निर्णय नं. ५०५९ - अपुताली हक कायम गरी नामसारी गरी चलन चलाई पाउं
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५०५९ - अपुताली हक कायम गरी नामसारी गरी चलन चलाई पाउं भाग: ३७ साल: २०५२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५१/०८/०६ २३२४ निर्णय नं. ५०५९ ने.का.प. २०५२ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा सम्वत् २०४९ सालको दे.पु.नं. ८७० फैसला मिति : २०५१।८।६ मुद्दा : अपुताली हक कायम गरी नामसारी गरी चलन चलाई पाउं । पुनरावेदक/प्रतिवादी: जिल्ला नवलपरासी तिलकपुर गा.वि.स. वा.नं. ७ पतरखोली बस्ने वर्ष ४२ को ठागे थारु । ऐ.ऐ बस्ने वर्ष ३६ को नाथ थारु । विरुद्ध विपक्षी : ऐ. ऐ. बस्ने शंकर थारु । ऐ.ऐ बस्ने मैनी थारु । ऐ.ऐ बस्ने धनीराम थारु । ऐ.ऐ बस्ने प्रध्यूम्न थारु । ऐ.ऐ बस्ने भोजराजको मु.स.गर्ने पवित्रा थारुनी । अपुताली एकलौटी रुपमा पर्ने भन्ने आधारको रुपमा धर्मपुत्रको लिखतलाई लिएको पाइन्छ। सो लिखत पारित नहुंदा प्रमाणको रुपमा ग्राह्य हुन नसक्ने । (प्रकरण नं. ११) पुनरावेदक, प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री पन्नामान तुलाधर विपक्षी,वादी तर्फबाटःX अवलम्बित नजीरःX फैसला न्या.लक्ष्मण प्रसाद अर्यालः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकार भित्र पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा निम्न अनुसार छ । २. बाजे जयनारायणको पहिले नै मृत्यु भै बजै मगरी जीवित हुँदा विपक्षी ठागे समेतसँग बजैको अंश मुद्दा चली मिलापत्र भएको सो मिलापत्रबाट बजैले प्राप्त गरेको जग्गा निजको नाउँमा नामसारी नहुँदै सो सम्पूर्ण जग्गा खाने नियतबाट विपक्षी मध्येका नाथु थारुको नाउँमा धर्मपुत्रको लिखत गराएका हुँदा सो धर्मपुत्रको लिखत बदर गरी बजैले मिलापत्रबाट पाएको ज.वि. १–५–११ मध्ये हाम्रो हकको आधी बजैको मृत्यु पश्चात हाम्रो अपुताली हक कायम गरी नामसारी समेत गरी पाउँ भन्ने मिति ०४०।३।५ को फिरादपत्र । ३. ०३९।११।२२ मा फैसला भएको अंश मुद्दामा दिएको तायदातीलाई विरोध नजनाई चित्त बुझाई अंश समेत पाइसकेको हुँदा फिराद खारेज गरी पाउँ र म नाथु थारुलाई बजैले दिएको धर्मपुत्रको लिखतबाट सो सम्पत्तिमा मेरो हक हुन आएको र सो धर्मपुत्रको लिखत पारीत नहुँदै बजैको परलोक भएको पालन पाषण र काजकृया समेत मैले नै गरेको हुँदा सो सम्पत्तिमा र नाथुको मात्र हक हुँदा झुठ्ठा दावी खारेज गरी पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तरपत्र । ४. वादीहरुले मर्ने मगरीको स्याहार सुसार गरेको भन्ने निजको साक्षीबाट खुल्न नआएको समेत देखिँदा वादी दावा पुग्न नसक्ने हुँदा प्रतिवादीहरु उपर झुठ्ठा उजुर गरेको ठहर्छ भन्ने समेत व्यहोराको नवलपरासी जिल्ला अदालतको मिति ०४१।१२।२९ को फैसला । ५. प्रमाणमा लिन नहुने धर्मपुत्रको कागजलाई प्रमाणमा लगाई वादी दावा पुग्न नसक्ने ठहराएको इन्साफ त्रुटिपूर्ण हुँदा सो बदर गरी हाम्रो वादी दावी बमोजिम इन्साफ पाउँ भन्ने लु.अं.अ.मा ०४२।२।१० मा दिएका पुनरावेदनपत्र । ६. कसैले हेर विचार नगरेको कारणबाट मगरीको ०३८।१।३ मा अंश मुद्दाको नालेश परेको र ०३८ साल मै मरेको हुँदा नाथुले हेरविचार गरेको भन्ने पत्यारजनक नदेखिएबाट शुरुले वादी दावा झुठ्ठा ठहराएको फैसला उल्टी हुन्छ । वादी प्रतिवादीहरु सबै मगरीको आफ्नै नातिहरु देखिएकोले मगरी थरुनीले ठागेबाट मिलापत्रबाट पाएको सम्पूर्ण जग्गा वादी प्रतिवादीहरुका नाउँमा दामासाहीले हक कायम गरी नामसारी हुने ठहर्छ भन्ने लुम्बिनी अञ्चल अदालतको मिति ०४३।७।२७ को फैसला । ७. लुम्बिनी अञ्चल अदालतको फैसला न्याय प्रशासन सुधार ऐन, २०३