निर्णय नं. २२६५ - ज्यान ।

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २२६५ - ज्यान । भाग: २७ साल: २०४२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४१/१२/२३ २२१० निर्णय नं. २२६५ ने.का.प. २०४२ अङ्क २ फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४१ सालको फौ.फु.नं. १३ मुद्दा : ज्यान । निवेदक/प्रतिवादी: जिल्ला रौतहट प्रगन्ना परोश फरहदवा गा.पं. वडा नं.५ घर भै रौतहट कारागारमा थुनामा रहेको शेख तफाजुल मियाँ । विरूद्ध विपक्षी/वादी:शेष अबुलेस समेतका जाहेरीले श्री ५ को सरकार । फैसला भएको मिति:२०४१।१२।२३।६ मा अतः शंका र अनुमानको आधारमा प्रतिवादीकै कर्तव्यबाट मृत्यु भएको भन्न नमिल्ने शंकाको सुविधा प्रतिवादीले पाउने । (प्रकरण नं.१८) निवेदक प्रतिवादी तर्फबाटःX विपक्षी/वादी तर्फबाट: विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल उल्लेखित मुद्दाःX फैसला न्या.धनेन्द्र बहादुर सिंहः नेपालको संविधानको धारा ७२(ख) बमोजिम श्री ५ महाराजधारिाजबाट डिभिजन बेञ्चले मिति ०४०।८।९।६ मा गरेको फैसला दोहर्‍याई हेरिदिनु भन्ने हु.प्र.बक्स भई आए बमोजिम यस फुल बेञ्चको लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ । २. शेष अबुलेसको छोरी अन्दाजी वर्ष १० की हरिरा सेखिन नाकमा सुनको नथुनी र घाँटीमा चाँदीको तोख गहना लगाई यही ०३५।५।८ का दिन बिहान ७ बजेको टायममा घाँस काट्न गएकी थिई, उखू बारीमा घाँस काट्न जाउँ भनी शेष तफाजुले फकाई उखूभित्र घाँस काट्न गएकोमा नाक र कानको गहना खोसी हरिराले हल्ला गर्न लाग्दा हँसियाले हरिराको घाँटीमा तथा हातमा जत्रतत्र हिर्काई अब मरी भन्ने डरले भागी जान लागेको पक्राउ गरी शेष तफाजुलाई दाखिल गरेको छु । हरिरा मर्ने बाँच्ने दोसाँधमा हुँदा मरेमा ज्यान सम्बन्धीको ऐन बमोजिम र नमरे ज्यान मार्ने उद्योगमा सजायँ गरिपाउँ भन्ने शेष अबुलेसको जाहेरी दर्खास्त । ३. ०३५।५।८ गतेका दिन बिहानै उखु खेतमा घाँस काट्न गएको थिएँ हरिरा पनि गएकी थिई निजका नाकमा सुनको नथुनी भएकाले त्यसै खोस्दा हल्ला गर्ली भन्ने डरले मारी दिएमा पक्राउ पर्दिन भनी खुर्पाले घाँटीमा तथा जत्रतत्र हानी सिथिल भएपछि नथुनी खोसी लिएको हुँ भन्ने समेत व्यहोराको शेष तफाजुलले प्रहरीमा गरेको साविती कागज । ४. मैले हरिरालाई चिन्दिन सो ०३५।५।८ मा उखू बारीमा घाँस काट्न गएको होइन हरिरालाई मैले मार्ने नियतले हिर्काएको होइन प्रहरीमा मलाई जबरजस्ती बयानमा सही गराएका हुन् भन्ने समेत व्यहोराको शेष तफाजुलले अदालतमा गरेको बयान । ५. ०३५।५।८ गते बिहान शेष तफाजुलले हरिरा सेखिनलाई उखू खेतमा खुर्पाले काटी भागेकोमा हरिरा उखु बारीबाट बाहिर निस्की इसारा गरे अनुसार निज शेष तफाजुलले नै खुर्पाले काटी ज्यान मार्ने नियत लिएको हुनुपर्छ भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का । ६. मेरो रोहवरमा उपस्थित गराइएको शेष तफाजुलले नै मलाई काटेको हो भनी मर्ने हरिरा सेखिनको होश छँदै इशाराबाट व्यक्त गरेको कुराको ०३५।५।२६ को कागज । ७. यसमा बुझिएका सरजमीन केश फाराम आदेश सबूत प्रमाण समेतबाट शेष तफाजुलले खुर्पाले काटी हरिरा सेखिनलाई मार्ने नियत लिएको र ज्यान नमरी जीवित रहेकोले ज्यान मार्ने उद्योग गरेको सिद्ध हुन आएकोले ज्यानसम्बन्धीको १५ नं. बमोजिम सजायँको माग भई परेको प्रहरी प्रतिवेदन दर्ता भएकोमा पछि हरिरा देवीको भारत पटना अस्पतालमा सोही चोटपिरबाट मृत्यु भएकोले निज प्र.शेष तफाजुललाई ज्यानसम्बन्धीको महलको १३(३) बम