निर्णय नं. ५०५७ - जालसाजी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५०५७ - जालसाजी भाग: ३७ साल: २०५२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५१/११/१६ २३०९ निर्णय नं. ५०५७ ने.का.प. २०५२ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य सम्वत् २०५० सालको फौ.पु.नं. ८३१ फैसला मिति : २०५१।११।१६।३ मुद्दा : जालसाजी पुनरावेदक/प्रतिवादी: भ.पु.जि. छालिङ्ग गा.वि.स. वडा नं. ५ बस्ने रामराज वन । विरुद्ध विपक्षी/वादी: ऐ.ऐ. वडा नं. ६ बस्ने बुद्धिलाल दुवाल । ऐ.ऐ बस्ने हीरा दुवाल । ऐ.ऐ बस्ने काहिला दुवाल । बाबुको नामको सम्पत्तिमा अन्यथा प्रमाणित नभएमा सबै छोराको हक लाग्ने भन्ने मान्नु पर्ने । (प्रकरण नं. १९) आफ्नो बाबुको नाममा रहेको सम्पत्ति निजको परलोक भएपछि आफूले गुठीका महन्तलाई तिरोसम्म गर्दैमा एकाधिकार भएको मान्न नमिल्ने । (प्रकरण नं. १९) एकाधिकार हुनको लागि कानुन बमोजिमको आधार हुनु आवश्यक पर्दछ । तसर्थ सो बाली बुझाएको रसिदको आधारमा मात्र एकलौटी हक भएको भन्न नमिल्ने । (प्रकरण नं. १९) बुलालका छोरा मध्ये १ जनाले गुठीका महन्तलाई तिरो गरेकोबाट अन्य समान स्तरका छोराको हकमा असर नपर्ने, त्यस रसिदलाई उजुर गरी बदर नगराएको कारणले वादीहरुको हक नरहेको भन्न नमिल्ने । (प्रकरण नं. १९) निवेदक तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल विपक्षीतर्फबाट : विद्वान अधिवक्ता श्री विनोद रोक्का अवलम्बित नजीरःX फैसला न्या.लक्ष्मण प्रसाद अर्यालः मध्यमाञ्चल क्षेत्रीय अदालतको मिति २०४७।१।१९ को फैसला उपर यस अदालतबाट पुनरावेदनको अनुमति प्रदान भै पुनरावेदन लगतमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. पिताजी बुलालका ५ छोरामा जेठा म बुद्धिलाल माहिला रामबहादुर साहिँला म हारा काहिँला म काइला कान्छा विपक्ष कान्छा समेत ५ जना दाजुभाइ छन् । विपक्षीहरुका मिलोमतो म हामीहरुका हक मेटाउनका लागि नभए नगरेका झुट्टा कुरा गरी जालसाजी रसिद खडा गरी मोल रु. २२,०००।– उल्लेख गरी मिति ०३६।९।२९ का घरसारको राजीनामामा लिखत खडा गरी सोही मितिमा मालपोत कार्यालय भक्तपुरमा पास गराएको राजीनामा लिखत र बाली बुझी लिई गरी दिएको रसिद समेत जालसाजी गरेको ठहर्‍याई कीर्ते कागजका १० नं. बमोजिम विपक्षहरुलाई हदैसम्म सजाय गरिपाउँ भन्ने समेत व्यहोराको बुद्धिलाल हारा दुवाल काहिँला दुवालको भक्तपुर जिल्ला अदालतमा पर्न आएको संयुक्त फिराद । ३. बाबुका नाममा दर्ता भएको ५ भाइका अंश बण्डा गर्न बाँकी नै छ । मैले जालसाजी रसिद खडा गर्‍यो गराइयो भनी वादीहरुले भन्न पाउने अवस्थै छैन मैले बुझ्नु पर्ने बाली बुझी मैले रसिद गरी दिन कानुनले मलाई कर लाग्छ त्यसमा जालसाजी भन्ने प्रश्न उठ्न सक्दैन । वादीहरु लेनदेन व्यवहारको १० नं. अनुसार अदालत जानु पथ्र्यो तर जालसाजीका संज्ञा दिई गएकोले कानुनले मद्दत गर्दैन । तसर्थ वादीका झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको राजेन्द्र प्रसाद गिरीको प्रतिउत्तरपत्र । ४. मेरो लेख्ने काम हुँदा ऋणी अनिल भने मुताविक राजीनामा लेखी रुपैयाँ लिनुदिनु गरी सहिछाप गरी पारीत भएको हो । रजिष्ट्रेशनका १७ नं. बमोजिम प्रमाण मानी पारित भएको लिखतलाई जालसाजी भन्ने अधिकार छैन । लेनदेन व्यवहारको १० नं. अन्तर्गत गर्नु पर्नेमा विपरीत फिराद भएको हुँदा खारेज गरी पाउँ भन्ने समेत रामराजा कायस्थको प्रतिउत्तरपत्र । वादीहरुका भनाई विल्कुल निराधा र झुठ्ठा भएको प्रष्ट देखिएको छ । त्यसको अलावा कानुनले निर्देशन गरेको बाटोल