निर्णय नं. २२७२ - जातक मार्यो

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २२७२ - जातक मार्यो भाग: २७ साल: २०४२ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४२/०२/०४ २८९० निर्णय नं. २२७२ ने.का.प. २०४२ अङ्क २ फुल बेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा सम्वत् २०४१ सालको दे.फु.नं. १२ मुद्दा : जातक मार्‍यो । निवेदिका/प्रतिवादी:जि.भोजपुर टक्सार गा.पं.वा.नं.६ मोहोरिया घर भै हाल जि.का. कारागार शाखा भोजपुरमा थुनामा रहेको कमला विश्वकर्मा विरूद्ध विपक्षी/वादी: प्रेम बहादुरको जाहेरीले श्री ५ को सरकार फैसला भएको मिति: २०४२।२।४।६ मा मरेको जातक फेला पर्दैमा जीउँदो नै जन्माई मारेको भन्न स्पष्ट सबूत प्रमाणको अभावमा नमिल्ने । (प्रकरण नं.२३) जिउँदो बच्चा जन्माई मारेको हो भनी निष्कर्षमा पुग्दा पनि आफ्नो नवजात सन्तान प्रतिको ममता, जुन प्राकृतिकरूपले मातृकोखबाट निस्कन्छ त्यसलाई पनि न्यायकर्ताले बिर्सिन सक्दैन । (प्रकरण नं.२३) पक्राउ भएको व्यक्तिलाई पहिलो पटक अदालतमा उपस्थित गराउँदा निजको कागज भइसकेको हुनुपर्छ भन्ने सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को दफा ७(४) को प्रतिबन्धात्मक वाक्यांश (क) मा उल्लेख भएको पाइन्छ । (प्रकरण नं.२४) एकपटक अपराधमा इन्कार रही बयान गरी अदालतबाट म्याद थप भइसकेपछि पुनः ततिम्वा गराएको कुनै कानुनी आधार देखिँदैन, तसर्थ उक्त ततिम्बा बयानलाई प्रमाणमा लिन मिल्ने देखिएन । (प्रकरण नं.२४) फैसला न्या.सुरेन्द्र प्रसाद सिंहः सर्वोच्च अदालत डिभिजन बेञ्चको निर्णयउपर निवेदकको न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तिपत्र पर्दा नेपालको संविधानको धारा ७२(ख) बमोजिम दोहर्‍याई दिनु भन्ने हु.प्र.बक्स भई फु.बे.को लगतमा दर्ता भई पेश हुनआएको प्रस्तुतमुद्दाको संक्षिप्त विवरण निम्नबमोजिम छ । २. कमला विश्वकर्मा ०३४ साल चैत्र महिनामा धरान–धनकुटा रोडमा काम गर्न गएकी २०३५ सालमा घर आई बसेकी निजको विवाह भएको थिएन यस्तोमा को कसको गर्भ बोकेकी रहिछ र यही ०३५।१०।२५ को रातमा छोरा वा छोरी हो पैदा गरी मरिरहेको छ भन्ने खबर पाई हेर्न जाँदा मरिरहेको रहेछ र थाङनाले छोपी राखेको देखि के कसको गर्भ हो विवाह नभएको कन्या केटीले बोकी जातक पैदा गरी मरेको पैदा भयो भन्ने बुझिएकोले उक्त जातक रुगारू मानिस राखी प्रतिवेदन गर्न आएको छु कानुन बमोजिम होस् भन्ने समेतको प्रहरी प्रेम बहादुर कार्कीको ०३५।१०।२६ को जाहेरी प्रतिवेदन । ३. घरको पेटीमा बच्चा जन्मीई रगत देखिएको टाउकोमा केश पलाएको, ठाउँ–ठाउँमा हिलो लागेको मुख अनुहार ओठ नीलो भएको भन्ने समेत लाश प्रकृति मुचुल्का । ४. काम गर्न भनी धनकुटा रोडमा ०३४।१२।२५ गते गई काम गर्दागर्दै ठेकदार तिर्थबहादुर श्रेष्ठसँग प्रेम बसी ०३४ चैत्र महिनादेखि उठबस भएको र ०३५ ज्येष्ठदेखि गर्भ रही निजलाई सोद्धा जिम्मा लिई हाल्छु भनी कसम खाएकोले ०३५।५।१८ मा घरमा आई बसेका हौं ०३५।१०।२५ गते रातको अं. १०, ११ बजेको होला मरेको बच्चा पैदा भएको हो र पीडाले कराउँदा आमाले थाहा पाई गाउँमा हल्ला गरेकी हुन् भन्ने समेत ०३५।१०।२८ मा कमला विश्वकर्माले बयान गरी बच्चा पैदा भएको अवस्था हेर्दा सास फेर्दै गरेको जस्तो लाग्यो त्यति बेला तिर्थबहादुरले भनेको कुरा सम्झी नानीको घाँटीमा दाहिने हातले थिची केही छिनमा हात निकाली हेर्दा चलेन नानीको प्राण गइसकेको थियो भन्ने समेत ०३५।११।४ मा गरेको ततिम्बा बयान । ५. यो भन्दा अगाडि कमला विश्वकर्माले गर्भ बोकेको कुरा थाहा थिएन ०३५।१०।२५