निर्णय नं. ५०५३ - उत्प्रेषणयुक्त परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५०५३ - उत्प्रेषणयुक्त परमादेश भाग: ३७ साल: २०५२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५१/०८/२१ २३५० निर्णय नं. ५०५३ ने.का.प. २०५२ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा सम्वत् २०५० सालको रिट निवेदन नं. २८९१ आदेश मिति : २०५१।८।२८।४ विषय : उत्प्रेषणयुक्त परमादेश निवेदक : सिराहा जिल्ला कृष्णपुर गा.वि.स. वडा नं. ८ बस्ने वर्ष ६२ की मुनरी यादवनीको वारिस भिम बहादुर ढकाल । विरुद्ध विपक्षी : पुनरावेदन अदालत, राजविराज । सिराहा जिल्ला सन्हैठा गा.वि.स.वार्ड नं. ४ बस्ने नागेन्द्र प्रसाद यादव । सिराहा जिल्ला अदालत सिराहा । एकपटक अंशबण्डा भै छुट्टी भिन्न भैसकेपछि पुनः माना जोडी सगोलमा बस्ने मुलुकी ऐन रजिष्ट्रेशन महलको १ नं. अनुसार पारित गरिनु पर्ने कानुनी व्यवस्था भएको पाइने । (प्रकरण नं. १०) मिति २०४७।१।१ को साहु नागेन्द्र प्रसाद यादव ऋणी यिनै निवेदिकाको छोरा रामविलास यादव बीच भएको रु. ५१,०००।– को तमसुकी लिखतमा निवेदिका साक्षी बस्दा एकासगोलको आमा भनी सहिछाप गरेको देखिए तापनि सो व्यहोरा लेखी साक्षी बस्दैमा एकसगोलमा रहेकी भन्न र निवेदिका अंशबण्डा गरी मिति २०४७।१।१ को लिखित हुनु अगावै २०४४।५।२ मा छुट्टि भिन्न भैसकेको व्यक्तिको सम्पत्तिबाट ऋण असूल गर्ने कारवाही गर्न कानूनले नमिल्ने। (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री हरिकृष्ण कार्की विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री खगेन्द्र प्रसाद अधिकारी अवलम्बित नजीरःX आदेश न्या.ओमभक्त श्रेष्ठः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८(२) अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यस प्रकार छ :– २. म निवेदिकासँग मिति २०४४।५।२ गते अंशबण्डा भै भिन्न बसी अलग व्यवहार गर्दै आएको मेरो छोरा राम विलास यादवलाई प्रतिवादी बनाई विपक्षी नागेन्द्रप्रसाद यादव वादी भई २०४७।७।१ को कपाली तमसुकको म्यादभित्र साँवा ब्याज नबुझाएको भनी लेनदेन मुद्दा दिई सिराहा जिल्ला अदालतमा मुद्दा चलिरहेको अवस्थामा प्रतिवादी बनाइएका मेरो छोरा राम विलास यादवको नाममा दर्ता रहेको सिराहा कृष्णपुर गा.वि.स. वडा नं. ९(क) कि.नं. ५३५, ५४३, ५४५, ५४९, ४३ र ५६१ समेतको घडेरी जोताहा जग्गा ०–८–१२ जग्गा साथै सोही लेनदेन मुद्दामा अरु कसैको हक नलाग्ने म निवेदिकाको नाममा दर्ता रहेको मेरो एकलौटी हक भोगको सिरहा कृष्णपुर गा.वि.स. वडा नं. ९ कि.नं. ५३२ को ०–३–१० ऐ ऐ को कि.नं. ५३९ को ०–३–० समेत जम्मा ०–६–१० जग्गा सिरहा जिल्ला अदालतले रोक्का राखेकोले मैले मिति २०४४।५।२ छोरा रामविलास यादवसँग अंशबण्डा भइसकेको कागज पेश गरी निवेदन दिएकोमा सिरहा जिल्ला अदालतबाट मिति २०४९।९।४।५ मा मेरो नाममा उक्त रोक्का जग्गाहरु फुकुवा गर्ने आदेश गरेको थियो । सिरहा जिल्ला अदालतको उक्त आदेश उपर विपक्षी नागेन्द्रप्रसाद यादवले पुनरावेदन अदालत राजविराज सप्तरीमा निवेदन दिएकोमा पुनरावेदन अदालत राजविराजले वादी नागेन्द्रप्रसाद यादवबाट प्रतिवादी राम विलास यादवले ऋण लिई लिखत गर्दाको अवस्थामा ऋणीको एकासगोलको आमा मुनरी यादवनी भनी लिखतमा साक्षी बसेको देखिँदा रोक्का भइसकेको निज मुनरी यादवनीको नामको जग्गा फुकुवा गर्ने सिरहा जिल्ला अदालतको आदेश मिलेको देखिएन, बदर गरी दिइएको छ । पुनः रोक्का राखी कानुन बमोजिम गर्नु भनी आदेश भएको थियो । म निवेदिकाले पुनरावेदन अदालत राजविराजको आदेशमा चित्त नबुझी वेरितको आदेश बदर गरी पाउँ भनी सर्वोच्च अदा