निर्णय नं. ४७५४ - उत्प्रेषण एवं परमादेश लगायत उपयुक्त आदेश जारी गरी पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४७५४ - उत्प्रेषण एवं परमादेश लगायत उपयुक्त आदेश जारी गरी पाउँ भाग: ३५ साल: २०५० महिना: असोज अंक: ६ फैसला मिति :२०५०/०५/०६ ३३४२ निर्णय नं. ४७५४ ने.का.प. २०५० (ख) अङ्क ६ संयुक्त इजलास माननीय न्यायाधीश श्री गजेन्द्र केशरी बास्तोला माननीय न्यायाधीश श्री गोविन्द बहादुर श्रेष्ठ सम्वत २०४८ सालको रिट नं. .......... १८०३ आदेश मिति: २०५०।५।६।१ निवेदक : का.जि. गोलढुंगा गाउँ विकास समिति वडा नं. ४ घर भई हाल ललितपुर जिल्ला इमाडोल गाउँ विकास समिति वडा नं. ५ बस्ने वर्ष २६ को शारदा रिजाल । विरुद्ध विपक्षी : श्री ५ को सरकार, गृह मन्त्रालय, सिंहदरबार, काठमाडौं । : गृह मन्त्री श्री शेर बहादुर देउवा, गृह मन्त्रालय, सिंहदरबार । विषय : उत्प्रेषण एवं परमादेश लगायत उपयुक्त आदेश जारी गरी पाउँ । (१) शहिद मान्ने कुरा कुनै ऐन कानुनद्वारा निर्धारित भएको देखिदैंन । कुनै कार्यको सिलसिलामा कसलाई शहिद मान्ने भन्ने कुरा आ–आफ्नो परिभाषा र समक्षको आधारमा वीनिश्चय हुने गरेको परम्परा विश्वभरमा प्रचलित देखिन्छ । एउटा पक्षले शहिद मानेकोलाई अर्को पक्षले शहिद नमानेको पनि हुन्छ । अतः एवं श्री ५ को सरकारले जन आन्दोलन प्रारम्भ भइ आन्दोलन समाप्तिको घोषणा भएको समयभित्र आन्दोलनको दौरान मृत्यु भएकोलाई शहिद मान्ने नीति मिति २०४७।१०।४ मा निर्धारित गरेकोमा मिति २०४६।१२।२८ गते मृत्यु भएका प्रकाश रिजाललाई पनि शहिद मान्नैपर्छ भनी वाध्य गर्न सकिने कानुनी आधार देखिदैंन । गोरखापत्रमा प्रकाशित सूचना हेर्दा उक्त सूचनामा प्रकाशित नामावली नाम थप्न वा संशोधन हुने तात्पर्यका लागि प्रकाशित भएको कुरा त्यस व्यहोराबाट नै देखिन्छ । यसमा मुल कुरा के छ भने रिट क्षेत्रमा प्रवेश गर्दा निवेदिकालाई संविधानको कुन चाहि धारा वा नेपाल कानुनद्वारा प्रदत्त कुरा चाहि कानुनले प्रदान गरेको हक हो र त्यस्तो कुन कानुन हनन् भएको छ सो समेत रिट निवेदनपत्रमा खुलाउन सकिएको देखिएन । कानुनी आधार अभाव भएको स्थितिमा श्री ५ को सरकारले निर्णय गरी शहिद मान्ने भनी तोकेको मिति भित्र प्रकाश रिजालको मृत्यु नभएकोमा शहीदको सूचीमा समावेश गरी पाउँ भन्ने विषय रिटबाट विचार गर्नु पर्ने र हेर्नु पर्ने विषय नै नभएको समेतबाट रिट निवेदनपत्र लाग्नै नसक्ने हुँदा खारेज हुने । (प्र.नं. ६) निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री तिर्थ बस्यौला । विपक्षीको तर्फबाट: विद्वान सरकारी अधिवक्ता श्री बलराम के.सी. । आदेश न्या. गजेन्द्रकेशरी बास्तोला १. जन आन्दोलनले निरंकुश तानाशाह पंचायती व्यवस्थाको अन्त गरेको विजय जुलुसको भोलिपल्ट अर्थात मिति २०४६।१२।२८ गतेका दिन मण्डलेहरुको क्रुर आक्रमणबाट फुलबारी गेटमा मेरो पतिदेव प्रकाश रिजालको जीवनलिला समाप्त भयो, शहिदका परिवार घाइतेलाई सहयोग गर्न गठित उच्चस्तरिय समितिको निर्णयानुसार निजलाई शहिद घोषणा गरिएको कुरा विपक्षी मन्त्रालयद्वारा २०४७ साल कार्तिक ९ गते गोरखापत्रमा सूचना प्रकाशित गरिएकोबाट थाहा भयो, जुन आन्दोलनको सिलसिलामा शहिद भएका प्रत्येक शहिदका परिवारलाई रु. १,००,००० (एकलाख) का दरले आर्थिक सहायता प्रदान गर्ने गरेको श्री ५ को सरकारको निर्णयानुसार आर्थिक सहायताका लागि विपक्षी समक्ष आवेदन गरेकोमा मिति २०४६।१२।२६ गते भित्र मृत्यु भएकोलाई मात्र शहिद मानिएको हुँदा निज प्रकाश रिजाललाई शहिदको रुपमा स्वीकार गर्न नसकिने भनी मिति २०४७।१२।२६ गतेमा माननीय गृह मन्त्री ज्यूबाट निर्णय भई नेपाल मानव अधिकार संगठन ललितपुर शाखा मार्फत जानकारी पाएकाले म