निर्णय नं. ५०५२ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५०५२ - उत्प्रेषण भाग: ३७ साल: २०५२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५१/११/०१ २३०१ निर्णय नं. ५०५२ ने.का.प. २०५२ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य सम्वत् २०५१ सालको रिट नं. २३६६ आदेश मिति : २०५१।११।१।२ विषय : उत्प्रेषण निवेदक : का.जि.का.न.पा. वडा नं. ३० महाबौद्ध बस्ने शम्भुलाल अमात्य । विरुद्ध विपक्षी : काठमाडौं नगरपालिका प्रमुख जि.काठमाडौं का.न.पा. वडा नं. ३० महाबौद्ध बस्ने भोटे कान्छा महर्जन । काठमाडौं नगरपालिकाका प्रमुखले मिति ०५१।२।३१ मा गर्नु भएको निर्णयमा नगरपालिकाको स्वीकृति नलिई भर्याङ मर्मत गरे बापत निवेदकलाई रु. १०१।– जरिवाना गरेकोमा विवाद देखिन आएन। नगरपालिका ऐन, ०४८ को दफा ५४(२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम साविकै रुपमा कायम राखी पुरानो घरको कुनै भाग मर्मत गर्नु परेमा वा छानामा उपयोग गरिएका कुनै चिज हेरफेर गर्नुपर्ने भएमा नगरपालिकाबाट स्वीकृति लिनु पर्ने सम्म देखिन्छ । नेपाल अधिराज्यको संविधान, ०४७ को धारा १४(१) मा तत्काल प्रचलित कानुनले सजाय नहुने कुनै काम गरे बापत कुनै व्यक्ति सजायको भागी हुने छैन भन्ने व्यवस्था भएको पाइन्छ । निवेदकलाई कुन ऐनको कुन दफाले रु. १०१।– जरिवाना गरेको हो, सो कुरा काठमाडौं नगरपालिकाको मिति ०५१।२।३१ को निर्णयको प्रतिलिपि र लिखितजवाफ समेतबाट देखिन आएन। अतः कानुनी आधार बेगर सजायभागी गराउन नहुने हुंदा ऐनको उल्लेख नै नगरी निवेदकलाई रु. १०१।– जरिवाना गर्ने गरेको काठमाडौं नगरपालिकाका प्रमुखको मिति ०५१।२।३१ को निर्णय त्रुटिपूर्ण देखिंदा सो हदसम्म उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री इन्द्रमान कर्माचार्य विपक्षी तर्फबाटःX अवलम्वित नजिरःX आदेश न्या.रुद्रबहादुर सिंहः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८(२) अन्तर्गत दर्ता भई पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छ :– २. जि.काठमाडौं का.न.पा. वडा नं. ३० महाबौद्धस्थित हाम्रो कि.नं. १९८३ मा दर्ता रहेको घर जग्गाको दक्षिणतर्फ कि.नं. १९९० को कसैको नाममा दर्ता नभएको साझा चोक रहेको छ । कि.नं. १९८३ मा रहेको हाम्रो घरको भित्री भागमा रहेको भर्याङ विग्री भत्की घरको तला माथि जान आउनलाई समेत बाधा परेकोले उक्त भर्याङ मर्मत गर्दा मैले का.न.पा. वडा नं. ३० वडा समितिमा निवेदन दिएको थिएँ । सो निवेदन बमोजिम मैले आफ्नो घर भित्र रहेको भर्याङ ममर्मत गर्न लागेको अवस्थामा विपक्षी भोटे कान्छा महर्जनले उक्त कि.नं. १९९० को साझा चोकलाई निजको आफ्नो एकलौटी हकको भनी उक्त चोकको उत्तरतर्फ रहेको म निवेदक सन्धियारले मेरो कि.नं. १९८३ मा रहेको घरको दक्षिणतर्फ उक्त चोक भएको ठाउँमा झ्याल राख्न लागेको हुँदा उक्त झ्याल राख्न रोक्का गरी पाउँ भनी मिति २०५०।३।७ मा का.न.पा. मा उजुरी निवेदन दिएको रहेछ । सो उजुरी निवेदन दिएको रहेछ। सो उजुरी निवेदनको सिलसिलामा का.न.पा.बाट खटिएको प्राविधिकले म निवेदकको घरमा आई स्थलगत निरीक्षण गर्दा म निवेदकले कि.नं. १९८३ का घरमा भर्याङ मर्मत गर्न लागेको र घरको पहिलो तल्लाको दक्षिण कि.नं. १९९० को चोकतर्फ झ्यालहरु राख्नको लागि खुला छोडेको भनी मिति २०५०।८।३० मा प्रतिवेदन दिएको थियो । ३. वादीले दावी लिनु भएको का.न.पा. वडा नं. ३० कि.नं. १९९० को जग्गा फिल्डबुकमा साझा जनिएको र नापी वभागको ३ नं. नापी गोश्वारा २ नं. नापी टोलीको ०३७।१२।२८ को निर्णयले