निर्णय नं. ५०६२ - इन्साफ दोहोर्यासई हेरी पाउं
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ५०६२ - इन्साफ दोहोर्यासई हेरी पाउं भाग: ३७ साल: २०५२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०५१/११/०३ २४४१ निर्णय नं. ५०६२ ने.का.प. २०५२ अङ्क २ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री नरेन्द्रबहादुर न्यौपाने सम्वत् २०५० सालको दे.वि.नं. १२२ फैसला मिति : २०५१।११।३।४ विषय : इन्साफ दोहोर्याई हेरी पाउं । निवेदक/प्रतिवादी: का.जि.का.न.पा. वडा नं. ९ बस्ने सूर्य कुमारी पाण्डे । विरुद्ध विपक्षी/वादी: का.जि.का.न.पा. वडा नं. ६ बस्ने जितेन्द्र लामा । अदालत पशुपति अमालकोट कचहरीको निर्णय उपर विचार गर्न पूर्ण सक्षम देखिने । (प्रकरण नं. १५) बिना कुनै सबूद मौखिक जिकिर लिदैमा त्यसलाई आधार मानी उजूर गर्ने हकदैया नै छैन भनी नालेस खारेज गर्नु पर्ने आधार नदेखिने । (प्रकरण नं. १६) दर्तावालाको हकदार छँदाछँदै हकदारलाई बुझ्दै नबुझी घरसारको बकसपत्र लिखतलाई मान्यता प्रदान गरी मोही पजनी गरेको पशुपति अमालकोट कचहरीको निर्णय कानुनसंगत नदेखिने । (प्रकरण नं. १८) निवेदक तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र विद्वान अधिवक्ता श्री पन्नामान तुलाधर विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती, विद्वान अधिवक्ता श्री शम्भु थापा अवलम्बित नजीरःX फैसला न्या.गोविन्द बहादुर श्रेष्ठः म.क्षे.अ.को फैसला दोहर्याई हेरी पाउँ भनी श्री ५ महाराजाधिराज सरकारको जुनाफमा चढाएको विन्तिपत्रमा बकस भै आएको हु.प्र.बमोजिम यस अदालतको देवानी विधिवतको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ :– २. हामीरुको जिजु बज्यू कर्मतुङ लमिनीयाका नाममा श्री पशुपति अमालकोट कचहरी लगतमा दर्ता भएको ऐ. का.न.पं. वार्ड नं. ८ पशुपति स्थित आर्यघाटको घाटे वैद्य खान्गीको साविक दर्तावाला जिजु बज्यैको मृत्यु भएकोले हामीहरुका पिता बुद्धराज लामाका नाउँमा जोताहा र ज.ध. ऐ.पशुपति अमालकोट कचहरी जनि का.जि.बौद्ध गा.पं. वार्डं नं. ३ कि.नं. ११९ क्षेत्रफल रोपनी १–५–० कायम भई नापी नक्सा समेत भएको उपरोक्त जग्गाको तिरोवाला ऐ. कचहरी तिर्जा अनुसार साविक देखि बाबा जीवित छउन्जेल बाबाले र निज मिति ०४२।५।१२ मा परलोक हुनु भएपछि हामी पत्नी छोराले बुझाई साविक देखिहालसम्म अवछिन्न रुपमा भोग चलन गरी आएको उक्त जग्गाको मोल रु. १०,०००।– पर्ने उक्त जग्गामा हामीहरुलाई वञ्चित गराई विना आधार विपक्षी सुर्यकुमारी पाण्डेका नाउँमा दर्तावाला तथा मोही कायम गर्ने गरिएको मिति ०४३।१।१५ का टिप्पणी सदर कायम गरेको निर्णय बदर गरी हामीहरुको हक कायम समेत गरी सो अनुसार विपक्ष अमालकोट कचहरीका नाउँमा जनाउ समेत गरी पाउँ भन्ने समेत व्यहोराको मिति ०४३।२।१३ को फिरादपत्र । ३. श्री पशुपतिनाथको गुठीको लगतमा आफ्नो नाम नभएको तथ्यलाई फिरादमा स्वीकार गर्नु भएकै छ । जग्गा नाप जाँच ऐन, २०१९ अन्तर्गत नाप जाँच गरिएको सर्भेको फिल्ड बुकको जोताहाको महलमा आफ्नो पिताजी बुद्ध राज लामाको नाम उल्लेख भए गरिएको आधार लिइएको रहेछ । निज बुद्धराज लामाले रु. ९९।– मा कि.नं. ११९ को हाल ठहर क्षेत्रफल रोपनी १–५–० मलाई मिति ०३२।३।११ मा हा.व. गरिदिनु भएको छ । बकसपत्र लिखत गरी दिँदाको अवस्थामा प्रचलन रहेको मुलुकी ऐन रजिष्ट्रेशनको २ नं. ले त्यस्तो लिखत रजिष्ट्रेशन गराई रहनु पर्ने प्रयोजन थिएन । मैले श्री पशुपति नाथ अमालकोट कचहरी समक्ष ०४३।१।९।३ मा गरेको बयानमा नापीमा बुद्धराजको नाम भएतापनि निजको नाम दाखेल खारेज दर्ता भएको होइन । फिल्