निर्णय नं. २२६४ - दर्ता बदर हक कायम
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २२६४ - दर्ता बदर हक कायम भाग: २७ साल: २०४२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४२/०१/१४ २४८७ निर्णय नं. २२६४ ने.का.प. २०४२ अङ्क २ फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको दे.फु. नं. ८० मुद्दा : दर्ता बदर हक कायम । पुनरावेदक/वादी:जि.चितवन भरतपुर नगर पञ्चायत वडा नं. ९ बस्ने लाला बुद्धिमान श्रेष्ठ विरूद्ध विपक्षी/प्रतिवादी: ऐ.ऐ. बस्ने मेघराज उपाध्याय फैसला भएको मिति:२०४२।१।१४।६ मा एकाको हकभोग दर्ताको जग्गा अर्काको नाममा नापी दर्ता भएकोमा त्यस्तो जग्गा नापी भई दर्ता श्रेस्ता खडा भएको मितिबाटै मुद्दा गर्नुपर्ने कारणको सिर्जना भएको मान्नुपर्ने । (प्रकरण नं.१२) हक प्रमाणको प्रमाणिक अभिलेखको सिर्जना दर्ता श्रेस्ताबाटै हुने । (प्रकरण नं.१२) पुनरावेदक/वादी तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद पन्त विपक्षी/प्रतिवादी तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भु प्रसाद ज्ञवाली र विद्वान अधिवक्ता श्री जगन्नाथ पौडेल र श्री यादव प्रसाद खरेल उल्लेखित मुद्दाःX फैसला न्या.धनेन्द्र बहादुर सिंहः सर्वोच्च अदालत फुल बेञ्चको २०४०।८।९ को निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तिपत्र पर्दा व्यहोरा साँचो हो र जग्गाधनी प्रमाण पूर्जा विवरण भएको मितिबाट गुज्रेको हदम्याद थामी फिरादपत्र दर्ता भइसकेको मुद्दा खारेज भएको हो र साहूले थैली कपालीमा दावी गरी फिरादपत्र दिइसकेको रहेछ भन्ने त्यस अदालतको फुल बेञ्चबाट निर्णय भएका बिन्तिपत्रमा लेखिएका निवेदक वादी भएका दर्ता बदर हक कायम मुद्दाहरूको मिसिल झिकी मिसिल दाखिला भएको तीन महिनाभित्र फुल बेञ्चबाट दोहर्याई हेरी कानुन बमोजिम निर्णय गरी नतीजा जाहेर गर्नु भन्ने समेत मौसूफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएका हुकुम प्रमाङ्गी बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. चितवन भरतपुर गा.पं. वार्ड नं. ७ कठसिक्री मौजामा रा.दु.वि. भूमि वितरण कमिटिबाट ०१७।१।२२ मा जि.मनिराम दरे जिम्मा मैले प्राप्त गरी हक भोगको कि.नं. १२,१४ को ज.वि. २९–११–६ को थैली प्रति मूल्य बुझाई आएकोमा विपक्षी मेघराज समेत ११ जनाबाट रु. १४७९५०। मा २ कित्ता मध्ये कि.नं. १४ को बिगहा २७–११–१६ राजीनामा गरिदिएको विपक्षीबाट रु. १५,०००। थैली परेको उक्त लिखत पास गराउन चि.मालमा दाखिल भएकोमा पास नगरी दिँदा चि.माल र अर्थ मन्त्रालय मालपोत उपर साहुहरू मध्ये विपक्षी मेघराज, पूर्णकला, कृष्णराजको मात्र सर्वोच्च अदालतमा रिट निवेदन परी पास गरिदिने ०२७।१२।१० मा रजिष्ट्रेशन दस्तूरको सम्बन्धमा कानुन बमोजिम गर्नु भन्ने ०२९।१।१४ मा निर्णय भएको पास गराई लिन विपक्ष समेत कुनै नगई कपाली गराई, रजिष्ट्रेशन दस्तूर समेत बुझी लिइसकेकोमा कर्मचारीलाई झुक्यानमा पारी कि.नं. १४ को जग्गा बेग्लाबेग्लै कित्ता काटी कि.नं. ७६।८० को जग्गा ज.वि. २–१७–७ समेतको विपक्षीले दर्ता गराएकोमा ०२८ साल माघ ३ गते पूर्जा वितरण शुरू भएकोले नालेश गरेको छु । कि.नं. ७६।८० को दर्ता बदर गरी मेरो हक कायम गर