निर्णय नं. ५०५५ - घरबाट उठाई चलन चलाई पाउं
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५०५५ - घरबाट उठाई चलन चलाई पाउं भाग: ३७ साल: २०५२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५१/०९/२५ २७९४ निर्णय नं. ५०५५ ने.का.प. २०५२ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा सम्वत् २०५० सालको दे.पु.नं. १४१७ फैसला मिति : २०५१।९।२५।२ मुद्दा : घरबाट उठाई चलन चलाई पाउं पुनरावेदक/प्रतिवादी: का.जि.का.न.पा. वडा नं. ३३ डिल्ली बजार बस्ने लक्ष्मी प्रसाद श्रेष्ठ । विरुद्ध विपक्षी/वादी: ऐ. ऐ. बस्ने नारायण भक्त श्रेष्ठ । अंशियारहरुको बीचमा अंशबण्डा गर्दा वा अंश हक छोडपत्र गर्दा दान बकसको १ नं. को प्रयोग गर्ने व्यहोरा नै उक्त दान बकसको उद्देश्य अनुकूल नरहने । (प्रकरण नं. १३) अंशको हक जस्तो जन्म देखि नै प्राप्त हुने हकको लागि एउटा अंशियारले अर्कालाई अंश दान वा बकस गरेर दिन नमिल्ने । (प्रकरण नं. १३) अंश भनेको हक हो भने दान वा बकस दाताको इच्छामा निर्भर रहने कुरा हो । (प्रकरण नं. १३) जुन पक्षले पेश गरेको हो सोही पक्षलाई सो कागज सुनाउनु पर्ने औचित्य नै नरहने । (प्रकरण नं. १४) वादीको नाममा विवादित जग्गा घर दर्ता रही तिरो भरो गरिरहेको कुरामा प्रतिवादीले सो दर्ता बदर गराउने तर्फ कुनै उजूर बाजुर समेत नगरे भएको अवस्थामा शुरु र पुनरावेदन अदालतको बुँदा प्रमाण समेतबाट वादी दावी बमोजिम वादीको घरबाट प्रतिवादीलाई उठाई वादीलाई चलन चलाई दिने ठहराएको शुरु काठमाडौं जिल्ला अदालतको निर्णयलाई सदर गरेको पुनरावेदन अदालत पाटनको इन्साफ मिलेकै देखिँदा मनासिब ठहर्ने । (प्रकरण नं. १४) निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मोहनकृष्ण खरेल, विद्वान वरिष्ठ अधिवक्ता श्री गणेशराज शर्मा र विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र विद्वान अधिवक्ता श्री पिताम्बर सिलवाल अवलम्बित नजीरःX फैसला न्या.हरि प्रसाद शर्माः पुनरावेदन अदालत पाटनको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२ अन्तर्गत दोहोर्याई पाउन निवेदन पर्न आई न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क) बमोजिम दोहोर्याउने निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार रहेछ :– २. अम्बिका दाशको चार छोरा मध्ये जेठा म वादी, माहिला हरिप्रसाद, साँहिला प्रतिवादी र कान्छा तुलसीप्रसाद भै २०२३ सालमा बाबुको मृत्यु पश्चात आमा समेत र अंशियारहरु ०२५ सालमा छुट्टिई भिन्न भै बण्डापत्र पारित भएको थियो । प्रतिवादी र म भने आपसी समझदारीबाट सगोलमा रही बसी आएकोमा ०३३ सालमा छुट्टिई भिन्न भएकोमा पुनः एकासगोलमा बसी आएकोमा जहान संख्या बढ्दै आएकोमा पुनः अलग भै बस्ने सरसल्लाह भएकोले सोही बमोजिम आफ्नो अंश बुझी लिई ०४६।५।१२ मा प्रतिवादीले मलाई अंश छोडपत्रको लिखत गरी दिई पारित समेत भएकोले निज र मेरो बीच भएको अन्तिम बण्डापत्रको लिखत गरी दिई पारित समेत भएकोले निज र मेरो बीच भएको अन्तिम बण्डापत्रको उक्त कागजलाई मानन दुवैथर बाध्य छौं । लिखत अनुसार मेरो अंश भागमा परेको मेरो हक दर्ताका का.जि.का.न.पा. वा.नं. २८ को हाल ३३ मा पर्ने कि.नं. १५१ को जग्गामा बनेको दक्षिण मोहडाको ५ तले पक्की घर मध्ये जमीन तलाको पश्चिम पट्टीको आधा भाग र त्यसैको माथि चौथो तलाको पुरै (साविक पेज नं. १५०) भाग (फ्लाट) तथा पाँचौ तलाको आधा भाग भान्सा खण्ड र सो घर सँगै उत्तरपट्टिको आफ्नो भागको तल देखि माथिसम्म चार तला समेतको घर कोठाहरु तीन महिनाको लागि बस्न दिनोस् त्यसपछि म सर्ने