निर्णय नं. २२६९ - ज्यान मार्ने उद्योग

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २२६९ - ज्यान मार्ने उद्योग भाग: २७ साल: २०४२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४२/०२/११ २१६७ निर्णय नं. २२६९ ने.का.प. २०४२ अङ्क २ फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा सम्वत् २०४० सालको फौ.फु.नं. १८ मुद्दा : ज्यान मार्ने उद्योग । निवेदक/प्रतिवादी:जनकपुर अंचल रामेछाप, निगालपानी गा.पं.वडा नं.८ बस्ने अन्तरे भन्ने ओम बहादुर लामा विरूद्ध विपक्षी/वादी: श्री ५ को सरकार फैसला भएको मिति: ०४२।२।११।६ मा दुइ भिन्दा भिन्दै अवस्थाको विवाद बिन्दुमा दुई डिभिजन बेञ्चबाट भएको निर्णयलाई रूलिङ बाझिएको भन्न मिल्ने देखिएन । (प्रकरण नं.२९) निवेदक/प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री विश्वराज पाण्डे विपक्षी/वादी तर्फवाट: विद्वान सरकारी अधिवक्ता श्री भैरव प्रसाद लम्साल उल्लेखित मुद्दाःX फैसला न्या.धनेन्द्र बहादुर सिंहः निवेदकको निवेदनमा सम्माननीय प्रधान न्यायाधीशज्यूबाट रूलिङ बाझियो भन्ने आदेश भई सर्वोच्च अदालत नियमावलीको नियम ३३(ख) अनुसार यस बेञ्चमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ : २. सिम्ले खेतमा धान झार्न लगाई धान पठाई पछाडि घरतर्फ जाँदा अंतेको खेत छेउमा आइपुगे पछि कान्लाले छली बसेका विपक्षीहरूमध्ये मान बहादुरले भोटे कुराबाट “खाजी पुङ्गो” आयो हान भन्ने वचन दिएपछि पूर्णबहादुरले बाटो छेकी अंतरे तामाङले बोकेको धारिलो खुकुरीले मेरी आमाको टाउको पछाडि दाहिने भागमा मच्चाई काटेको र ठाइलो तामाङले घंगारूको लठ्ठीले टाउको र जिउमा एकैसाथ हिर्काएको चोटले आमा मुर्छा परेको कुरा खड्ग बहादुर तुलदासले देखि मलाई खेतमा खबर गरी घटनास्थल आउँदा मुर्छित आमा दुर्गामायालाई पानी छ्यापी धेरै समयपछि होसमा आएपछि घर लगी म्यादभित्र आमालाई सहित बोकाई जाहेर गर्न आएको छु । विपक्षीहरूले हाम्रो जग्गामा बस्तु चराउने गर्थे र त्यसो नगरिदिनोस् भन्दा एकै चोटमा सिध्याई दिउँला धेरै बक् बक् नगर भनी भनेका थिए । सोही रिसइवीबाट ज्यान मार्ने उद्देश्यले मेरो आमालाई एकान्त पारी विपक्षीहरूले ज्यान मार्ने उद्योग गरेकोले विपक्षीहरूलाई पक्री आमाको घा–खत जाँच गराई विपक्षीहरूलाई मुलुकी ऐन ज्यानसम्बन्धीका महलको १५ नं. बमोजिम सजायँ गरिपाउँ भन्ने जंगबहादुरको जाहेरी दर्खास्त पत्र । ०३५ साल मार्ग ५ गते धान झार्न छोराहरू खेतमा गएकाले खाजा पुर्‍याउन जाँदा दर्खास्तमा उल्लेख भएका मानिसहरूको वस्तु मेरो बारीमा पसेका देखी बालीमा बस्तु किन छाडेको भन्दा भनाभन भएको थियो, खेतमा खाजा पुर्‍याई फर्की चमारे खोलामा आई पुग्नासाथ मान बहादुर पूर्णबहादुर बचन दिने भई ठाइलो तामाङले घंगारूको लठ्ठीले र अन्तरे तामाङले खुकुरीले मेरो टाउकोमा हिर्काएपछि म वेहोस भएपछि क–कसले के के गरे थाहा भएन, छोराहरूले रामेछाप अस्पताल ल्याई औषधी गरेको ३ दिन पछि मात्र होस् आयो, ज्यादै दुखिरहेको छ, ज्यान मार्ने उद्योग गरी हानेको चोटको औषधी उपचार राम्रो भएमा बाँचुला जस्तो लाग्छ, मलाई ज्यान मार्ने उद्योग गरी बचन दिनेमा मान बहादुर, पूर्णबहादुर र बचन मानी लाठ्ठी खुकुरीले हान्नेमा ठाइला तामाङ्ग र अन्तरे तामाङ्ग हुन् र अरु सहमति कोही छैनन् भन्ने समेत व्यहोराको दुर्गामायाको ०३५।८।२१।३ को प्रहरीमा कागज । ३. ०३५ साल मार्ग ५ गते बाबुको समेत वस्तु भेला गरी दोभान खेतमा चराउन लगी गोठतर्फ लिई गएँ, ६।। बजेको समयमा मेरो मीतआमा नाता पर्ने निगाल पानी गा.पं. वार्ड नं.