निर्णय नं. ५०५० - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५०५० - उत्प्रेषण भाग: ३७ साल: २०५२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५१/१२/१५ २५१४ निर्णय नं. ५०५० ने.का.प. २०५२ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य सम्वत् २०५१ सालको रिट नम्बर २५१८ आदेश मिति : २०५१।१२।१५।४ विषय : उत्प्रेषण निवेदक : जिल्ला धनकुटा खुवाफोक गाउँ विकास समिति वडा नं. ७ बस्ने वर्ष ६३ को फर्स मान याखा। जिल्ला धनकुटा खुवाफोक गा.पं.वि.स.वडा नं.७ बस्ने वर्ष ६१ को जयमान याखा । ऐ.ऐ बस्ने वर्ष ४० को शशिप्रसाद राई । ऐ.ऐ बस्ने वर्ष ३९ को बिल बहादुर लिम्बु । ऐ.ऐ बस्ने वर्ष५४ को जगत बहादुर लिम्बु । ऐ.ऐ बस्ने वर्ष ६९ को चन्द्रप्रसाद लिम्बु । जिल्ला धनकुटा बढी मोरङ गा.वि.स.वडा नं.३ बस्ने अं.वर्ष ६२ को आशवीर लिम्बु । ऐ.ऐ खुवाफोक वडा नं. ४ वर्ष ६५ को ज्ञान बहादुर राई । ऐ.ऐ बुढी मोरङ वडा नं.२ वर्ष ४० को नयन कुमार लिम्बु । ऐ.ऐ वडा नं.७ बस्ने वर्ष ८० को जाते लिम्बु । ऐ.ऐ वडा नं.७ बस्ने वर्ष ६५ को पूर्ण बहादुर लिम्बु । ऐ.ऐ बस्ने वर्ष ५१ को कुल बहादुर लिम्बु । ऐ.ऐ वडा नं.५ बस्ने वर्ष ३९ को दुर्गा बहादुर लिम्बु । ऐ.ऐ वडा नं. ५ बस्ने वर्ष ५६ को प्रेम बहादुर लिम्बु । ऐ.ऐ वडा नं.२ बस्ने वर्ष ६० को जनक बहादुर लिम्बु । ऐ.ऐ वडा नं. ७ बस्ने वर्ष ४९ को दिलप्रसाद लिम्बु । ऐ.ऐ वडा नं. ७ बस्ने वर्ष ५० को नयन प्रसाद लिम्बु । ऐ.ऐ वडा नं. ३ बस्ने वर्ष ५४ को विष्णु बहादुर लिम्बु । ऐ.ऐ वडा नं. २ बस्ने वर्ष ५१ को लक्ष्मीध्वज राई । ऐ.ऐ बुढी मोरङ वडा नं.३ बस्ने वर्ष ७२ को हाङखोर लिम्बु । ऐ.ऐ वडा नं.३ बस्ने वर्ष ५८ को मङ्गल बहादुर लिम्बु । ऐ.ऐ बस्ने वर्ष ४० को दिलबहादुर लिम्बु । ऐ.ऐ वुढी मोरङ वडा नं.८ बस्ने वर्ष ५८ को पूर्णबहादुर लिम्बु । ऐ.ऐ वडा नं.८ बस्ने वर्ष ३७ को दिलमान लिम्बु । ऐ.ऐ बस्ने वर्ष ३९ को ओससिंह लिम्बु । ऐ.ऐ बस्ने वर्ष ५१ को डम्बर बहादुर लिम्बु । ऐ.ऐ बस्ने वर्ष ३६ को मानबहादुर लिम्बु । ऐ.ऐ बोधे गा.वि.स.वडा नं. ६ बस्ने वर्ष ६४ को पृथ्वी बहादुर याखा । ऐ.ऐ वडा नं.६ बस्ने वर्ष ६१ को बुधराज लिम्बु । ऐ.ऐ बस्ने वर्ष ६२ को कुमारी याखा । विरुद्ध विपक्षी : श्री ५ को सरकार, मन्त्रिपरिषद् सचिवालय सिंहदरबार । वन मन्त्रालय,बबरमहल,काठमाडौ । वन विभाग बबरमहल,काठमाडौं । जिल्ला वन कार्यालय,धनकुटा । वन ऐन, २०१८ को दफा ४० मा काठ वा अरु वन पैदावार निकासी पैठारी गर्न वा एक ठाउँबाट अर्को ठाउँमा लैजाने विषयमा श्री ५ को सरकारले नियम बनाउन सक्छ भन्ने व्यवस्था भएको देखिन्छ। तर सो दफाले दिएको अधिकार प्रयोग गरी श्री ५ को सरकारले नियम बनाई लागू गरेको लिखितजवाफबाट समेत खुल्न आउ“दैन । वन पैदावार बिक्री वितरण नियमावली, २०२७ वन ऐन, २०१८ को दफा २६ ले दिएको अधिकार प्रयोग गरी बनाइएको देखिन्छ । उक्त नियमावलीको नियम १८ ले पुर्जी दिने अवधि र निकासी गर्ने म्याद सम्बन्धमा भएको व्यवस्था र कार्यविधिको पालना विपक्षी निकायहरुबाट भए गरेको देखिन आएन । श्री ५ को सरकार मन्त्रीपरिषद्बाट मिति २०४८।१२।२४ गतेमा ०४९ साल आषाढ मसान्त उप्रान्त काठ बाहिर निकासी गर्न नपाउने गरी भएको निर्णय कुनै कानुनमा आधारित देखिन आएन । तसर्थ ०४९ आषाढ मसान्त उप्रान्त काठ बाहिर निकासी गर्न प्रतिबन्ध लगाउने गरी ०४८।१२।२४ गतेमा श्री ५ को सरकार मन्त्रीपरिषद्बाट भएको निर्णय कुनै कानुनले दिएको अधिकार प्रयोग गरी भए गरेको देखिन नआएको हुनाले निवेदकहरुको हकमा उक्त