निर्णय नं. २२७१ - हक कायम गरी खिचोला मेटाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २२७१ - हक कायम गरी खिचोला मेटाई पाउँ भाग: २७ साल: २०४२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४२/०२/०१ २२६३ निर्णय नं. २२७१ ने.का.प. २०४२ अङ्क २ फुल बेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४१ सालको दे.फु.नं. ६३ मुद्दा : हक कायम गरी खिचोला मेटाई पाउँ । निवेदक/वादी:जि.ललितपुर,ललितपुर नगर पंचायत वा.नं.१२ इखाटोल बस्ने ठूलो भाइ हलुवाइ । ऐ.ऐ बस्ने सानो भाई हलुवाई। विरूद्ध विपक्षी/प्रतिवादी: ऐ.ऐ. वडा नं. १४ मंगलबजार बस्ने नारायण गोविन्द हलुवाई। फैसला भएको मिति:२०४२।२।१।३ मा प्रतिवादीको नाउँमा स्पष्ट रूपबाट दर्ता नभएको स्थितिमा वादीको नालिश गर्ने हदम्याद गइसकेको भन्न मिल्ने देखिएन । (प्रकरण नं.१५) निवेदक/वादी तर्फवाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी तथा विद्वान अधिवक्ता श्री यादव प्रसाद खरेल विपक्षी/प्रतिवादी तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भु प्रसाद ज्ञवाली फैसला न्या.सुरेन्द्र प्रसाद सिंहः सर्वोच्च अदालत डिभिजन बेञ्चको निर्णय उपर निवेदकहरूको न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तिपत्र पर्दा नेपालको संविधानको धारा ७२(ख) बमोजिम दोहर्याई दिनु भन्ने हुकुम प्रमाङ्गी बक्स भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ । २. नन्दवीर र हाम्रो बाबु तथा बजै लक्ष्मीकुमारी समेत १९७८।११।१२ मा बण्डापत्र गरी छुट्टिँदा थछेखेल भन्ने खेत रोपनी २ समेतको जग्गा श्राद्ध गुठी राखी सबै अंशियारले आलोपालो गूठी चलाई भोगी आएको उक्त जग्गा हाल सर्भे नापी हुँदा ल.पु.न.पं. वार्ड नं. ५ कि.नं. ७० मा जग्गा रोपनी १–०–२ भई जग्गावालामा हाम्रा बाबु नन्दकृष्णको नाउँमा र विपक्षी नन्दबहादुरको नाउँमा अर्थात नन्दकृष्ण भन्ने नन्दबहादुर उल्लेख गरी मोहियानीमा जनकलाल श्रेष्ठ जनिएको र किसानको व्यहोरामा यो जग्गा नन्दकृष्णलाई १।५ तिरी मेरो बाबुले जोती आएको भन्ने उल्लेख गरिएको समेत छ । प्रतिवादीका बाबुले मेरा नाउँ नन्दबहादुर मात्र कायम गरी ट्रायल चेक गरिपाउँ भनि भु.सु.का.ल.पु.मा निवेदन दिई ट्रायल चेक गर्दा जग्गा रोपनी १–२–० हुन आएको कुरा हामीले थाहा पाई विपक्षका नाउँमा दर्ता हुन र प्रमाणपूर्जा हुनपर्ने होइन भनी हामीले निवेदन दिएकोमा उक्त जग्गा नन्दवीरका नाउँमा दर्ता गरिदिने भन्ने उक्त कार्यालयबाट ०३२।८।११ मा भएको निर्णय यस सर्वोच्च अदालतमा हाम्रो रिट निवेदन परेकोमा नन्दबहादुर परलोक भई विपक्षीले सकार गरेको उक्त निर्णय बदर भएको अवसरमा कसका नाउँमा जग्गा दर्ता गरी ज.ध.प्र. पूर्जा दिनुपर्ने हो । जिल्ला अदालतबाट छुट्याई आएका बखत पुनः निवेदन दिएमा कारवाही हुने भनी हाम्रो निवेदन तामेलीमा राख्ने सो कुरा सुनाई दिने भनी उक्त भू.प्र.का.ल.पु.बाट ०३४।२।४ मा आदेश भएकोले उक्त जग्गा हामीहरूको समेत हक कायम गरी गुठी जनाई हामीहरूको नाउँ समेत समावेश गरी दर्ता गराई माग्न फिराद गर्न आएका छौं । उक्त अंशबण्डा पत्रबाट श्राद्ध गुठी जग्गा भएको र विपक्षीको बाजेको र हाम्रो बाबुको हक भई आलोपालोसँग श्राद्ध गरी खाने जग्गा भएको र निजहरू परलोक भएपछि विपक्षले र हामीहरूले आलोपालोसँग श्राद्ध गरी आई भोगी आएको जग्गा हुँदा र आफ्नो बाबु बाजेको एकलौटी खास प्रमाण नभएकोले सबूत प्रमाण भिडाई दर्ता गर्न नसकेको कुरा छर्लङ्ग हुन आएको छ उल्लिखित जग्गाको रु. १,०००। पर्ने भई अघि हाम्रो हक पुग्ने मोल रु. ५००