निर्णय नं. २२६६ - खुन डाँका

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २२६६ - खुन डाँका भाग: २७ साल: २०४२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४२/०१/०७ २५९३ निर्णय नं. २२६६ ने.का.प. २०४२ अङ्क २ फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा सम्वत् २०४१ सालको फौ.पु.नं. २१, २६, २७, २८, २९ फौ.सा.नं. ३० मुद्दा : खुन डाँका । पुनरावेदक/प्रतिवादी:जि.सर्लाही ईश्वरपुर गा.पं.वा.नं.२ घर भै हाल जिल्ला कार्यालय कारागार शाखा, सर्लाहीमा थुनामा रहेको विष्णु बहादुर गिरी । ऐ.ऐ लालबन्दी गा.पं.वा.नं.६ घर भै हाल ऐ.ऐ मा थुना रहेको कालुमान योन्जन ऐ.ऐ लालबन्दी गा.पं.वा.नं.६ घर भै हाल ऐ.ऐ मा थुना रहेको अमिर मान पाख्रिन ऐ.ऐ वा.नं.३ घर भै ऐ.ऐ थुनामा रहेको रवि घलान तामाङ ऐ.ऐ शंकरपुर गा.पं.घर भै ऐ.ऐ मा रहेको बीर बहादुर योन्जन ऐ.ऐ गंगापुर गा.पं.वा.नं.३ घर भै ऐ.ऐ मा रहेको मेहीलाल दनुवार ऐ.ऐ लालबन्दी गा.पं.वा.नं.३ घर भै ऐ.ऐ मा रहेको आश बहादुर पाख्रिन विरूद्ध विपक्षी/वादी: वेद कुमारीको जाहेरीले श्री ५ को सरकार पुनरावेदक/वादी: वेद कुमारीको जाहेरीले श्री ५ को सरकार विरूद्ध विपक्षी/प्रतिवादी:जि.सर्लाही इश्वरपुर गा.पं.वा.नं.२ घर भै हाल जिल्ला कार्यालय कारागार शाखा सर्लाहीमा बन्दी भै बस्ने विष्णु बहादुर गिरी ऐ.ऐ वडा नं.२ बस्ने धर्मनाथ गिरी समेत फैसला भएको मिति:०४२।१।७।६ मा वारदातमा आफू सावित भई पोल गर्ने सहअभियुक्तहरूको बयानमा विश्वास गर्नुनपर्ने कुनै कारण देखिँदैन । (प्रकरण नं.४२) पुनरावेदक/प्रतिवादी तर्फबाट:विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी विपक्षी/वादी तर्फवाट:विद्वान सरकारी अधिवक्ता श्री वलिराम कुमार फैसला न्या.धनेन्द्र बहादुर सिंहः डिभिजन बेञ्चसमक्ष पेश हुँदा मतैक्य हुन नसकी सर्वोच्च अदालतनियमावली, २०२१ को नियम ३३(क) बमोजिम यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. ०३५।३।१६ गतेको राति हामी सपरिवार सुती निदाएको बखत अं. १२ बजेको समयमा अं. १५।२० जवान खुनी डाँकाहरू मेरो पूर्व मुखको बार्दलीमा चढी बन्दुकको १ फायर गर्दा म समेतका परिवारहरू निन्द्राबाट बिउँझे, बन्दुक देखाई कोठा खोल्न लगाई भतिजा कृष्ण बहादुर थापालाई र उनकी श्रीमती लिलादेवी थापालाई कुटपीट गरी केही डाँकाहरू मेरो उत्तर मुखको हामी सुतेको कौलमा बन्दुक देखाई ढोका खोल भन्दा झ्यालको बाटो गरी हामफाली गुहार माग्न गई गाउँले तथा चौकीका प्रहरी लिई घर आउँदा डाँकाहरूले मोल रु. ३८,४३५। को धनमाल डाँका गरी गाउँ देखि पूर्वतर्फ भागी गएको थियो घरमा हेर्दा भतिजा कृष्ण बहादुरलाई बायाँ हातमा छर्रा लागेको र पेटमा चुपी भाला लागी मरिसकेको र लिलादेवीलाई कुटपीट गरेकोले लिलादेवी छिन–छिनमा होसमा आउने र छिनछिनमा बेहोस भइरहेकी छ । कृष्ण बहादुरको छोरा सन्तोषकुमार, छोरी सत्यभामा र नोकर भरोसीलाई समेत कुटपीट गरी घाउ खत पारिदिएकोले म समेतका मानिसहरूले डाँकालाई पहिचान गर्न सकिन लिलादेवी होसमा आएपछि डाँकाहरूलाई पहिचान गरे नगरे सम्बन्धमा बयान गरी उचित कारवाई गर्ने व्यवस्था हुने नै हुँदा डाँकाको पत्ता लगाई कारवाई गरिपाउँ भन्ने समेत बेदकुमारी थापाको जाहेरी । ३. बायाँ आँखामाथि पुर्पुरोमा अं.एक इञ्ची गोलो, २ इञ्ची गहिरो छर्रा लागेको घाउ, बीच भूँडीमा अं. आधा इञ्ची गोलाई अं. साँढे दुई इन्ची गहिरो चुप्पी भालाले घोचेको घाउ, बायाँ कोखमा आधा इञ्च गोलाई डेढ इञ्च गहिरो चुपीले रोपेको घाउ दायाँ हातको कान्छी