्बू ऐ.ऐ बस्ने भीम बहादुर लिम्बू ऐ.ऐ बस्ने खिन माया लिम्बूनी पूर्वाञ्चल क्षेत्रीय अदालत,धनकुटा आदेश भएको मिति:०४२।१।२१ मा निवेदनमा अनुमति प्रदान नभएको भन्ने उल्लेख भएबाट तह–तह हुँदै फैसला भई पू.क्षे.अ.बाट पनि कानुन बमोजिम फैसला भएको कानुनी त्रुटिपूर्ण भएको भन्न सकिने कुनै अवस्था नहुँदा आफ्नो अधिकार क्षेत्रभित्र रही ऐन नियमको रीत पुर्याई पू.क्षे.अ.ले गरेको फैसला बदर गरिपाउँ भन्ने निवेदकको माग अनुसार आदेश जारी गर्न मिलेन । (प्रकरण नं.८) निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री विष्णु प्रसाद भट्टराई विपक्षी तर्फबाट :विद्वान अधिवक्ता श्री यादव खरेल र विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमार उल्लेखित मुद्दाःX आदेश न्या.जोगेन्द्र प्रसाद श्रीवास्तवः नेपालको संविधानको धारा १६।७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य एवं निवेदन जिकिर यस प्रकार रहेछ । २. हंशवीरको २ छोरा समसुवा र जयवीरमा समसुवाको छोरा पुरणध्वज र जयवीरको छोरा मेरा बाबु जयबहादुर हुनुहुन्छ पूरणध्वजकी श्रीमती धनमायाबाट जायजन्म नभएको । मेरो बाबु जयबहादुरको जेठी श्रीमतीबाट रामकृष्ण लिम्बू कान्छी मेरी आमातर्फ म यामबहादुर, कृष्ण बहादुर र लुलबहादुर भएको जेठा दाजु रामकृष्णका छोरा भीमबहादुर भएकोमा जेठी आमा धनमाया २०१८ सालमा परलोक हुनुभएकोमा अपुताली परी लाल बहादुर वादी रामकृष्ण प्रतिवादी भई चलेको अपुताली मुद्दा २०२०।११।६ मा इलाका अदालत ताप्लेजुङबाट रामकृष्ण नजिकको हकदार ठहरी फैसला भएको छ । रामकृष्ण र म कृष्ण बहादुर ब्रिटिश पल्टनमा भएकोले उक्त अपुतालीबाट पाएको समेत बाबु जयबहादुरले हामी घरमा नभएको जनाई हाम्रो अंश समेत बण्डा लगाई २०२०।११।२७ मा पास गराई चलन गरिरहेको अवस्थामा अंशबण्डाको ३० नं. ले बण्डा सदर भइसकेको कुरालाई वण्डा गर्दा रामकृष्ण नभएको भनी २० वर्ष पछि बण्डापत्र खण्डन गर्न पाउने हुन सक्दैन । क्षेत्रीय अदालतले फैसला गर्दा २०१४।६।२७ गते धनमायाले गरिदिएको लिखतको आधार लिएको छ प्रतिउत्तर साथ पेश गर्न नसकेको कागजलाई अकाट्य प्रमाणमा ग्रहण गरेको अ.बं. ७७ र ७८ को उल्लंघन भएको छ । सगोलको सम्पत्ति हामीले भोग गर्न नपाउने गरी सम्पत्ति सम्बन्धी अधिकारमा आघात पारी निर्णय गरिएको छ । प्रतिवादवालाहरूले लिखत बदर मुद्दामा प्रतिउत्तर गर्दा ०१२।०१३ सालको तिरो नबुझाई जम्मै खारेज भइसकेपछि ०१४।६।२७ गते भीमबहादुरलाई गरिदिएको कागजले निजको हक पुग्न सक्तैन उपरोक्त आधार लिएर हामीले क्षेत्रीय अदालतको फैसला उपर अनुमतिको लागि यस अदालतमा निवेदन दिएकोमा अनुमति प्राप्त भएन पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने पक्षको अधिकार हैन । संविधानको धारा ७१ को निवेदनलाई अन्य कानुनी उपचार भएको भनी अस्वीकार गर्न मिल्दैन । ढिलो गरिआएको हो कि भन्ने सम्बन्धमा त्रुटिपूर्ण निर्णय साँढे चार वर्षपछि पनि बदर हुन्छ । विलम्बको सिद्धान्त निश्चित र स्थिर नियम हैन । अतः पू.क्षे.अ.को निर्णय अ.बं. ७७ र ७८ को उपेक्षा गरी भए