निर्णय नं. २२६८ - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २२६८ - अंश भाग: २७ साल: २०४२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४२/०१/२५ २२२० निर्णय नं. २२६८ ने.का.प. २०४२ अङ्क २ फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा सम्वत् २०४१ सालको दे.फु.नं. ८४ मुद्दा : अंश । निवेदक/प्रतिवादी: प्रेम बहादुर राउत क्षेत्री मरी मु.स.गर्ने ऐ.को छोरा ल.पु.जि.गोदाम चौर गा.पं.वडा नं.३ बस्ने नारायण बहादुर राउत क्षेत्री । विरूद्ध विपक्षी/वादी:ऐ.ऐ. बस्ने धन कुमारी राउत क्षेत्री । ऐ.ऐ बस्ने अंकुर राउत क्षत्री । फैसला भएको मिति:०४२।१।२५।३ मा एउटै विवाद विन्दुमा दुई डिभिजन बेञ्चबाट दुई भिन्न भिन्न सिद्धान्त स्थापित हुने फैसला हुन जान्छ भने त्यस्तो अवस्थामा रूलिङ बाझिएको भन्नुपर्ने । (प्रकरण नं.१७) अलग–अलग विवाद विन्दुमा दुई डिभिजन बेञ्चबाट भएको निर्णयलाई रूलिङ बाझिएको भन्न मिल्ने देखिएन । (प्रकरण नं.१८) निवेदक/प्रतिवादी तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री वासुदेव प्रसाद ढुङ्गाना र विद्वान वरिष्ठ अधिवक्ता श्री बद्री प्रसाद शर्मा विपक्षी/वादी तर्फवाट:विद्वान अधिवक्ता श्री सिन्धुनाथ प्याकुरेल फैसला न्या.धनेन्द्र बहादुर सिंहः रूलिङ बाझियो भनी सर्वोच्च अदालत नियमावलीको नियम ३३(ख) बमोजिम फुल बेञ्चको लगतमा दर्ता भई पेश हुन आएकोमा प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्नबमोजिम छ । २. परलोक भइसकेको सासु ससुराबाट जेठा रामकृष्ण भन्ने उदय बहादुर, माहिलो मेरो विवाह हुनुभन्दा अगावै परलोक भएको, साहिला रामरावन र कान्छा नारायण राउत जम्मा ४ छोरा र ५ छोरी भएकोमा जेठा उदय बहादुर ०२५ सालमा परलोक भएको, वहाँकी २ श्रीमती मध्ये जेठीको मृत्यु भइसकेको, जेठीतर्फबाट १ मात्र छोरा, सुदर्शन भएको र कान्छी मेरी पट्टी पनि एउटा अंकुर राउत छ । साहिला रामरावन, कान्छा नारायण र छोरीहरू सबैको विवाह भइसकेकोले ४ भाग मात्र अंशबण्डा गर्नुपर्नेमा घरको हैसियत अनुसार खान लाउन नदिई त्यसबाट वञ्चित गराई अंश माग्दा नदिएकोले अंशबण्डाको २० नं. बमोजिम तायदाती माग गरी ऐ. १, २, ५ र १२ अनुसार ४ बण्डा मध्ये पतिको भागमा पर्ने १ भागको ३ खण्डको २ खण्ड पाउँ भन्ने फिराद दावी रहेछ । ३. वादीका लोग्नेले अंश लिई सकेको र अंश दिन बाँकी केही छैन । लोग्नेको नाउँबाट आफ्नो नाउँमा नामसारी गरी झगडियाको दरकारमा लागी चल जेथा बिक्री गराई आफ्नो स्वार्थ पूर्ति गरी आर्थिक प्रलोभनमा परी झुठ्ठा आरोप लगाएको हो । अंश भागमा परेको ०२१ सालको भू.स.नापीमा गोदामचौर गा.पं.वा.नं. ९(ख) को समेत जम्मा कित्ता ७ भोग गरिआएको र सौतेनी छोरा विष्णु परलोक हुँदा औषधी गर्न काजकृया गर्न रु. १९००। को कर्जा लिँदा यही जग्गा मध्ये गोदामचौर गा.पं.वा.नं. ७(ग) कि.नं. २४ को माटो रोपनी २–१२–० जग्गा वादीको छोरा सुदर्शनले मेरो बाबुको अंश भोगको भनी धितोबन्धकी समेत राखेका हुन् । निज शुदर्शन बुझी पाउँ, अंशियार मध्ये मेरो अर्को छोराले पनि अंश बुझी सकेको छ । अंशियार बुझी वादी दावाबाट फुर्सद पाउँ भन्ने समेत प्रतिउत्तर रहेछ । ४. बाजेबाट बाबु उदय बहादुरले र काकाहरूले पनि अंश अघि नै लिई भिन्न बसी सक्नु भएकोले दोहोरो अंश लिन नालेश गरेको हो । बाबुको अंशमा परेको जग्गा रोपनी २।।। बाबु परलोक हुँदा जग्गा कृष्ण बहादुरलाई भोगबन्धकी दिई निजबाट रु. १९००। लिई बाबु र दाजुको काजकृया समेत गर्नु भएकोबाट अंश लिइसकेको सिद्ध छ भन्ने समेत सुदर्शनको बयान । ५. प्रेम बहादुरको ४ छोरामा मे