निर्णय नं. २२६७ - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २२६७ - जबरजस्ती करणी भाग: २७ साल: २०४२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४२/०१/११ २५१४ निर्णय नं. २२६७ ने.का.प. २०४२ अङ्क २ फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा सम्वत् २०४१ सालको फु.बे.नं. ११ मुद्दा : जबरजस्ती करणी । पुनरावेदक/प्रतिवादी:जिल्ला महोत्तरी सिसवा कटैया गा.पं.वार्ड.नं.९ बस्ने वीरेन्द्र कुमार तिवारी । विरूद्ध विपक्षी/वादी: हरिहर महतो कोइरीको जोहरीले श्री ५ को सरकार । फैसला भएको मिति:०४२।१।११।३ मा अर्को व्यक्तिसँग भएको चुनावको रिसइवी साँध्नका लागि आफ्नो छोरीको सतित्व तथा इज्जत लुट्यो भनी झुठ्ठा घटनाको सिर्जना गर्यो भन्ने कुरा अविश्वासनीय देखिने । (प्रकरण नं.२२) पुनरावेदक/प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री महादेव प्रसाद यादव विपक्षी/वादी तर्फवाट:विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्साल फैसला न्या.धनेन्द्र बहादुर सिंहः डिभिजन बेञ्चका माननीय न्यायाधीशहरूको बीचमा मतैक्य हुन नसकी यस फुल बेञ्चमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ : २. २०३६।१०।१२ गते बिहान ९।१० बजेको समयमा खेतमा खेसरीको साग ल्याउन गएकी मेरी छोरी सीतासुन्दरीलाई वीरेन्द्र कुमार तिवारीले जबरजस्ती करणी गरेको गुलजारी महतोले देखी मैले समेत थाहा पाएको हुँदा जाहेर गर्न आएको छु । कानुन बमोजिम गरिपाउँ भन्ने हरिहर महतोको जाहेरी । ३. खेतमा खेसरीको साग उखेल्दाको बखत वीरेन्द्र कुमार तिवारी त्यहाँ पुगी ६–७ वर्षकी मेरी साथी कौसील्यालाई छुरी देखाई भगाएर मलाई खेसरीको लहराले हात खुट्टा बाँधी भूँइमा लडाई जबरजस्ती करणी गरे । म बेहोस भएँ । गुलजारी र जयनारायणलाई देखी निज वीरेन्द्र भागेछन् । पछि निजहरूले घरमा पुर्याई दिएको कुरा होसमा आएपछि थाहा पाएँ भन्ने सितासुन्दरीको प्रहरीमा कागज । ४. लेखिए बमोजिम जबरजस्ती करणी गरेको थाहा पाई पक्रन जाँदा निज वीरेन्द्र कुमार भागी गएको, फेला नपरेको भन्ने समेत सरजमीन मुचुल्का । ५. अभियुक्त पक्राउ नपरे पनि चस्मदिदले सरजमीनमा लेखाई दिएको र अन्य सरजमीनले पनि घटना भएको कुरा लेखाई दिएकोले निज वीरेन्द्र कुमार तिवारीलाई जवबरजस्ती करणीको १ नं. अन्तर्गतको अपराधमा ऐ. को ३ नं. बमोजिम सजायँ हुनुपर्ने भन्ने प्रहरी प्रतिवेदन दावी । ६. ०३६।१०।१० गते नै म प्रयाग कुर्मीसँग रू.२२५। लिनु पर्ने हुँदा जि.स.हरपूर्वा भूताहा वार्ड नं. ७ मा गएको विरामी भएकोले भोलिपल्ट प्रयागले आयुर्वेद औषधालयमा उपचार गराएकोेले ऐ. १४ गते मात्र घर फर्केको हुँ । जाहेरवालाको मसँग बुबाको चुनाव सम्बन्धी इवी भएकोले सितासुन्दरीलाई गोरूले हानेकोलाई जबरजस्ती करणी गर्यो भनी मेरो उपर उजूर गरेको हुन् । म निर्दोष भएकोले सफाई पाउँ भन्ने समेत वीरेन्द्र कुमार तिवारीको अदालतमा भएको बयान । ७. गुलजारीको खेतमा खेसरी उखेली रहेको अवस्थामा वीरेन्द्र कुमार तिवारीलाई मेरो हात खुट्टा बाँधी मुखमा साग ठुसी करणी गरेपछि खोली दिए । करणी गरिरहेको अवस्थामा गुलजारीले २ लग्गा फरकबाट देखी वीरेन्द्र कुमारलाई लखेटी मकहाँ आई मलाई घर लगेछन् भन्ने समेत सीतासुन्दरीको अदालतमा भएको बकपत्र । ८. म आफ्नो घरमा भएको अवस्थामा गुलजारीले मलाई बोलाई सीतासुन्दरीलाई राखेको ठाउँमा लगी वीरेन्द्र कुमारले जबरजस्ती गरेको भनी भनेको हो छोरीले लगाएको लुगामा यत्रतत्र रगत थियो । छोरीलाई जनकपुर अं.अस्पतालमा लगी उपचार गराएको हुँ भन्नेसम