निर्णय नं. ५०४९ - जग्गा खिचोला
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५०४९ - जग्गा खिचोला भाग: ३७ साल: २०५२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५१/०१/०८ ३१२८ निर्णय नं. ५०४९ ने.का.प. २०५२ अङ्क २ पूर्ण इजलास माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य पु.ई.नं. १०० फैसला मिति : २०५१।१।८।५ मुद्दा : जग्गा खिचोला निवेदक/प्रतिवादी: जि.सुनसरी धरान नगरपालिका वडा नं. ६ पुरानो बजार बस्ने कुसुमकुमारी श्रेष्ठ। विरुद्ध विपक्षी : जि. मोरङ विराटनगर नगरपालिका वडा नं. २ बस्ने हिरण्यबहादुर बस्नेत समेत । वादीले प्रतिवादीको पति श्यामप्रसादसंग २ बिगाहा जग्गा खरिद गरी लिएकोमा स्वीकार नै गरेको देखिन्छ । २ विगाहा भन्दा बढी जग्गा राजीनामा गरी लिएको भनी वादीले आफ्नो दावीमा जिकिर लिन सकेको देखिदैंन । राजीनामामा नै २ बिगाहा जग्गा भनी प्रष्ट रुपमा उल्लेख हुंदा २ बिगाहा भन्दा बढी जग्गा दावी गर्न पाउने पनि होइन । (प्रकरण नं. १९) ससिम भन्ने शब्दको आधारमा विभिन्न व्यक्तिहरुलाई राजीनामा गरी दिएको बाहेकको सम्पूर्ण जग्गा राजीनामा गरी दिएको भनी व्याख्या गर्न मिल्न सक्ने स्थिति नदेखिने । (प्रकरण नं. १९) २००२ सालको राजीनामामा उल्लेख गरिएका विभिन्न व्यक्तिहरुलाई राजीनामा गरी दिएको जग्गा बाहेकको ससीम २ बिगाहा जग्गा राजीनामा गरी दिएबाट प्रतिवादी कुसुमकुमारीको जग्गा नै बा“की रहन आउंदैन भन्ने वादीको जिकिरसंग सहमत हुन सक्ने स्थिति नदेखिने । (प्रकरण नं. १९) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी विपक्षी, प्रतिवादीका तर्फबाट : विद्वान अधिवक्ता श्री शिवराज अधिकारी र विद्वान अधिवक्ता श्री राजेन्द्र अधिकारी अवलम्बित नजीरःX फैसला न्या.केशवप्रसाद उपाध्यायः श्री सर्वोच्च अदालत संयुक्त इजलासबाट मिति २०४३।८।१५।१ मा भएको फैसला दोहोर्याई पाउँ भनी सवारी शिविर धनकुटा मार्फत श्री ५ महाराजाधिराजमा कुसुम कुमारी श्रेष्ठले विन्तिपत्र दिएकोमा विन्तिपत्र जाहेर हुँदा न्याय मिले नमिलेको के रहेछ हेरी राय खुलाई यो विन्तिपत्र समेत साथै राखी जाहेर गर्नु भन्ने न्यायिक समितिको नाउँमा हुकुम प्रमांगी भई न्यायिक समितिबाट खिचोला गरेको ठहर्याएको सर्वोच्च अदालत संयुक्त इजलासको फैसलाबाट न्याय मिलेको नदेखिएको भन्ने व्यहोरा जाहेर हुँदा यसमा विन्तिपत्रको व्यहोरा साँचो भए त्यस अदालतको संयुक्त इजलासबाट छिनिएको विन्ति पत्रमा लेखएिको जग्गा खिचोला भन्ने मुद्दाको मिसिल झिकी पूर्ण इजलासबाट दोहोर्याई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने प्रमांगी भई यस अदालत पूर्ण इजलासमा दर्ता भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :– २. कुसुम कुमारीको पति श्यामप्रसादले धरान चौकी बारीको जग्गा विगाहा ५–१९–८ मध्ये नयाँ बजार पूर्व पूरा र कसाही टोल पश्चिम रिकुटे टोल उत्तर कालीप्रसाद गंगा बहादुर दक्षिण यति ४ किल्ला भित्रको जग्गा विगहा २–९–१२ जग्गा मध्ये ०–१९–१२ दाजु पदमबहादुर बस्नेतले आफू पूर्व १८ लग्गीसम्म र नापीको ४ किल्ला भित्रमा यस अघि बिक्री भै गएको मानिसलाई राजीनामा बमोजिमको जग्गा छुट्याई पुरै २ विगहा जग्गा रु. ६,००१।– मा राजीनामा गरी २००२।८।१७।१ मा रजिष्ट्रेशन पास गरी दिएको राजीनामामा लेखिएको मानिसलाई जग्गा छुट्याई प्र.प्रदमबहादुरको हकमा निजको घरबाट पूर्व १८ लग्गी सम्म लिएको भएपनि बाटा पश्चिम सन्धि सर्पन मिलाई लिई त्यसमा पर्खाल लगाई त्यसमा नपुग २ कट्टा बाटा पूर्व लिई घर बनाई पं. वासुदेवलाई दान गरेको बाँकी सो ४ किल्ल