निर्णय नं. ५०६१ - निखनाई पाउं

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ५०६१ - निखनाई पाउं भाग: ३७ साल: २०५२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५१/०५/२० २२८५ निर्णय नं. ५०६१ ने.का.प. २०५२ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ सम्वत् २०४९ सालको दे.पु.नं. १०६२ फैसला मिति : २०५१।५।२०।२ मुद्दा : निखनाई पाउं । पुनरावेदक/वादी: जिल्ला रौतहट चन्द्रनिगाहापुर गाउँ विकास समिति वा नं. ७ बस्ने राम बहादुर गिरी। विरुद्ध विपक्षी/प्रतिवादी: ऐ.जिल्ला चन्द्रनिगाहपुर गाउँ विकास समिति वा.नं. १ बस्ने सुन्दरीमाया तामाङनी । ऐ.ऐ बस्ने विष्णु माया पाण्डे । लिखत भएको मितिमा पुनरावेदक मोही थिए थिएनन् ? अथवा निजले मोहीको प्रमाणपत्र प्राप्त भएपछि मात्र निजलाई मोही हैसियतको निखन्न पाउने कानुनी हक उपलब्ध हुन्छ वा मोही प्रमाणपत्र प्राप्त गर्नु भन्दा अघि पनि खुद जोती आएको सम्म नाताले त्यस्तो हक दावी गरी मुद्दा चलाउने हक उपलब्ध हुने के कसो हो भन्ने कुरा नियमित अदालतबाट निराकरण गराउनु पर्ने विषय रहेको देखिने । (प्रकरण नं. ११) लेनदेन व्यवहारको महलको ११ नं. ले लिखत भएको मितिले ६ महिना भित्र थाहा पाएको ३५ दिनसम्ममा निखन्ने सम्बन्धमा नालेश उजूर गर्नु पर्ने व्यक्तिले सो ३५ दिनको म्याद गुजारी बसेपछि हदम्याद गुज्रेको मितिले ४५ दिनभित्र विन्तिपत्र परेको भए हदम्याद थामी दिने व्यहोराको हुकुम प्रमांगी प्राप्त गर्छ भने म्याद थामिन नसक्ने स्पष्ट देख्दा देख्दै पुनरावेदन अदालतले प्रस्तुत मुद्दा उपर कारवाही जारी गर्न लगाउने कुनै औचित्य नै नरहने । (प्रकरण नं. ११) पुनरावेदन सुन्ने अदालत वा निकायले समेत शुरु अदालत वा निकाय सरह मुद्दा नै नचल्ने स्थिति देखिएमा सोही कारणबाट खारेज गर्न कानुनतः बाधा समेत नदेखिएकोले पुनरावेदन अदालत हेटौंडाको खारेज गर्ने गरेको फैसला मनासिब ठहर्ने । (प्रकरण नं. ११) निवेदक तर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु थापा विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने अवलम्बित मुद्दाःX फैसला न्या.केदारनाथ उपाध्यायः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अनुसार यस्तै अदालतको अधिकार क्षेत्रभित्र पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा निम्न अनुसार छ :– २. यसमा गा.पं. चन्द्रनिगाहपुर वार्ड नं. १ कि.नं. २४४ को ०–१९–५ जग्गाको विपक्षी मध्येको सुन्दरीमाया तामाङनी जग्गा धनी तथा म निवेदक कानुनन मोही भएकोमा विपक्षी र म निवेदक बीच मोही सम्बधी विवाद चलिरहेको अवस्थामा गुपचुप तरिकाबाट मलाई थाहा जानकारी नै नहुने गरी मोही कि.नं. २४४ बाट र नं. ३७७५ मिति ०३७।११।२३ मा कि.नं. ९५३ को ०–८–० जग्गा तथा कि.नं. १०२६ को ०–२–० जग्गा र नं. १६६८ मिति ०३८।६।११।१ मा बिक्री गरेको थैली रु. क्रमशः ८८२५।– तथा ५००।– भएको रजिष्ट्रेशन दस्तुर क्रमशः ४४१।२५ तथा ५।– समेत जम्मा रु. ९३२५ र रजिष्ट्रेशन दस्तुर रु. ४४६।२५ गरी जम्मा रु. ९७७१।२५ लिई जम्मा निखनाई दिनु होस् भनी विष्णुमाया पाण्डेलाई भन्दा इन्कार गरेको र ६ महिना भित्र थाहा पाएको मितिले ३५ दिनभित्र उजूर गर्नु पर्नेमा सो म्याद गुज्रन गई श्री ५ महाराजाधिराज सरकारका जुनाफमा पटक पटक विन्तिपत्र चढाउँदा मिति ०४५।६।२४।२ मा चढाएको विन्तिपत्रमा म्याद थामी आएको सूचना ०४५।१०।१६ मा पाएकोले सो जग्गाको मोही कायम भै मिति ०४५।७।५ को निर्णयले मिति ०४७।७।५ मा मोहीको प्रमाणपत्र पाएको नाताले लेनदेन व्यवहारको १२ नं. ले मेरो निखनाई पाउने अधिकार भएबाट सूचना पाएको मितिले ३५ दिनभित्र ल