निर्णय नं. २२७० - दर्ता बदर नामसारी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २२७० - दर्ता बदर नामसारी भाग: २७ साल: २०४२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४२/०२/१८ २२६३ निर्णय नं. २२७० ने.का.प. २०४२ अङ्क २ फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको दे.फु.नं. ८२, १०६, १०७ मुद्दा : दर्ता बदर नामसारी । पुनरावेदक/प्रतिवादी:जि.रूपन्देही, आनन्दवन गा.पं.वा.नं.२ प्रेम नगर बस्ने सुमित्रादेवी क्षेत्रीनी ऐ.ऐ बस्ने जय बहादुर घर्ती ऐ.ऐ बस्ने भिउसिंन लामिछाने टेकमान पुनको मु.स.गर्ने ऐ.ऐ बस्ने गोपाल पुन ऐ.ऐ बस्ने मान बहादुर गुरुङ ऐ.ऐ बस्ने लक्ष्मी कुमारी क्षेत्री विरूद्ध विपक्षी/वादी: ऐ.ऐ. बस्ने दामोदर भण्डारी फैसला भएको मिति:२०४२।२।१८।६ मा वादीको हक कायमतर्फ अदालतमा मुद्दा परेकोले त्यस्तो मुद्दा पर्दा पर्दैको अवस्थामा त्यस्तो विवादका जग्गाहरूलाई प्रतिवादीले आफ्नो नाउँमा नापी दर्ता गराएको नाताबाट त्यस्तो दर्तालाई सदर मान्ने स्थिति नै हुँदैन । (प्रकरण नं.१६) अदालतमा जग्गाको हक बेहकतर्फ उजूर परेकोमा त्यस्तो उजूरीको निर्णय अन्तिम रूपले भई नसक्दै त्यस्तोमा जग्गाधनी प्रमाणपूर्जा पाउँ भनी वादी आउन पर्छ भन्नु न त न्यायसंगत हुन्छ न त जग्गा नाप जाँच ऐन, २०१९ को दफा ८(१) को स्प्रीटसँग मिलेको छ भन्न सकिन्छ । (प्रकरण नं.१७) ऐनका हदम्याद भित्रै प्रमाण पूर्जा पाउँ भनी वादीको उजुरी परेकोले जग्गा नाप जाँच ऐन, २०१९ को दफा ८(१) को हदम्याद नाघेको भन्न मिलेन । (प्रकरण नं.१७) पुनरावेदक/प्रतिवादी तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी तथा विद्वान अधिवक्ता श्री जुक्तिजंग लामिछाने विपक्षी/वादी तर्फवाट: विद्वान अधिवक्ता श्री शम्भु थापा उल्लेखित मुद्दाःX फैसला न्या.धनेन्द्र बहादुर सिंहः सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम फुल बेञ्चको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. विपक्षी प्रेम बहादुर समेतलाई रु.२४००। बुझाई आनन्दवन गा.पं.वा.नं. २ प्रेमनगरको १६ आना जिमिदारी कित्ता नं. ३ को ज.बि. ३–१५–० मिति ०१९।३।३ मा रणबहादुर, चिनियाबहादुर साक्षी बसी माल अड्डाबाट राजीनामा पारित गरी लिई उक्त जग्गाको बाली समेत उठाई तिरो भरो समेत गरिआएको थिएँ कि.नं. ३ को ३–१५–० विपक्षीले आफ्ना नाउँमा नापी दर्ता गराउन थालेको मौकामा म्यादभित्र सर्भेक्षण नापी गोश्वारामा उजूरी छानविन हुँदा हक नपुग्नेले नालिश दिनु भनेकोले रणबहादुर उपर मैले फिराद दर्ता गरी लुम्बिनी अञ्चल अदालतबाट जग्गातर्फ हक ठहरी अन्तिम भइरहेको उक्त फैसला बमोजिम साविक कित्ता नं. र न.नं. हाल सर्भेको कि.नं. खुलाई विपक्षीहरूको नाम खारेज गरी मेरो नाउँमा दर्ता गरिपाउँ भनी जि.भू.प्र.का.मा ०३१।६।३१ मा निवेदन दिएकोमा विपक्षीहरूको विरोध परेको र फिल्डबुक उतार झिकाई हेर्दा कि.नं. ६७ चिनियाबहादुर, कि.नं. ६८ खाली कि.नं. ६९ टेकमान पुनः कि.नं. ७० रणबहादुर कि.नं. ७१ मन बहादुरका नाउँमा दर्ता भएको देखिएकोले सम्बन्धित अदालतबाट हक बेहक गरी सर्भे नापीका कित्ता खुलाई ल्याएका बखत दाखेल दर्ता कारवाई हुने भनि जि.भु.प्र.का रुपन्देहिबाट ०३२।९।२० मा सुनाएको, मेरो फैसलाले हक भएको जग्गा मुद्दा चल्दाचल्दै बीचमा लिनु दिनु गरी आ–आफ्नो नाउँमा दर्ता गराई प्रमाण खडा गरी साविक कि.नं. ३ मध्ये न.नं. १९ को हाल सर्भे नापीमा आनन्दवन गा.पं.वा.नं. २(ग) को कि.नं. ६७ को ०–१८–० मध्ये जनिई