निर्णय नं. ५०५१ - उत्प्रेषण समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५०५१ - उत्प्रेषण समेत भाग: ३७ साल: २०५२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५१/११/२३ ४३२६ निर्णय नं. ५०५१ ने.का.प. २०५२ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह सम्वत् २०४९ सालको रिट नं. २३२३ आदेश मिति:२०५१।११।२३।३ विषय : उत्प्रेषण समेत निवेदक : शिव प्रसाद रौनियारको छोरा वा.अं. काठमाडौं जिल्ला का.न.पा. वडा नं. २५ इन्द्रचोक बस्ने वर्ष ४९ को कृष्ण मुरारी प्रसाद रौनियार । विरुद्ध विपक्षी : श्री प्रमुख नापी अधिकृत, ३ नं. नापी गोश्वारा जयवागेश्वरी । श्री ३ नं. नापी टोली,बालाजु काठमाडौं । जग्गा नाप जाँच ऐन, २०१९ को दफा ७ को उपदफा (३) मा “पुन नाप जाँच भएको क्षेत्रमा साविक नापजाँचबाट देखिएको सरकारी वा सार्वजनिक जग्गाको क्षेत्रफललाई कायमै राख्दा कुनै जग्गाको क्षेत्रफल घटी वा बढी देखिन आएमा सोही बमोजिमको जग्गाको क्षेत्रफल सम्बन्धित जग्गा धनीको नाममा कायम गरिनेछ” भन्ने कानुनी व्यवस्था रहेको छ । अतः २०१९ सालमा नापजाँच भै २०४७ सालमा पुनः नापजाँच हुंदा सार्वजनिक जग्गाको क्षेत्रफल नघटी क्षेत्रफल बढी हुन आएको निवेदकको जग्गामा विवाद नभएपछि निवेदककै नाममा कायम गर्नुपर्नेमा निवेदकको जग्गाको साविक क्षेत्रफल भन्दा हालको क्षेत्रफल बढी हुन आएको भनी बाटोको जग्गा कायम गरेको ३ नं. नापी गोश्वाराको मिति २०४९।४।१३ को निर्णय र सो निर्णयसंग सम्बन्धित ३ नं. नापी टोलीको मिति २०४९।४।१६ को पत्रबाट भएका काम कारवाही त्रुटिपूर्ण हुंदा उत्प्रेषणको आदेशद्वारा बदर गरी दिइएको छ । यसरी पुनः नापजाँच भै बढी कायम हुन आएको जग्गा निवेदकको नाममा दर्ता गरी दिनु भनी विपक्षी ३ नं. नापी गोश्वाराका नाममा परमादेशको आदेश जारी हुने । (प्रकरण नं. ८) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता सुश्री शारदा बज्राचार्य अवलम्वितःX आदेश न्या.सुरेन्द्रप्रसाद सिंहः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८(२) अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यस प्रकार छ :– २. जग्गा नापजाँच ऐन, २०१९ बमोजिम पहिला नापजाँच भै म निवेदकका नाममा बागमती अञ्चल काठमाडौं जिल्ला तत्कालिन बालाजु गा.पं. वा.नं. ३(क) कि.नं. ३४६ खेतवारी क्षेत्रफल रोपनी २–१२–१ कायम ठहर भएको जग्गा धनी दर्ता प्रमाण पुर्जा मैले पाई सालसालै तिरो माल पोत तिरी बुझाई भोग चलन गरी आएको थिएँ । यसै जग्गाको सुरक्षाको लागि पर्खाल । लगाएको र पूर्व भागको एक छेउमा २०४० साल ज्येष्ठ १९ र पौष २६ गते टहराहरु निर्माण गर्न स्वीकृत समेत लिई पक्की टहराहरु समेत मैले बनाएको थिएँ । पुनः २०४७ सालमा जग्गा नापजाँच ऐन, २०१९ अनुसार पुनः नापजाँच हुँदा उक्त मेरो पर्खाल भित्रको जग्गालाई का.जि., का.न.पं. वार्ड नं. १६ कि.नं. १७ क्षेत्रफल ०–१–०–३ घर जग्गा ऐ कि.नं. १८ क्षेत्रफल २–७–२–० घर जग्गा र ऐ. कि.नं. १८९ क्षेत्रफल ०–९–१–० जग्गा कायम ठहर भयो । मेरो टहरा रहे भएको उक्त कि.नं. १७ को जग्गा नानीछोरी महर्जनका नाममा लेखिए उपर सो घरजग्गा मेरो हो भनी सबै सबूद प्रमाण खुलाई पेशगरी उजुरी निवेदन दिएँ । नानीछोरी महर्जनलाई बुझी बयान गराइयो । त्यस कित्ता बाहेकको अन्य कित्तामा कुनै विवाद थिएन । विपक्षी प्रमुख नापी अधिकृतज्यूले कि.नं. १७ आफ्नो हुनु पर्ने भन्ने कृष्ण मुरारी रौनियार र नानी छोरी महर्जनको दावी जिकिर भएकोमा मौजुदा नक्सा र हालको नक्सा भिडाई हेर्दा उक्त कित्ता